समाचार

सुदूरपश्चिमबाट प्रतिनिधिसभा पुनर्स्थापनाको माग

धनगढी ,८ असोज । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग उठेको छ। नेपाली कांग्रेस सुदूरपश्चिमले बुधबार धनगढीमा बसेको बैठकमार्फत यस्तो माग अघि सारेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य र जिल्लाका पदाधिकारीहरूको सहभागितामा भएको बैठकले प्रतिनिधिसभा पुनर्स्थापना र त्यसमार्फत संविधान संशोधन गर्नुपर्ने निष्कर्ष … Continue reading सुदूरपश्चिमबाट प्रतिनिधिसभा पुनर्स्थापनाको माग

थप पढ्नुहोस् »

प्रदेश खारेज हुँदैन : अर्थमन्त्री खनाल

काठमाडौं,८ असोज । अर्थमन्त्री तथा सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्ने सोच नै नभएको स्पष्ट पारे। उनले हाल एक हजार र ५०० का नोट प्रतिबन्ध गर्ने विषयमा कुनै छलफल … Continue reading प्रदेश खारेज हुँदैन : अर्थमन्त्री खनाल

थप पढ्नुहोस् »

भूमि समस्या समाधान आयोग खारेज

काठमाडौं,८ असोज । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ। नेकपा (एमाले) नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय भएको छ। अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो। सार्वजनिक संरचनाको पुनर्निर्माण, सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतका लागि … Continue reading भूमि समस्या समाधान आयोग खारेज

थप पढ्नुहोस् »

१० लाखभन्दा माथिका आयोजना अब ठेक्कामार्फत मात्रै

काठमाडौं,८ असोज । सरकारले १० लाख रुपैयाँभन्दा बढीका आयोजना उपभोक्ता समितिबाट नगरी ठेक्कामार्फत गर्नुपर्ने निर्णय गरेको छ। संघीय सरकारबाट वित्तीय हस्तान्तरण भएका प्रदेश वा स्थानीय तहका आयोजना अब ठेक्कामार्फत मात्रै कार्यान्वयन हुनेछन्। अर्थ मन्त्रालयले पुँजीगत खर्च व्यवस्थापनका लागि जारी गरेको १५ बुँदे निर्देशनअनुसार आयोजना टुक्राएर उपभोक्ता समितिबाट गराउन नपाइने र तयारीबिनाका तथा दोहोरो प्रविष्टि भएका … Continue reading १० लाखभन्दा माथिका आयोजना अब ठेक्कामार्फत मात्रै

थप पढ्नुहोस् »

बाजुरामा सर्पदंशबाट युवकको मृत्यु

बाजुरा ,८ असोज ।त्रिवेणी नगरपालिका–२ चौसालका ४० वर्षीय सर्जन बुढाको सर्पदंशबाट मृत्यु भएको छ। दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिका–राजीपुरमा सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमलाकुमारी जैशीले जानकारी दिइन्।

थप पढ्नुहोस् »

घरको छतबाट खस्दा पुरुषको मृत्यु

विराटनगर,८ असोज । विराटनगर महानगरपालिका–११ मा एक पुरुषको आफ्नै घरको छतबाट खस्दा मृत्यु भएको छ। ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल मंगलबार राति करिब ११:४५ बजे तीनतले घरको छतबाट खसेका थिए। गम्भीर अवस्थामा फेला परेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। तर, चिकित्सकले उनलाई अस्पताल पुर्‍याएपछि मृत घोषित गरेका थिए। मोरङ प्रहरी … Continue reading घरको छतबाट खस्दा पुरुषको मृत्यु

थप पढ्नुहोस् »

कारागार नबन्दा प्रहरी समस्यामा

काठमाडौ,८ असोज । सङ्घीयतापछि नवलपरासीबाट छुट्टिएर बनेको नवलपुर जिल्लामा हालसम्म कारागार निर्माण हुन सकेको छैन। कारागार नहुँदा कैदीबन्दी ओसारपसारमा समस्या भइरहेको नवलपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएका व्यक्तिलाई अन्य जिल्लामा लैजानुपर्ने बाध्यता छ। यस क्रममा जनशक्ति, सवारीसाधन र खर्च व्यवस्थापनमा समेत समस्या … Continue reading कारागार नबन्दा प्रहरी समस्यामा

थप पढ्नुहोस् »

मुग्लिन-नारायणगढ सडक पहिरो: वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं,८ असोज । मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो ४ः५० बजे चितवनको इच्छाकामना–५ तुइन खोलाको पुल नजिकै ठूलो पहाड खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहान सार्वजनिक गरेको सूचनामा पहिरो पन्छाउन दिनभर समय लाग्ने भएकाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको … Continue reading मुग्लिन-नारायणगढ सडक पहिरो: वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

थप पढ्नुहोस् »

मुग्लिन-नारायणगढ सडक खुल्न तीनदिन लाग्ने

काठमाडौं,७ असोज । मुलुककै सबैभन्दा व्यस्त राजमार्गहरू मध्येको एक मुग्लिन–नारायणघाट सडकखण्ड सुख्खा पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। चितवनको इच्छाकामना–५ स्थित तुइन खोलामा मंगलबार अपरान्ह करिब ५ बजेतिर पहाडको ठूलो हिस्सा खसेपछि यातायात आवागमन अनिश्चित बनेको हो। सडक विभागका महानिर्देशक डा. विजय जैशीले पहिरोको आकार निकै ठूलो भएकाले पन्छाउन कम्तीमा तीन दिन लाग्ने अनुमान … Continue reading मुग्लिन-नारायणगढ सडक खुल्न तीनदिन लाग्ने

थप पढ्नुहोस् »

नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

काठमाडौं,७ असोज । नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहणलगत्तै तीनवटा निर्णय सार्वजनिक गरेका छन्। उनले पहिलो कदमका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा प्रत्येक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिने घोषणा गरेका छन्। दोस्रो निर्णयमा, विश्वविद्यालयहरूले अब बढीमा तीन महिनाभित्रै परीक्षाफल प्रकाशित गर्नुपर्ने व्यवस्था हुने मन्त्री पुनले बताए। निर्धारित समयभित्र नतिजा नदिने … Continue reading नवनियुक्त शिक्षा मन्त्री पुनका तीन निर्णय

थप पढ्नुहोस् »