समाचार

ब्रेक फेल हुँदा बस उपमेयरको घरमा पस्योः दुइजनाको मृत्यु

मकवानपुर,१२ जेठ । ब्रेक फेल हुँदा मकवानपुरमा बस दुर्घटना भएको छ । मकवानपुरको थाहा नगरपालिकामा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले बताएको छ । त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा–३ ख ५९९० नम्बरको बस थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँमा दुर्घटना भएको हो … Continue reading ब्रेक फेल हुँदा बस उपमेयरको घरमा पस्योः दुइजनाको मृत्यु

थप पढ्नुहोस् »

तुलसीपुरमा ‘रानी स्किल्स स्कुल’ सञ्चालन

दाङ,१२ फागुन । दाङको तुलसीपुरमा ‘रानी स्किल्स स्कुल’ सञ्चालनमा आएको छ । स्थानीय जनशक्ति उत्पादन र स्वरोजगारको सम्भावनालाई प्रत्याभूत गर्न स्थापना भएको उक्त स्कुलको सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसीको विशेष उपस्थितिमा स्कुलको औपचारिक उद्घाटन गरिएको हो। उद्घाटनका अबसरमा अध्यक्ष केसीले स्कुलले स्वरोजगार बन्न चाहने युवायुवतीहरूका लागि नयाँ ढोका खोलेको बताए। ‘तुलसीपुरमै सीप … Continue reading तुलसीपुरमा ‘रानी स्किल्स स्कुल’ सञ्चालन

थप पढ्नुहोस् »

अदालतले दुर्गा प्रसाईको बयान लिँदै

काठमाडौ,१२ फागुन। काठमाडौंको तीनकुने घटनामा संलग्न भनिएका प्रतिवादीहरूको बयान लिने प्रक्रिया सुरु भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंसहित राज्यविरुद्धको अभियोगमा मुछिएका ५० जना प्रतिवादीहरूसँग बयान लिने कार्य अघि बढाइएको हो। उनीहरूमाथि थुनछेक बहससमेत चलिरहेको छ। यसैगरी, भाटभटेनी लुट प्रकरणमा संलग्न ११ जनाको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा … Continue reading अदालतले दुर्गा प्रसाईको बयान लिँदै

थप पढ्नुहोस् »

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता

काठमाडौँ, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ समूह) बीच पार्टी एकता भएको छ। सोमबार आयोजित विशेष कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेसपा समूहका नेता गंगानारायण श्रेष्ठले एकता तथा समायोजन सम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन्। एकता घोषणासभामा माओवादी महासचिव देव गुरुङले दुवै पक्षबीच पाँच बुँदे सहमति भएको जानकारी … Continue reading माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता

थप पढ्नुहोस् »

सशस्त्र प्रहरीले दुःख दिएको भन्दै कृष्णनगर बजार बन्द

काठमाडौँ,१२ फागुन। नेपाल–भारत सीमावर्ती बजार कृष्णनगर सोमबार भन्द भएको छ । कृष्णनगर उद्योग वाणिज्य संघको आह्वानमा कृष्णनगर बजार बन्द भएको हो । सशस्त्र प्रहरीले कृष्णनगर आसपासका सर्वसाधारण, साना व्यवसायी र व्यापारीलाई अनावश्यक दुःख दिएर ज्यादती गरेको आरोप लगाउँदै सोमबार बजार बन्द गरेको संघका अध्यक्ष रितेश शर्माले बताए । बजार पूर्ण रुपमा बन्द छ । निजी … Continue reading सशस्त्र प्रहरीले दुःख दिएको भन्दै कृष्णनगर बजार बन्द

थप पढ्नुहोस् »

चीन पुगेकी पुर्व राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने

काठमाडौं,१२ जेठ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज चीनको राजधानी बेइजिङमा आयोजित अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछिन। गत शनिबार राति प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीको आइतबार बिहान बेइजिङमा सरकार प्रमुख सरह भव्य स्वागत गरिएको थियो। १० दिने भ्रमणका क्रममा उनले सोमबार र शुक्रबार दुई वटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने … Continue reading चीन पुगेकी पुर्व राष्ट्रपति भण्डारीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने

थप पढ्नुहोस् »

मृत भेटिइन् रोशनी शाही

काठमाडौँ, ११ जेठ। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरी बस्दै आएकी शाही आइतबार दिउँसो १स्५० बजे कोठाभित्रै मृत फेला परेको प्रहरी जनाएको छ। शाही बलात्कार आरोपमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणकी पीडित हुन्। सो मुद्दामा पछि महरा अदालतबाट सफाइ पाएका … Continue reading मृत भेटिइन् रोशनी शाही

थप पढ्नुहोस् »

सर्वोच्च अदालतद्वारा रवि लामिछानेको आदेशमा ‘टाइप’ त्रुटि सच्याइयो

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अघिल्लो आदेशमा भएको टाइप त्रुटि सच्याएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसम्बन्धी बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै ‘थुनामै पठाउने’ आदेश जारी गरेको थियो। तर उक्त आदेशको चौथो हरफमा ‘आदेश’ … Continue reading सर्वोच्च अदालतद्वारा रवि लामिछानेको आदेशमा ‘टाइप’ त्रुटि सच्याइयो

थप पढ्नुहोस् »

विपद्बाट यसवर्ष २० लाख नागरिक प्रभावित हुने

काठमाडौँ, जेठ ११। यसवर्षको प्रि–मनसुन सुरु भएसंगै राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ तयार पारेको छ । उक्त कार्ययोजना तयार पार्दै प्राधिकरणले यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरेको छ । प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र … Continue reading विपद्बाट यसवर्ष २० लाख नागरिक प्रभावित हुने

थप पढ्नुहोस् »

कार्यकर्तालाई ओलीको निर्देशन: जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

काठमाडौं,११ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरूले काठमाडौंमा गर्ने भनिएको आन्दोलनलाई पार्टीले सफल हुन नदिने चेतावनी दिएका छन्। आइतबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको भेलामा बोल्दै उनले उक्त चेतावनी दिएका हुन्। ओलीले राजावादीहरू देशमा आतंक फैलाउने प्रयासमा रहेको आरोप लगाउँदै भने, “यी तथाकथित राजावादीहरू केही पनि … Continue reading कार्यकर्तालाई ओलीको निर्देशन: जेठ १५ मा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

थप पढ्नुहोस् »