समाचार

तनाव व्यवस्थापन विषयक एक दिवसीय कार्यक्रम सम्पन्न

दाङ, १८ साउन । हिमाल स्काउट ट्रुप तुलसीपुरको आयोजनामा विद्यार्थीहरूको मानसिक तनाव व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यक्रम आइतबार तुलसीपुरमा सम्पन्न भएको छ। हिमाल एकेडेमी स्काउट ट्रुपका स्काउटर प्रणव साहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाकराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि खड्काले स्काउटले विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा पुर्‍याएको योगदानको चर्चा गर्दै … Continue reading तनाव व्यवस्थापन विषयक एक दिवसीय कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

प्रचण्डको घोषणाः देशमा फेरि नयाँ विद्रोह आवश्यक छ

काठमाडौँ,१८ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकचोटि नयाँ प्रकारको विद्रोह आवश्यक रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा बोल्दै उनले यस्तो भनाइ दिएका हुन्। अध्यक्ष प्रचण्डले देशमा क्रान्तिकारी सोच र देशभक्त शक्तिहरूमाथि भइरहेका षड्यन्त्रहरूविरुद्ध प्रतिकार गर्न अब फेरि विद्रोह आवश्यक रहेको तर्क गरे। उनले वामपन्थी, … Continue reading प्रचण्डको घोषणाः देशमा फेरि नयाँ विद्रोह आवश्यक छ

थप पढ्नुहोस् »

भीरबाट लडेर एकजनाको मृत्यु

हुम्ला,१८ साउन । भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन गएका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्कामा नान बुढाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का … Continue reading भीरबाट लडेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

बजेट कार्यान्वयनका विषयमा मन्त्रालयगत छलफल

काठमाडौँ,१८ साउन। संघीय अर्थ मन्त्रालयले विषयगत मन्त्रालयसंग छलफल थालेको छ । चालु आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले उक्त छलफल सुरु गरेको हो । बजेट कार्यान्वयनबारे आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका मन्त्रालयगत योजना तथा कार्यक्रम … Continue reading बजेट कार्यान्वयनका विषयमा मन्त्रालयगत छलफल

थप पढ्नुहोस् »

समुदायसंग नजिकिदै रेडक्रस

दाङ,१७ साउन । दाङको मानपुर र कोठरीमा आज रक्तदान तथा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। रगतको अभाव कम गर्ने उद्देश्यले रेडक्रस दाङद्वारा सञ्चालित ‘समुदाय सङ अझ नजिक’ अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ४ महिला सहित १४ जनाले रक्तदान गरेका छन् भने ८ जना नयाँ रक्तदाता सहभागी भएका छन्। तुलसीपुर उपमहानगरपालिका र स्थानीय … Continue reading समुदायसंग नजिकिदै रेडक्रस

थप पढ्नुहोस् »

पहिरोले सहिद राजमार्ग अवरुद्ध

दाङ,१७ साउन । रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५, सागुरोखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोका कारण घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

थप पढ्नुहोस् »

मोर्टार शेल विस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु, १३ जना घाइते

एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको लक्की मारवात जिल्लामा भएको घटनामा पाँच बालबालिकाले ज्यान गुमाएका छन्। घटनामा १३ जना घाइते भएका छन्, जसमा दुई महिला पनि रहेका छन्। बीबीसी उर्दूको रिपोर्टअनुसार बालबालिकाहरू खेल्ने क्रममा पुरानो मोर्टार शेल भेट्टाएका थिए। उनीहरूले उक्त शेललाई घर लैजाँदा अचानक विस्फोट भएको हो। घटनास्थलमा ज्यान गुमाउनेमध्ये चार बालिका रहेको … Continue reading मोर्टार शेल विस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु, १३ जना घाइते

थप पढ्नुहोस् »

घोराही–लमही सडकखण्ड ४ दिन बन्द

दाङ,१७ साउन । घोराही–लमही सडकखण्ड चारदिनका लागि बन्द हुने भएको छ । मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण लमही–घोराही सडकखण्ड आगामी चार दिनका लागि बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म दुई पाङ्ग्रे बाहेकका सवारीसाधनको आवागमन पूर्ण रूपमा … Continue reading घोराही–लमही सडकखण्ड ४ दिन बन्द

थप पढ्नुहोस् »

मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

दाङ,१७ साउन ।दाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१९ बासगढीस्थित कुटिचौरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिला घाइते भएकी हुन् । शनिबार दिउँस साढे २ बजेतिर बिजौरीतर्फ जाँदै गरेको रा.५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ६५ वर्षीया गौमती रोका लाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी रोकाको दुवै खुट्टा, … Continue reading मोटरसाइकलको ठक्करबाट एक महिला घाइते

थप पढ्नुहोस् »

चक्कु प्रहारबाट एकजना घाइते

काठमाडौँ,१७ साउन । चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक सवारी चालकले सहचालकलाई धारिलो हतियार चक्कु प्रहार गरेका छन् । प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङको तमुचौकमा शुक्रबार राति २३ वर्षीय हर्कबहादुर दर्लामी मगरले १९ वर्षीय सागर मगरलाई चक्कु प्रहार गरेका हुन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका … Continue reading चक्कु प्रहारबाट एकजना घाइते

थप पढ्नुहोस् »