समाचार

सुटकेसभित्र महिलाको शव फेला

काठमाडौं , ८ भदौ । रौतहटमा शनिबार राति सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक राति करिब १०:३० बजे शंकास्पद सुटकेस भेटिएपछि प्रहरीले खोल्दा भित्र महिलाको शव रहेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार शवलाई रसीले बाँधिएको अवस्थामा भेटिएको थियो। महिलाको हत्या गरी शव सुटकेसमा हालिएको … Continue reading सुटकेसभित्र महिलाको शव फेला

थप पढ्नुहोस् »

थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

दाङ,८भदौ । पश्चिम तराइका थारू समुदायले आज आफ्नो महत्त्वपूर्ण पर्व अटवारी उल्लासपूर्वक मनाउँदैछन् । यो पर्व दर खाने, व्रत बस्ने, रोटी–भात पकाई देवतालाई चढाउने परम्परासहित मनाइन्छ । दाङको घोराही–१७ की थारू अगुवा सरस्वती चौधरीका अनुसार अटवारीमा बेलुकी पकाइएका रोटी, दही र फलफूल अग्नि देवतालाई चढाइन्छ र दिदीबहिनीका लागि छुट्टै परिकार तयार गरिन्छ । दाजुभाइले आफ्ना … Continue reading थारू समुदायले अटवारी पर्व मनाउँदै, लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

थप पढ्नुहोस् »

दाङमा खोलामा डुबेर ६ वर्षीय बालकको मृत्यु

दाङ, ७ भदौ । दाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–११ सुकौराका ६ वर्षीय रमेश चौधरी शुक्रबार साँझ घर नजिकैको डुरे खोलामा डुबेका थिए। घटनापछि परिवारले उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

थप पढ्नुहोस् »

भियतनामकी उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

काठमाण्डाै ,७ भदौ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज काठमाण्डाैमा शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आएकी उपराष्ट्रपति भोसँग भएको भेटमा द्विपक्षीय हितका विषय, आपसी चासो र नेपाल–भियतनाम सम्बन्धका विभिन्न आयामबारे छलफल गरियो। भेटमा … Continue reading भियतनामकी उपराष्ट्रपतिसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

थप पढ्नुहोस् »

बाघको आक्रमणबाट सात बाख्रा मरे

अर्घाखाँची,७ भदौ । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–१३ मुस्यान माझिफाँटमा बाघको आक्रमणबाट एउटै फार्मका सात वटा बाख्रा मारिएका छन् । यस्तै, आठ वटा बाख्रा हराएका छन् । हिमालयन बाख्रापालन तथा कृषि फार्मका सञ्चालक घनश्याम अधिकारीका अनुसार फार्ममा रहेका ३० वटा बाख्रा चराउनका लागि जङ्गलमा छाडिएकोमा १५ वटा मात्र फर्किएका थिए, जसमा एउटा घाइते थियो । बाँकी खोजी … Continue reading बाघको आक्रमणबाट सात बाख्रा मरे

थप पढ्नुहोस् »

नेपाल आइपुगिन भियतनामकी उपराष्ट्रपति

काठमाडौं, ७ भदौ । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपाल औपचारिक भ्रमणमा आएकी छिन्। तीनदिने भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणा तथा उच्च नेपाली अधिकारीहरूले स्वागत गरेका थिए। यो भ्रमण उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भएको हो। भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण मानिएको छ।

थप पढ्नुहोस् »

दाङमा दुईदिन बिदा

दाङ, भदौ ७ । थारू समुदायको अट्वारी पर्वको अवसरमा दाङसहित विभिन्न जिल्लामा सार्वजनिक बिदा घोषणा गरिएको छ। यस वर्ष अट्वारी पर्व भदौ ८ र ९ गते मनाइँदैछ। लुम्बिनी प्रदेश सरकारले थारू बहुल जिल्ला दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा भदौ ८ गतेका लागि सार्वजनिक बिदा दिएको छ। त्यस्तै, दाङका विभिन्न स्थानीय तहहरूले भदौ … Continue reading दाङमा दुईदिन बिदा

थप पढ्नुहोस् »

कुशे औँसी : पिता–सन्तान सम्बन्ध र संस्कारको पर्व

काठमाडौं,७ भदौ । नेपाली समाजमा भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी अथवा बुबाको मुख हेर्ने दिन विशेष पर्वका रूपमा मनाइन्छ। यो दिनले जीवित पिताप्रति आदर, सम्मान र कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्नुका साथै दिवङ्गत पिताको स्मरण गर्दै पिण्डदान र श्राद्ध गर्ने धार्मिक तथा सांस्कृतिक अभ्यासलाई निरन्तरता दिइँदै आएको छ। यस पर्वमा छोराछोरीले आफ्ना बाबुलाई … Continue reading कुशे औँसी : पिता–सन्तान सम्बन्ध र संस्कारको पर्व

थप पढ्नुहोस् »

अमेरिकाले ५ करोड ५० लाख भिसावाहक विदेशीको छानबिन गर्ने

वाशिङ्टन । अमेरिकी सरकारले हाल भिसा प्राप्त गरेका करिब ५ करोड ५० लाख विदेशीको छानबिन गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भिसा अवधिभन्दा बढी बसेका, आतंकवाद वा आपराधिक गतिविधिमा संलग्न भएको आशंका लागेका विदेशीलाई पहिचान गरी देश निकाला गर्न कदम चालिने उल्लेख छ। यस क्रममा प्रहरी प्रशासन, अध्यागमन अभिलेख तथा भिसा जारी … Continue reading अमेरिकाले ५ करोड ५० लाख भिसावाहक विदेशीको छानबिन गर्ने

थप पढ्नुहोस् »

विद्यार्थी बोकेको भ्यान दुर्घटना, ६ घाइते

भदौ, ६ ढोरपाटन । बागलुङमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३ नम्बरको भ्यान दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ। दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ … Continue reading विद्यार्थी बोकेको भ्यान दुर्घटना, ६ घाइते

थप पढ्नुहोस् »