समाचार

चोरखोला दुर्घटना अपडेटःमृत्तकको पहिचान खुल्यो

दाङ,१२ असोज । रुकुमपश्चिमबाट दाङ गइरहेको फोर्स गाडी दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने २५ वर्षीय प्रकाश केसी, ६४ वर्षीया पवि केसी, २७ वर्षीय शशीधर केसी रहेका छन्। दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीय बिना केसी घाइते छन्। … Continue reading चोरखोला दुर्घटना अपडेटःमृत्तकको पहिचान खुल्यो

थप पढ्नुहोस् »

१२ केजी गाँजासहित दुई महिला पक्राउ

काठमाडौँ,१२ असोज । प्रहरीले गाँजासहित दुईमहिलालाई पक्राउ गरेको छ । उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीया लीलादेवी राम छन्। प्रहरी चौकी नेपालटारको गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा … Continue reading १२ केजी गाँजासहित दुई महिला पक्राउ

थप पढ्नुहोस् »

रुकुमबाट दाङ जाँदै गरेको फोर्स दुर्घटना: तीनजनाको मृत्यु

दाङ, १२ असोज । रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको यात्रुबाहक फोर्स गाडी दुर्घटना भएको छ । आइतबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक बिहान करिब ४ बजे भएको दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । रुकुम पश्चिमको बाफिकोटबाट … Continue reading रुकुमबाट दाङ जाँदै गरेको फोर्स दुर्घटना: तीनजनाको मृत्यु

थप पढ्नुहोस् »

सल्यानमा सवारी दुर्घटना तीनजनाको मृत्यु 

दाङ,१२ असोज । राप्ती राजमार्ग अन्तर्गत श्रीनगर तुलसीपुर सडक खण्डको कपुरको ३ चोरखोलामा हाइस गाडि दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा तीनजनाको घटनास्थलमा मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएको सल्यान प्रहरीले जनाएको छ।  रूकुमबाट दाङतर्फ जादै गरेको लु २ ख ६५०२ नम्बरको हाइस गाडी सल्यानको कपुरकोट- ३ चोरखोला … Continue reading सल्यानमा सवारी दुर्घटना तीनजनाको मृत्यु 

थप पढ्नुहोस् »

बैतडीमा जिप दुर्घटनाः १० जना घाइते

काठमाडौँ,११ असोज ।बैतडीमा जिप दुर्घटना भएको छ । बैतडी सडकखण्डको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट पुर्चौंडी तर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार दिउँसो जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटनामा परेको हो । जिपमा चालकसहित १९ जना सवार रहेकामा ८ जना सकुशल छन् भने १० … Continue reading बैतडीमा जिप दुर्घटनाः १० जना घाइते

थप पढ्नुहोस् »

अलपत्र २३४ सडक–पुलका ठेक्का तोडिने

काठमाडौँ,११ असोज। सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २सय ३४ सडक र पुलका ठेक्का तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले … Continue reading अलपत्र २३४ सडक–पुलका ठेक्का तोडिने

थप पढ्नुहोस् »

मधेसमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी : चार दल सहमत

काठमाडौँ,११ असोज । मधेसमा मुख्यमन्त्री सतिस सिंहको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको छ । सत्तारुढ दुई दलले समर्थन फिर्ता लिएपछि सिंहको सरकार कमजोर बनेको थियो । जनमत पार्टीका नेता महेश यादवका अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भइसकेको छ । उनले भने, … Continue reading मधेसमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी : चार दल सहमत

थप पढ्नुहोस् »

गाँजा ओसारपसारमा संलग्न दुई महिला पक्राउ

काठमाडौँ, ११ असोज । प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई महिलालाई पक्राउ गरेको छ । शनिवार उदयपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । उदयपुरगढी–७ चिया कमानमा विहान करिब ६ः४५ बजे प्रहरीले दुई महिलालाई ११ किलो ८ सय ५२ ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । उदयपुरगढी–६ नेपालटारस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले सडकमा झोला बोकेर हिँडिरहेका उनीहरूलाई चेकजाँच … Continue reading गाँजा ओसारपसारमा संलग्न दुई महिला पक्राउ

थप पढ्नुहोस् »

ओलीले गरे सचिवालय बैठक आह्वान

काठमाडौँ,११ असोज । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । भक्तपुरको गुन्डुमा आइतबार दिउँसो १ बजे बस्ने गरी उनले बैठक तय गरेका हुन् । ‘जेनजी’ आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बोलाइएको छ । गएको भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली हाल गुन्डुमा बस्दै आएका छन् । आन्दोलनपछिको … Continue reading ओलीले गरे सचिवालय बैठक आह्वान

थप पढ्नुहोस् »

एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

काठमाडौं,११ असोज । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ । पूरक परीक्षा साउन २९ देखि भदौ … Continue reading एसईई पूरक परीक्षा: ८३ हजारबढी उत्तीर्ण

थप पढ्नुहोस् »