समाचार

होटलमा बास बस्न गएका व्यक्तिको पैसा चोरी

दाङ,२३ साउन । दाङको तुलसीपुरस्थित होटलबाट पैसा चोरी भएको छ । तुलसीपुर स्थित वसर्पाकमा रहेको एक होटेलमा बसिरहेका एक व्यक्तिको नगद चोरी भएको हो । बिहिवार राती सल्यानको बागचौर नगरपालिका २ का उत्तम डिसीको ४२ हजार नगद पैसा चोरी भएको हो । डिसीका अनुसार कोठाको ढोकाको माथि रहेको भेन्टिलेशन खोलिएकाले सोही ठाउँबाट हात हालेर माथिल्लो … Continue reading होटलमा बास बस्न गएका व्यक्तिको पैसा चोरी

थप पढ्नुहोस् »

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

काठमाडौँ,२३ साउन । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । पहिरोका कारण काठमाडौं जाने सवारीसाधन गजुरी र काठमाडौंबाट … Continue reading पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओली स्वेदश फर्कदै

एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री ओली आज स्वेदश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे … Continue reading प्रधानमन्त्री ओली स्वेदश फर्कदै

थप पढ्नुहोस् »

सरकारको अनलाइन दर्ता नीति अलोकतान्त्रिक र आपत्तिजनक : पत्रकार महासंघ

काठमाडौं, २२साउन । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र नवीकरण प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यालयमार्फत गर्न ल्याइएको सरकारी नीतिलाई अलोकतान्त्रिक, अस्पष्ट र आपत्तिजनक भन्दै कडा आलोचना गरेको छ। छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम सिडिओ कार्यालयमा दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएपछि महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी … Continue reading सरकारको अनलाइन दर्ता नीति अलोकतान्त्रिक र आपत्तिजनक : पत्रकार महासंघ

थप पढ्नुहोस् »

फ्रान्सेली नागरिक काठमाडौंबाट पक्राउ

काठमाडौं, २२साउन । अध्यागमन विभागले एक फ्रान्सकी नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ। भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शंकास्पद क्रियाकलापमा संलग्न भएको आरोपमा उनलाई अध्यागमन विभागले काठमाडौंबाट पक्राउ गरेको हो। विभागका अनुसार उनी विभागको निगरानी सूचीमा रहेकी थिइन् । विभिन्न समयमा गरी १५ पटकभन्दा बढी नेपाल आवतजावत गरेकी थिइन्। यसै आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु … Continue reading फ्रान्सेली नागरिक काठमाडौंबाट पक्राउ

थप पढ्नुहोस् »

प्रधानाध्यापक शिक्षक महासंघको सदस्य बन्न नपाउने: बढुवाका लागि आधार तय

काठमाडौँ, २२ साउन। विद्यालय शिक्षा विधेयकसम्बन्धी छलफलमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षक महासंघको सदस्यता र शिक्षक बढुवा प्रणालीसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। समितिको बिहीबार बसेको बैठकले परामर्श उपसमितिबाट सहमति जुटाइएको संशोधन प्रस्ताव पारित गर्दै अबदेखि शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएलगत्तै सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था गरेको हो। … Continue reading प्रधानाध्यापक शिक्षक महासंघको सदस्य बन्न नपाउने: बढुवाका लागि आधार तय

थप पढ्नुहोस् »

२९ जिल्लामा फैलियो लम्पी स्किन, २७ हजार बढी पशुमा संक्रमण

काठमाडौँ, २२ साउन।देशका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग फैलिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म २७ हजार ४२५ पशु संक्रमित भएका छन् भने ८४६ वटा पशुको मृत्यु भइसकेको छ। लम्पी स्किन रोग कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ। सबैभन्दा धेरै संक्रमण कोशी प्रदेशमा देखिएको छ, जहाँ ११ जिल्लामा … Continue reading २९ जिल्लामा फैलियो लम्पी स्किन, २७ हजार बढी पशुमा संक्रमण

थप पढ्नुहोस् »

मसोट खोलामा वैकल्पिक सडकमार्ग निर्माण, सवारी आवागमन पुनः सुरु

दाङ, २२ साउन। दाङको लमही नगरपालिका क्षेत्रअन्तर्गत रहेको मसोट खोलाको पुल आकस्मिक रूपमा मर्मत गर्नुपर्ने भएपछि सवारी आवागमन प्रभावित भएको थियो। तर, वैकल्पिक सडक (डाइभर्सन) निर्माण गरी हाल सवारीसाधन सञ्चालनमा ल्याइएको छ। पुल मर्मतका लागि तत्काल सवारी रोकिएपछि खोलाको उत्तरतर्फ खाल्डा पुरी डाइभर्सन निर्माण गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख माधव रावतले जानकारी दिए। … Continue reading मसोट खोलामा वैकल्पिक सडकमार्ग निर्माण, सवारी आवागमन पुनः सुरु

थप पढ्नुहोस् »

छुरा प्रहारबाट तीनजना घाइते

काठमाडौँ, २२ साउन। सर्लाहीको बलरा नगरपालिकामा भएको झडपमा छुरा प्रहारबाट तीन जना घाइते भएका छन्। बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो। झडपको क्रममा एक समूहले अर्को समूहमाथि छुरा प्रहार गर्दा तीन जना घाइते भएका हुन्। घाइते हुनेहरूमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र … Continue reading छुरा प्रहारबाट तीनजना घाइते

थप पढ्नुहोस् »

आइतबार सार्वजनिक बिदा

काठमाडौँ, २२ साउन। बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा आउँदो आइतबार (साउन २५ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा लागु हुने जानकारी दिएको हो। बागमती प्रदेश राजपत्रको खण्ड (८), संख्या ३२, प्रदेश राजपत्र भाग ३, मिति २०८१–१२–२१ मा प्रकाशित सूचनाबमोजिम यही … Continue reading आइतबार सार्वजनिक बिदा

थप पढ्नुहोस् »