समाचार

स्वास्थ्यकर्मी महिला मृत फेका

बैतडी, ३ भदौ । बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरमा एक महिला मृत फेला परेकी छन्। २४ वर्षीया भागरथी कुँवर आइतबार बेलुकी आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। मृतक कुँवर विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी हुन्। साथीले बेलुकी बोलाउँदा प्रतिक्रिया नदिएपछि कोठा खोल्ने प्रयास गरिएको थियो। ढोका नखुलेपछि घरबेटीलाई … Continue reading स्वास्थ्यकर्मी महिला मृत फेका

थप पढ्नुहोस् »

फर्निचर उद्योगमा भएको आगलागीप्रति तुलसीपुर चेम्बर अफ कमर्सको दुःख व्यक्त 

दाङ,२ भदौ । तुलसीपुरमा रहेको सिद्धिविनायक फर्निचर उद्योगमा भएको आगलागीप्रति तुलसीपुर चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गाप्रसाद शर्माले उद्योगमा आगलागी हुँदा भएको क्षति र व्यवसायीलाई पर्न गएको दुःखमा सहानुभूति जनाउँदै दुःख व्यक्त गरेको  हुन । आगलागिबाट  भएको क्षतिले तुल्सीपुरको व्यवसायिक क्षेत्रमा ठूलो प्रभाव र असर … Continue reading फर्निचर उद्योगमा भएको आगलागीप्रति तुलसीपुर चेम्बर अफ कमर्सको दुःख व्यक्त 

थप पढ्नुहोस् »

तुलसीपुरको सिद्दिविनायक फर्निचरमा आगलागी

दाङ, २ भदौ । दाङको तुलसीपुरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। तुलसीपुर–१२ पुकारपसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा सोमबार दिउँसो करिब ३ः१० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। तुलसीपुर–५ ग लाइनका तारा बहादुर बस्नेतले सञ्चालन गर्दै आएको उक्त उद्योगमा लागेको आगो प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इप्रका तुलसीपुरका सूचना … Continue reading तुलसीपुरको सिद्दिविनायक फर्निचरमा आगलागी

थप पढ्नुहोस् »

म राजावादी होइन : दुर्गा प्रसाई

काठमाडौं,२ भदौ । व्यवसायी दुर्गा प्रसाईंले आफू राजावादी नभएको स्पष्ट पारेका छन्। केही साताअघि जेलमुक्त भएका उनले सोमबार पत्रकार सम्मेलनमार्फत आफू कुनै पनि वादी नभएको भन्दै राष्ट्रवादी भएको दाबी गरे। प्रसाईंले भने, “राजा पनि राजावादी होइनन्, म पनि होइन। म राजावादी होइन, राष्ट्रवादी हुँ। यो दल नेपाल र नेपालीको हुन्छ, भुइँमान्छे र सर्वहारा वर्गको पार्टी

थप पढ्नुहोस् »

टेलिकम तुलसीपुर : बिहान ७ देखि बेलुका ७ बजेसम्म कार्यालय, तत्काल गुनासो सम्बोधन

दाङ, २ भदौ । नेपाल टेलिकम दाङको तुलसीपुर कार्यालयले कार्यालय समय बढाएर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिने व्यवस्था गरेको छ। यसअघि १० बजेदेखि ५ बजेसम्म मात्र सेवा दिँदै आएकोमा अब दुई सिफ्टमा कर्मचारी परिचालन गरी दिनभर १२ घण्टा सेवा उपलब्ध गराइएको हो। कार्यालय प्रमुख प्रविण कुमार चौधरीका अनुसार बिहान ७ बजेदेखि दिउँसो … Continue reading टेलिकम तुलसीपुर : बिहान ७ देखि बेलुका ७ बजेसम्म कार्यालय, तत्काल गुनासो सम्बोधन

थप पढ्नुहोस् »

तरुणदलको महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं, २ भदौ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पाँचौ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। तरुण दलले आगामी मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। अध्यक्ष विद्धान गुरुङले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर १० भित्र सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तसम्म जिल्लास्तरका अधिवेशन गर्ने र कात्तिक २० भित्र प्रदेशसभा तथा … Continue reading तरुणदलको महाधिवेशन कार्यतालिका सार्वजनिक

थप पढ्नुहोस् »

जंगली च्याउ खादा मृत्यु 

दाङ , १ भदौ । जंगली च्याउ खाएर   बिरामी परेका रोल्पाका  एक जनाको मृत्यु भएको छ ।परिवर्तन गाउँपालिका – २ राङसीकी ७४ वर्षीया निर्मला वलीको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । निर्मलाका श्रीमान ८१ वर्षीय भागीराम वलीको सोही अस्पतालमै उपचार जारी छ । वली दम्पतीले साउन २७ गतेको … Continue reading जंगली च्याउ खादा मृत्यु 

थप पढ्नुहोस् »

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया ,१ भदौ । बर्दियामा बाघको आक्रमणबाट शरीर र टाउको अलग भएको अवस्थामा करिब ४५ वर्षीया एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका-१२ भैसाहीमा नर्सरी नजिकै भैसाहीकी जगतरानी थारुको शव आज बिहान सवा ११ बजे फेला परेको हो। जगतरानी आफ्नै खेतमा ममफली गोड्न गएको बेलामा बाघले आक्रमण गरेको अनुमान … Continue reading बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

थप पढ्नुहोस् »

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौ , १ भदौ ।श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । काठमाडौंको गोंगबु बसपार्कस्थित एक होटलमा श्रीमती  हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरगन्जबाट श्रीमानलाई पक्राउ गरेको जनाएको छ् ।हत्या आरोपमा काभ्रेका सन्तोष सेन्चुरीलाई वीरगञ्जबाट पक्राउ गरी ल्याएको एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए । उनले  २७ वर्षीया ललिता … Continue reading श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

थप पढ्नुहोस् »

गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने चारजना पक्राउ

बाँके,३० साउन । प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले उनीहरुलाई शुक्रबार दिउँसो १२ बजे नियन्त्रणमा लिएको जानकारी दिए । … Continue reading गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने चारजना पक्राउ

थप पढ्नुहोस् »