समाचार

जिप दुर्घटना अपडेटःघाइतेहरुको विवरणसहित

दाङ,११ जेठ । सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनाका घाइतेको परिचय खुलेको छ । राप्ती राजमार्ग अन्र्तगत कपुरकोट गाउँपालिका–३ लामीडाँडामा आइतबार दिउँसो साढे १ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटना हुँदा लु१ ज१६३७ नम्बरको जिप सडकबाट करिब ४ मिटर तल खसेको हो। सल्यान रिमबाट तुलसीपुरतर्फ गइरहेको जिप अनियन्त्रित भएर खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको … Continue reading जिप दुर्घटना अपडेटःघाइतेहरुको विवरणसहित

थप पढ्नुहोस् »

कपुरकोटमा जीप दुर्घटना : १३ जना घाइते

दाङ,११ जेठ । सल्यानमा जीप दुर्घटना भएको छ। दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सल्यानको रिमबाट तुलसीपुर जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट गाउँपालिका–३, सातबासमा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्। दुर्घटनामा परेर ९ जना गम्भीर घाइते भएका छन् भने ४ जना सामान्य घाइते छन्। जिप सडकबाट करिब ५० … Continue reading कपुरकोटमा जीप दुर्घटना : १३ जना घाइते

थप पढ्नुहोस् »

१० महिनामा ३ खर्बभन्दा बढी ऋण भुक्तानी, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

काठमाडौं, ११ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपाल सरकारले ३ खर्बभन्दा बढी सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ। यद्यपि, सोही अवधिमा करिब ४ खर्ब बराबर नयाँ ऋण उठाइएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु वर्षको सुरुवातमा सरकारको कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो। वैशाख मसान्तसम्ममा … Continue reading १० महिनामा ३ खर्बभन्दा बढी ऋण भुक्तानी, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

थप पढ्नुहोस् »

लुम्बिनीमा मध्यराति ग्याङ फाइटः दुई जना पेस्तोलसहित पक्राउ

दाङ,११जेठ। मध्यरातमा भएको कुटपिटमा परी एक युवक घाइते भएका छन् । दुइजना पेस्तोलसहित पक्राउ परेका छन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११, जितवापुरमा शनिबार मध्यराति दुई समूहबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार महायज्ञस्थलमा रहेका स्थानीय युवा र मोहसड गाउँबाट गएका युवाहरूबीच राति करिब १२ बजे झडप भएको हो। घटनामा जितवापुरका विक्रम सिंह घाइते … Continue reading लुम्बिनीमा मध्यराति ग्याङ फाइटः दुई जना पेस्तोलसहित पक्राउ

थप पढ्नुहोस् »

नारायणपुरका दुई किशोरी शुक्रबारदेखि बेपत्ता

दाङ,११ जेठ। दाङमा दुई किशोरी दुई दिनदेखि बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुरका दुई किशोरी शुक्रवार दिउँसोदेखि बेपत्ता भएका हुन् । १५ वर्षीया संगम चौधरी नेपाली र १२ वर्षीया कृतना चौधरी नेपाली शुक्रवार दिउँसोदेखि सम्पर्कबिहिन भएका हुन्। परिवारका अनुसार उनीहरू घरबाट बाहिर गएका थिए।तर साँझसम्म नफर्किएपछि खोजी सुरु गरिएको हो। यतिबेला उनीहरू कहाँ छन् … Continue reading नारायणपुरका दुई किशोरी शुक्रबारदेखि बेपत्ता

थप पढ्नुहोस् »

जीप दुर्घटना: तीनको मृत्यु, दुई घाइते

तनहुँ ११,जेठ ।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु भएको छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। दुर्घटनामा पाँच जना सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। … Continue reading जीप दुर्घटना: तीनको मृत्यु, दुई घाइते

थप पढ्नुहोस् »

आजको मौसम

दाङ, ११ जेठ। देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। साथै, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ। आज दिउँसो … Continue reading आजको मौसम

थप पढ्नुहोस् »

नातिसहित नारायणहिटी पुगे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, १० जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार नाति हृदयन्द्र शाहसहित नारायणहिटी दरबार पुगेका छन्। हृदयन्द्रले हजुरआमा रत्न राज्यलक्ष्मी शाहलाई भेट्ने इच्छा व्यक्त गरेपछि पूर्वराजा ज्ञानेन्द्रले उनलाई लिएर नारायणहिटी पुगेका हुन्। पूर्वराजाको सचिवालयका अनुसार पारिवारिक भेटघाटको उद्देश्यले उनीहरू दरबार गएका थिए। ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन्। २०६५ सालमा संविधानसभाबाट राजतन्त्र अन्त्य … Continue reading नातिसहित नारायणहिटी पुगे पूर्वराजा ज्ञानेन्द्र

थप पढ्नुहोस् »

बालबालिकाको हितमा न्याय प्रणाली अघि बढ्नुपर्छः प्रधानन्यायाधीश

काठमाडौँ,१० जेठ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने गरी न्याय प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन्। केन्द्रीय बाल न्याय समितिको सचिवालयद्वारा शनिबार आयोजित ‘नेपालमा बाल न्याय प्रणालीको प्रवर्द्धनमा सरोकारवालाको भूमिकाको खोजी’ विषयक एकदिने राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले न्यायिक प्रक्रियामा बालबालिकाको हक, हित र भलाइलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्। उनले भने, “राज्यले … Continue reading बालबालिकाको हितमा न्याय प्रणाली अघि बढ्नुपर्छः प्रधानन्यायाधीश

थप पढ्नुहोस् »

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ।  लुम्बिनीमा निजी तथा कार्यक्रम पारित भएको छ। सरकाले लुम्बिनी प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमत सदस्यका आधारमा पारित गरिएको हो। लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम सभाले बहुमतले पारित गरेको छ । छैठौं अधिवेशनको आठौं बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । आर्थिक वर्ष २०८२/०८३को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित … Continue reading लुम्बिनी सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

थप पढ्नुहोस् »