समाचार

घाइते भेटिएका पुरुषको मृत्यु

नवलपुर, ९ भदौ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–८ मौलाकालिका होटल अगाडि घाइते अवस्थामा भेटिएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार बिहान सडकको बीचभागमा लडिरहेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए। उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव … Continue reading घाइते भेटिएका पुरुषको मृत्यु

थप पढ्नुहोस् »

दाङ–रूपन्देही समाजको सभा तथा तिजमिलन कार्यक्रम

दाङ,९ भदौ । दाङ–रूपन्देही सम्पर्क समाज, परिवार बुटवलले आफ्नो दोस्रो साधारण सभा तथा तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका वार्ड न.१ का वडा अध्यक्ष नरेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा समाजका पदाधिकारी, आजिवन सदस्य, साधारण सदस्य, लगायतको सहभागिता रहेको थियो। साथै, कार्यक्रममा समाजको अक्षय कोष स्थापना गरिएको छ। प्रमुख अतिथि बस्नेतले … Continue reading दाङ–रूपन्देही समाजको सभा तथा तिजमिलन कार्यक्रम

थप पढ्नुहोस् »

आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ९ भदौ। देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायम भएकाले मनसुन गतिविधि सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका तराईका केही … Continue reading आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

थप पढ्नुहोस् »

महिलालाई यौन क्रियाकलापमा संलग्न गराउने होटल संचालक पक्राउ

काठमाडौं,९ भदौ । आर्थिक प्रलोभन देखाई महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन्। प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनविरुद्ध … Continue reading महिलालाई यौन क्रियाकलापमा संलग्न गराउने होटल संचालक पक्राउ

थप पढ्नुहोस् »

कृषि परियोजनामा बैंक कर्जाको ब्याजदर घट्ने

काठमाडौँ ,८ भदौ । कृषि परियोजनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा ब्याजदर घट्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्र अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका जातका कृषि उपजहरूको उत्पादन बढाउने परियोजनामा कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा १.५ प्रतिशतसम्म मात्र प्रिमियम थप गर्न पाइने व्यवस्था गरिएको छ। … Continue reading कृषि परियोजनामा बैंक कर्जाको ब्याजदर घट्ने

थप पढ्नुहोस् »

दाङमा टिप्पर र स्कुटर एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते

दाङ, ८ भदौ । दाङमा टिप्परको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा आज दिउँसो टिप्पर र स्कुटर एकआपसमा ठोक्किँदा एक व्यक्ति गम्भीर घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट सोना सिमेन्ट फ्याक्ट्री, दुधरासतर्फ जाँदै गरेको ना १ ख ९३२० नं को खाली टिप्परले विपरीत दिशाबाट आउँदै गरेको … Continue reading दाङमा टिप्पर र स्कुटर एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते

थप पढ्नुहोस् »

पौडी खेल्न नदीमा पसेका युवक मृत फेला

काठमाडौं,८ भदौ । बागमती नदीमा पौडी खेल्न पसेका एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका–११ घर भइ हाल ललितपुर बस्ने २० वर्षीय अभिषेक राई रहेका छन्। शनिबार दिउँसो करिब ५ बजे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निकुञ्जभित्रको बागमती नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए। उनको खोजतलासका लागि प्रहरी प्रभाग सुन्दरीजल, … Continue reading पौडी खेल्न नदीमा पसेका युवक मृत फेला

थप पढ्नुहोस् »

सुटकेसभित्रको शवको सनाखत:छोरा पढाउन डेरामा बस्दै आएकी थिइन रुवी

काठमाडौँ ,८ भदौ । रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड मुठवलबा गेट नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी युवतीको सनाखत खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडी हुन्। माधवनारायण नगरपालिका–६ माइती भएकी शाहले भारतमा विवाह गरेकी थिइन्। तर, ४ वर्षीय … Continue reading सुटकेसभित्रको शवको सनाखत:छोरा पढाउन डेरामा बस्दै आएकी थिइन रुवी

थप पढ्नुहोस् »

दाङमा टिप्पर–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

दाङ, ८ भदौ । दाङको देउखुरीमा आइतबार बिहान टिप्पर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेका छन्। मोटरसाइकलमा सवार थापाको उपचारका क्रममा भालुवाङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल … Continue reading दाङमा टिप्पर–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

थप पढ्नुहोस् »

टिपरमा आगलागी हुँदा १९ लाखको क्षति

काठमाडौं,८ भदौ । टिपरमा एकाएक आगलागी भएको छ। कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गिट्टी बोकेको एक टिपरमा गएराति आगलागी हुँदा करिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको टिपरमा राति ११:४५ बजे वायरिङ सर्ट भएर अगाडिको क्याबिनमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति नभएको र … Continue reading टिपरमा आगलागी हुँदा १९ लाखको क्षति

थप पढ्नुहोस् »