समाचार

विद्यार्थी बोकेको भ्यान दुर्घटना, ६ घाइते

भदौ, ६ ढोरपाटन । बागलुङमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३ नम्बरको भ्यान दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ। दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ … Continue reading विद्यार्थी बोकेको भ्यान दुर्घटना, ६ घाइते

थप पढ्नुहोस् »

सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी

सल्यान,५ भदौ । सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि त्रिवेणी गाउँपालिका–१ काभ्राका २९ वर्षीया देवी बोहरा, उनकी आमा ७७ वर्षीया हर्कली राङ्गमगर, काभ्राकै ५६ वर्षीया पवि बोहरा, उनकी छोरी १५ वर्षीया पवित्रा बोहरा, छोरा २१ वर्षीय लीलाराम बोहरा र शारदा नगरपालिका–४ साइलाकम्तकी पवित्रा बस्नेत बिरामी परेका हुन्। … Continue reading सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी

थप पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं,५ भदौ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको हो। तर, केही दफामा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरूले फरक मत राखेका छन्। माओवादी सांसदहरूले हाल कार्यरत बालविकास सहयोगीलाई उमेरको हद नलाग्ने गरी शिक्षक … Continue reading विद्यालय शिक्षा विधेयक समितिबाट पारित

थप पढ्नुहोस् »

तीनजना इन्डोनेसियन नियन्त्रणमा

काठमाडौं,५ भदौ । अध्यागमन विभागले तीन जना इन्डोनेसियन नागरिकलाई नियन्त्रणमा लिएको छ। भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आशंकामा उनीहरूलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरिएको विभागले जनाएको छ। गृह मन्त्रालयका अनुसार ती नागरिकहरू सन् २०२४ मा नेपाल प्रवेश गरेका थिए। नेपाल प्रवेश गरेकी एक इन्डोनेसियन महिलाले धोबीघाटमा हिमालय शिक्षा तथा हितेसी समाज गर्ल्स होस्टेल सञ्चालन गर्दै आएको … Continue reading तीनजना इन्डोनेसियन नियन्त्रणमा

थप पढ्नुहोस् »

लुम्बिनी पूर्ण खोप सुनिश्चित घोषणा, बालबालिका खोपसेवाबाट वञ्चित हुने छैनन् : मुख्यमन्त्री आचार्य

दाङ,५ भदौ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना कायम भएको घोषणा गरिएको छ । बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित दिगोपना प्रदेश घोषणा गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अब कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ अभियानलाई निरन्तर अघि बढाउनुपर्ने … Continue reading लुम्बिनी पूर्ण खोप सुनिश्चित घोषणा, बालबालिका खोपसेवाबाट वञ्चित हुने छैनन् : मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

काठमाडौं,५ भदौ । काठमाडौँको तारकेश्वरमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। उनले आफ्नी ३५ वर्षीया श्रीमती सर्मिला मग्रातीमाथि करूवा प्रहार गरी हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त बालाजुबाट गएको टोलीले उनलाई पक्राउ गरेको … Continue reading श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

थप पढ्नुहोस् »

जीप दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर

दार्चुला, ५ भदौ । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्लाको नौगाड गाउँपालिका–होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल … Continue reading जीप दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर

थप पढ्नुहोस् »

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ,५ भदौ । सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। धुलिखेल–खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। धुलिखेल नगरपालिका–८ ठकुरीगाउँ चन्दडाँडामा आज बिहान करिब १० बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए। सडक अवरुद्ध हुँदा लामो दूरीका सार्वजनिक सवारीसाधन … Continue reading पहिरोले अरनिको राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

लागुऔषधसहित सातजना पक्राउ

काठमाडौँ, ५ भदौ । प्रतिबन्धित लागु औषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ। प्रहरीले चितवनबाट १७ हजार ४०० थान लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–९ स्थित केन्द्रीय बस टर्मिनल नजिकै आज बिहान उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बिक्री गर्दै … Continue reading लागुऔषधसहित सातजना पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

दाङ, ३ भदौ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरकी ३५ वर्षीया कविता चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। बिहान १० बजे भाँडा माझ्ने क्रममा करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय … Continue reading तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

थप पढ्नुहोस् »