समाचार

भाइले गरे दाइको हत्या

काठमाडौँ २४ साउन । बञ्चरो प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । स्थानीय नरेन्द्र झाले घरायसी विवादका क्रममा आफ्नै दाजु लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गरेका हुन्। बञ्चरो प्रहारबाट लोकेन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए। ४० वर्षीय … Continue reading भाइले गरे दाइको हत्या

थप पढ्नुहोस् »

देशभर जनै पूर्णिमा र रक्षाबन्धन पर्व श्रद्धाका साथ मनाइँदै

दाङ,२४ साउन । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन र जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षासूत्र धारण गरेर श्रद्धाका साथ मनाइँदै छ। पूर्णिमाको यस पवित्र दिनमा वैदिक सनातन धर्मावलम्बीहरू बिहानैदेखि नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरेर गुरु पुरोहितबाट मन्त्रिएको यज्ञोपवीत (जनै) फेरेर र रक्षासूत्र (डोरो) बाँध्ने परम्परा … Continue reading देशभर जनै पूर्णिमा र रक्षाबन्धन पर्व श्रद्धाका साथ मनाइँदै

थप पढ्नुहोस् »

स्कुटरको ठक्करबाट उरहरीमा दुईजना घाइते

दाङ, २३ साउन । उरहरीमा स्कुटरले ठक्कर दिँदा दुई महिला घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–११ उरहरीचोक नजिक स्कुटरको ठक्करबाट उनीहरू घाइते भएका हुन् शुक्रबार बेलुका सवा ६ बजे सितलपुरबाट उरहरीतर्फ जाँदै गरेको रा ५ प ८०७० नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर चालक तुलसीपुर–१२ निवासी ४३ वर्षीय ईश्वरी केसी र पैदलयात्री ६१ वर्षीया … Continue reading स्कुटरको ठक्करबाट उरहरीमा दुईजना घाइते

थप पढ्नुहोस् »

रास्वपाले हस्ताक्षर अभियान संगठन विस्तारसँग जोड्ने

दाङ,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक प्रतिशोधविरुद्ध सुरु गरेको हस्ताक्षर अभियानलाई अब संगठन निर्माणसँगै जोडेर प्रभावकारी बनाउने निर्णय गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले जनसमर्थनलाई संस्थागत रूप दिने रणनीति अनुसार हस्ताक्षर अभियानलाई संगठन विस्तारको माध्यम बनाउने निर्णय गरेको हो। प्रवक्ता मनीष झाका अनुसार, अब पार्टीका सबै संगठनात्मक गतिविधि हस्ताक्षर अभियानसँग सँगसँगै अघि … Continue reading रास्वपाले हस्ताक्षर अभियान संगठन विस्तारसँग जोड्ने

थप पढ्नुहोस् »

जन्मदिनको भोज खाँदा २७ जना बिरामी

काठमाण्डौ, २३ साउन । जन्मदिनको भोज खाँदा २७ जना बिरामी परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चोकमा जन्मदिनको भोजमा सहभागी भएका २७ जना व्यक्ति विषाक्त भोजन खाँदा बिरामी परेका हुन् । हिजो बिहिबार राती ९ बजे जितेन्द्र राईको घरमा आयोजित जन्मदिनको कार्यक्रममा रोटी, अचार, पुरी, बुनिया, पुवा जस्ता परिकार खाएका २७ जनामा झाडापखाला … Continue reading जन्मदिनको भोज खाँदा २७ जना बिरामी

थप पढ्नुहोस् »

भित्री वस्त्रभित्र कोकिन बोकेर हिँड्ने ब्राजिलियन महिला पक्राउः नेपाल हुँदै भूटान जादै थिइन्

काठमाडौं, २३ साउन । प्रहरीले ब्राजिलियन महिलालाई प्रतिबन्धित लागुऔषध (कोकिन) सहित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । महिलाले प्रयोग गर्ने भित्री वस्त्रभित्र लागुऔषध कोकिन लुकाएर नेपाल हुँदै भुटान जान लागेकी उनलाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को टोलीले इमेली माइकल सान्तोष फेरेरालाई दोहा हुँदै काठमाडौं ओर्लने क्रममा … Continue reading भित्री वस्त्रभित्र कोकिन बोकेर हिँड्ने ब्राजिलियन महिला पक्राउः नेपाल हुँदै भूटान जादै थिइन्

थप पढ्नुहोस् »

अनियन्त्रित हुँदा फोर्स दुर्घटनाः सातजना घाइते

काठमाडौँ,२३ साउन । सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा गाडीमा सवार सातजना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी शुक्रबार बिहान दुर्घटना भएको हो । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा सात जना यात्रु घाइते भएको प्रहरीले बताएको छ । बा.१ झ … Continue reading अनियन्त्रित हुँदा फोर्स दुर्घटनाः सातजना घाइते

थप पढ्नुहोस् »

मसोट खोलाको डाइभर्सन बगाएपछि लमही–घोराही सडक पुनः अवरुद्ध

दाङ,२३ साउन। दाङको मसोट खोलाको डाइभर्सन बगेपछि आवागमन पुनः अवरुद्ध भएको छ । वर्षापछि खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागम पुनः अवरुद्ध भएको हो । लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको पुल मर्मत गर्नका लागि बिहिबार अर्थात हिजो मात्रै डाइभर्सन बनाइएको थियो। शुक्रबार बिहानको वर्षासँगै खोलामा आएको बाढीले डाइभर्सनको आधा भाग बगाएपछि सडक अवरुद्ध भएको … Continue reading मसोट खोलाको डाइभर्सन बगाएपछि लमही–घोराही सडक पुनः अवरुद्ध

थप पढ्नुहोस् »

बिजौरीमा शनिबार पनि बजार खुल्ने

दाङ,२३ साउन । चाडपर्व नजिकिँदै गर्दा बिजौरीमा शनिबार पनि पसल खोल्ने निर्णय गरिएको छ। बिजौरी उद्योग वाणिज्य संघको शुक्रबार बसेको आकस्मिक बैठकले भोलि साउन २४ गतेदेखि कार्तिक १५ गतेसम्म शनिबार समेत बजार सञ्चालन गर्ने निर्णय गरेको हो। संघका महासचिव दीपक कुमार बस्नेतका अनुसार चाडपर्वका कारण ग्राहकहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको हो। बैठकले भदौ १४ … Continue reading बिजौरीमा शनिबार पनि बजार खुल्ने

थप पढ्नुहोस् »

उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता: प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौँ , २३ साउन l भारतको उत्तराखण्ड राज्यमा हालैका दिनमा भएको अविरल वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण १७ जना नेपाली नागरिक बेपत्ता भएका छन्। घटनाप्रति नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै छिमेकी मित्रराष्ट्र भारतमा आएको प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति … Continue reading उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता: प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

थप पढ्नुहोस् »