समाचार

दाङमा टिप्परको ठक्करबाट एक जना घाइते

दाङ, १४ साउन । दाङको घोराहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ४४ वर्षीय सोबिराम कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार कुँवरको बायाँ खुट्टामा चोट लागेको छ र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ। घटनास्थलमा प्राप्त जानकारी अनुसार, तुलसीपुरबाट … Continue reading दाङमा टिप्परको ठक्करबाट एक जना घाइते

थप पढ्नुहोस् »

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी: जबर्जस्ती सोधपुछको तयारी

काठमाडौं,१४ साउन ।दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध अभियोजन पक्षले सोधपुछका लागि पक्राउ पुर्जी जारी गरेको छ। सोधपुछका लागि पटक–पटक बोलाउँदा पनि उपस्थित नहुँदा विशेष अदालतले बुधबार औपचारिक रूपमा पक्राउ अनुमति दिएको हो। अभियोजन पक्षका अनुसार युनले संसदमा सेनाको प्रयोग गरी नियन्त्रण लिने प्रयास गर्दै गत डिसेम्बर ३ मा मार्शल कानून लागू गर्ने घोषणा गरेका … Continue reading दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी: जबर्जस्ती सोधपुछको तयारी

थप पढ्नुहोस् »

मुख्यमन्त्रीले गरे तीन मन्त्री नियुक्त

हेटौंडा, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको पाँच मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी दिएका छन्। नवगठित मन्त्रिपरिषद्मा सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै, सांसद माया श्रेष्ठ र गीता गुरुङलाई पनि मन्त्रीमा … Continue reading मुख्यमन्त्रीले गरे तीन मन्त्री नियुक्त

थप पढ्नुहोस् »

बलात्कार आरोपमा शिक्षक पक्राउ

उदयपुर, १४ साउन । बलात्कारको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिका–९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय, मुसहरनियाका शिक्षक गजेन्द्र गिरीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। २४ वर्षीया स्थानीय महिलाले दिएको उजुरीका आधारमा गिरीले उनलाई चौदण्डीगढी–७ सातधारेस्थित एक होटलमा बोलाई गत असार १७ गते जबरजस्ती करणी गरेका थिए। घटनापछि गिरीले आफूलाई र … Continue reading बलात्कार आरोपमा शिक्षक पक्राउ

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्दै

काठमाडौँ १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज राष्ट्रिय सभामा सम्बोधन गर्दै छन्। राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यक्रम छ। उक्त प्रतिवेदनमाथि हुने छलफलका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय … Continue reading प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्दै

थप पढ्नुहोस् »

अटो दुर्घटना हुँदा चारजना घाइते

दाङ,१४साउन । पश्चिम दाङको दङ्गीशरणमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्। दङ्गीशरण गाउँपालिका वडा नं २ मधपुरस्थित भित्री सडक खण्डमा बुधबार बिहान अटो दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। कौवाघारीबाट गोल्टाकुरीतर्फ जाँदै गरेको ‘अन टेस्ट’ लेखिएको अटो बिहान पौने ८ बजे आफैं अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल नालामा खसेको हो। दुर्घटनामा … Continue reading अटो दुर्घटना हुँदा चारजना घाइते

थप पढ्नुहोस् »

हिमालमा रक्तदान  कार्यक्रम  ४६ जनाले  गरे रक्तदान

दाङ , १३ साउन । रक्तसञ्चार दिवसको अवसरमा दाङको हिमाल एकेडेमीले रक्तदान कार्यक्रम गरेको छ। ६०औं रक्तसञ्चार दिवसको अवसरमा हिमाल एकेडेमी, तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । दाङ रेडक्रसको प्रविधिक सहयोगमा सञ्चालित कार्यक्रममा शिक्षक र विद्यार्थी गरी ४६ जनाले रक्तदान गरेकाछन  ।कार्यक्रम ‘रक्तदान तथा रक्तदाता उत्प्रेरणा’ अभियान अन्तर्गत साताव्यापी रूपमा लमही, घोराही र तुलसीपुर … Continue reading हिमालमा रक्तदान  कार्यक्रम  ४६ जनाले  गरे रक्तदान

थप पढ्नुहोस् »

बस र ट्रक ठोक्किँदा १८ जना बोलबम तीर्थयात्रीको मृत्यु

काठमाडौँ, १३ साउन । भारतको झारखण्डस्थित देवघरमा तीर्थयात्री बोकेको बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा १८ जना कावाँरिया (बोलबम भक्त) को मृत्यु भएको छ। भारतीय जनता पार्टी (भाजपा) का सांसद निशिकान्त दुबेले घटनामा १८ जनाको मृत्यु पुष्टि गरेका छन्। देवघर–वासुकिनाथ मुख्य सडकको जमुनिया चौक नजिकै दुर्घटना भएको हो। ‘बोल बम’को जयकार गर्दै बाबा बैद्यनाथधामतर्फ … Continue reading बस र ट्रक ठोक्किँदा १८ जना बोलबम तीर्थयात्रीको मृत्यु

थप पढ्नुहोस् »

एक वर्षमा पायो लुम्बिनी सरकारले पूर्णता : युवा तथा खेलकुद मन्त्रीमा पाण्डेय नियुक्त

दाङ, १२ साउन । लुम्बिनी प्रदेश सरकार गठन भएको एक वर्ष पछि पूर्णता पाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिएका हुन ।लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका … Continue reading एक वर्षमा पायो लुम्बिनी सरकारले पूर्णता : युवा तथा खेलकुद मन्त्रीमा पाण्डेय नियुक्त

थप पढ्नुहोस् »

विकासमा गुणस्तरीयता कायम गरौ

लुम्बिनीमा विकास समस्या समाधान समिति बैठक : दाङ, १२  साउन ।   लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सञ्चालन गर्न तथा कामको गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिएका छन्। सोमबार राप्ती उपत्यका देउखुरीमा आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति … Continue reading विकासमा गुणस्तरीयता कायम गरौ

थप पढ्नुहोस् »