समाचार

पहिरोका कारण पाँच राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौँ,९ असोज । देशका विभिन्न पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । विभिन्न स्थापनमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण ठाउँ–ठाउँका राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड , रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै, पहिरोका कारण … Continue reading पहिरोका कारण पाँच राजमार्ग पूर्ण अवरुद्ध

थप पढ्नुहोस् »

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

काठमाडौ,९ असोज । हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । बुधबार राति झापाको विर्तामोड नगरपालिका ७ स्थित खालबाडीमा हात्तीले आक्रमण गर्दा ३६ वर्षीय युवकको मृत्यु भएको हो । विर्तामोड ७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए … Continue reading हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

थप पढ्नुहोस् »

मन्त्रीपरिषद्को बैठक बस्दै

काठमाडौ,९ असोज । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बैठक तय गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह् ४ बजे मन्त्रीपरिषद्को बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि आजै साँ झ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।

थप पढ्नुहोस् »

स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने

काठमाडौँ,८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाप्रवाहलाई व्यवस्थित गर्ने उदेश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ । मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा देखिएका समस्या, ढिलाइ वा अनुचित गतिविधिबारे गुनासो सुन्न र छानबिन गर्ने व्यवस्थालाई सक्रिय बनाएको बताएको छ । मन्त्रालयका अनुसार, कर्मचारीहरूले तोकिएको कार्य नगरेको, सेवामा ढिलाइ भएको वा अन्य अनुचित कार्यका कारण नागरिकलाई समस्या … Continue reading स्वास्थ्य मन्त्रालयमा फोन मार्फत गुनासो गर्न सकिने

थप पढ्नुहोस् »

डा.भट्टराईले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ ,८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । बुधबार जारी केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव राखेका थिए। स्रोतका अनुसार भट्टराईले युवालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै अध्यक्ष पद छाड्ने प्रस्ताव राखेका हुन्। पद छाड्ने प्रस्ताव राखेसँगै ड. भट्टराईले राजीनामा … Continue reading डा.भट्टराईले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा

थप पढ्नुहोस् »

कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ

काठमाडौ,८ असोज । ललितपुरस्थित नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई बुधबार सानेपाबाट पक्राउ गरी नख्खु कारागारमा बुझाएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । शर्मा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । यसअघि पनि उनलाई सीआईबीले १२ असार २०८० … Continue reading कारागारबाट भागेका शिवशिखर सहकारीका अध्यक्ष पक्राउ

थप पढ्नुहोस् »

मुग्लिन–नारायणगढ अवरुद्ध: पोखरा–काठमाडौं सडक प्रभावित

काठमाडौँ ८ असोज। मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौँ सडकखण्डमा पनि ठूलो असर परेको छ। पहिरोका कारण मुग्लिनतर्फ सडक बन्द हुँदा सवारीसाधनको अत्यधिक चाप पोखरा–काठमाडौँ खण्डमा बढेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए। उनका अनुसार सडक जामका कारण यात्रुहरूलाई समयमा गन्तव्यमा पुर्‍याउन कठिनाइ भएको छ। लगातार पहिरोका कारण मुग्लिन–नारायणगढ … Continue reading मुग्लिन–नारायणगढ अवरुद्ध: पोखरा–काठमाडौं सडक प्रभावित

थप पढ्नुहोस् »

नारायणी नदीमा हाम फालेका युवकको सकुशल उद्धार

चितवन,८ असोज । भरतपुरस्थित नारायणी नदीको पुलबाट हाम फालेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बुधबार बिहान करिब ११ बजे पुलबाट हाम फालेका उनलाई सूचना पाएलगत्तै विपद् व्यवस्थापनसहितको प्रहरी टोलीले उद्धार गरी भरतपुर अस्पताल पठाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। उद्धार गरिएका युवकको पहिचान खुल्न बाँकी रहेको र उनले किन हाम फाले भन्ने … Continue reading नारायणी नदीमा हाम फालेका युवकको सकुशल उद्धार

थप पढ्नुहोस् »

सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं,८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८३५ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार दिउँसो भन्सार क्षेत्रबाट पक्राउ परेका ४८ वर्षीय रोनक मदनी इन्डिगो एयरमार्फत मुम्बईबाट काठमाडौं आएका थिए। भन्सार जाँचको क्रममा शंका लागेपछि गरिएको भिडियो एक्स–रेमा उनले मलद्वारमा तीन वटा डल्लोमा सुन लुकाएको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका … Continue reading सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

थप पढ्नुहोस् »

त्रिपालले ढाकियो सिंहदरबार

काठमाडौँ ,८ असोज । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको देशको प्रशासनिक केन्द्र सिंहदरबारको मर्मत कार्य सुरु भएको छ। क्षति पुगेका संरचनाका कारण हालसम्म बाँकी भाग मिलाएर सरकारी कार्यालय सञ्चालन हुँदै आएको थियो। सरकारले अब मर्मत सुरु गर्दै सिंहदरबारलाई त्रिपालले छोपेको छ।

थप पढ्नुहोस् »