समाचार

मधेसमा भारी वर्षा

काठमाडौँ,१७ साउन । । मधेस प्रदेशका केही जिल्लाहरुमा भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत … Continue reading मधेसमा भारी वर्षा

थप पढ्नुहोस् »

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

दाङ,१६ साउन । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ। ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ राजपत्रमा प्रकाशित भएसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको पाँच वर्षे अवधि संशोधन गरी दश वर्ष बनाइएको हो। यस व्यवस्थाबाट चालकहरूले हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट … Continue reading अबदेखि लाइसेन्सको अवधि १० वर्ष

थप पढ्नुहोस् »

सांसद छिरिङ लामाको आरोप : ‘पूर्वयुवराजको भ्लग राजतन्त्रको अपवित्र षड्यन्त्र’ (स्ट्याटस सहित)

काठमाडौं,१६ साउन । पूर्वयुवराज हृदयन्द्र शाहले आफ्नो २३ औँ जन्मदिनको अवसरमा सार्वजनिक गरेको जुम्ला यात्रा सम्बन्धी भ्लग ‘माई ट्रिप टु जुम्ला’ सामाजिक सञ्जालमा भाइरल बनेको छ। भ्लगमार्फत जुम्लाको सौन्दर्य र हृदयन्द्रको सरल व्यवहारको प्रसंसा भइरहँदा जुम्लाबाट प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामाले भने यसलाई ‘राजतन्त्रको अपवित्र षड्यन्त्र’को संज्ञा दिँदै कडा आपत्ति जनाएकी छन्। सांसद लामाले सामाजिक … Continue reading सांसद छिरिङ लामाको आरोप : ‘पूर्वयुवराजको भ्लग राजतन्त्रको अपवित्र षड्यन्त्र’ (स्ट्याटस सहित)

थप पढ्नुहोस् »

बजारमा नक्कली औषधि खुलेआम बिक्रीः विभागको चेतावनी

काठमाडौँ,१६ साउन । बजारमा नक्कली औषधीको खुलेआम बिक्री हुने गरेको पाइएको छ । डिफ्यूजल(एल, कायाप्लस, पौरुष जीवन, बूजी, १०० हर्स पावर, ३० मिनेट स्टप, डायबेटिक कन्ट्रोल र जिमनेमा सिलभेस्ट्रे क्याप्सुलजस्ता नक्कली औषधिहरू खुलेआम बिक्री भइरहेको पाइएको छ। औषधि व्यवस्था विभागले यस्ता औषधिहरू सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत बिना वैज्ञानिक प्रमाण रोग निको पार्ने दाबी गर्दै … Continue reading बजारमा नक्कली औषधि खुलेआम बिक्रीः विभागको चेतावनी

थप पढ्नुहोस् »

सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध पुनः सर्वोच्चमा रिट

रुकुमपूर्व,१६ साउन।रुकुमपूर्वको सदरमुकाम तोक्ने सरकारको निर्णयविरुद्द पुनः रिट दायर भएको छ । सरकारले रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ५ र ६ स्थित रुकुमकोटमा तोकेको थियो । सोही निर्णयविरुद्ध पुनः सर्वोच्च अदालतमा रिट दायर भएको छ । गत साउन ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो। सो निर्णयप्रति असन्तुष्टि … Continue reading सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध पुनः सर्वोच्चमा रिट

थप पढ्नुहोस् »

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

दाङ,१६ साउन । रुपन्देहीको क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरिएको छ । कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको हो । निवार्चन आयोगले शुक्रबार सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन … Continue reading उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

थप पढ्नुहोस् »

एक रुपैयाँले घट्यो पेट्रोलको मूल्य

दाङ, १६ साउन । शुक्रबार बिहानबाट लागू हुने गरी पेट्रोल–डिजेलको मूल्य हेरफेर भएको छ । नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो । त्यस्तै डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले बिहीबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ … Continue reading एक रुपैयाँले घट्यो पेट्रोलको मूल्य

थप पढ्नुहोस् »

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौँ,१६ साउन। आज कोदो दिवस मनाउन लागिएको छ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउन लागेको हो । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम … Continue reading आज राष्ट्रिय कोदो दिवस मनाइँदै

थप पढ्नुहोस् »

जनार्दन शर्मामाथि कारबाहीको माग

सुभाष साह, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि अनुशासनको कारबाही गर्न अध्यक्षमाथि दबाब बढेको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई अनुशासनको कारबाही गर्न अधिकांश स्थायी समिति सदस्य एकमतजस्तै देखिएका छन् । शुक्रबार -आज_ माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, … Continue reading जनार्दन शर्मामाथि कारबाहीको माग

थप पढ्नुहोस् »

नुहाउन गएका दुई किशोरको खोलामा डुबेर मृत्यु

कपिलवस्तु, १५ साउन । नुहाउने खोलामा डुबेर कपिलवस्तुमा दुई किशोरको मृत्यु भएको छ। बिहीबार साँझ कपिलवस्तु नगरपालिका–१० स्थित बिकुली खोलामा नुहाउने क्रममा उनीहरूको ज्यान गएको हो। इलाका प्रहरी कार्यालय पिपराका अनुसार मृतकहरू बाणगंगा नगरपालिका–५, कोपवाका ११ वर्षीय वापस चौधरी र १० वर्षीय निशान चौधरी हुन्। प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार, पिरा र नगवा गाउँको बीचमा … Continue reading नुहाउन गएका दुई किशोरको खोलामा डुबेर मृत्यु

थप पढ्नुहोस् »