समाचार

क्रिप्टो कारोबारमा प्रहरीकै संलग्नता: प्रहरीसहित ६ जना पक्राउ

काठमाडौं, २१ फागुन। अभौतिक मुद्रा (क्रिप्टो करेंसी) कारोबारमा संलग्न व्यक्तिलाई लुटेको आरोपमा तीन प्रहरीसहित ६ जनालाई हिरासतमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी, र नेपाल प्रहरीका जवान हिरा मंग्रातीसहित अन्य तीन जनालाई पक्राउ गरिएको छ। सशस्त्र हवल्दार केसीको खातामा ७ लाख … Continue reading क्रिप्टो कारोबारमा प्रहरीकै संलग्नता: प्रहरीसहित ६ जना पक्राउ

थप पढ्नुहोस् »

अवैधरुपमा चाँदी तस्करी: मोटरसाइकल टंकीमा फल्स बटम,प्रेमीकाको सहयोगमा बिक्री

काठमाडौं, २१ फागुन। भारतबाट चाँदी तस्करी गर्दै काठमाडौं ल्याउने गिरोह पक्राउ परेपछि यो अवैध धन्दाको पर्दाफास भएको छ। काठमाडौं अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेपछि तस्करीको शैली, संलग्न व्यक्तिहरू र कारोबारको तरिका बाहिर आएको हो। अनुसन्धानका क्रममा तस्करहरूले मोटरसाइकलको ट्यांकीमा फल्स बटम बनाएर चाँदी लुकाउने गरेको खुलेको छ। तस्करहरू पहिले भारतबाट चाँदी लुकाएर वीरगञ्ज … Continue reading अवैधरुपमा चाँदी तस्करी: मोटरसाइकल टंकीमा फल्स बटम,प्रेमीकाको सहयोगमा बिक्री

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओलीलाई हिट्लर भन्ने पत्रकारको संसद पास निलम्बन

काठमाडौँ २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई “हिटलर” र “तानाशाह” भन्ने शब्द प्रयोग गर्दै प्रश्न सोधेका दुई पत्रकारको संघीय संसद सचिवालयले पास निलम्बन गरेको छ। सचिवालयले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिनाका लागि संसद भवन प्रवेशमा रोक लगाएको हो। गत … Continue reading प्रधानमन्त्री ओलीलाई हिट्लर भन्ने पत्रकारको संसद पास निलम्बन

थप पढ्नुहोस् »

जिप दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँची ,२१ फागुन । अर्घाखाँचीको मालारानी गाउँपालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुटवलबाट मालारानी गाउँपालिका–२, ढाडचौरतर्फ जाँदै गरेको लु.१ ज.४२२६ नम्बरको सवारी जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक मालारानी गाउँपालिका–२ निवासी ५० वर्षीय कृष्णलाल मरासिनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। दुर्घटनाको कारण … Continue reading जिप दुर्घटना हुँदा चालकको मृत्यु

थप पढ्नुहोस् »

सर्बियाको संसदभित्र ग्रिनेड प्रहार

बेओग्रेड, सर्बिया। सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने ‘स्मोक ग्रिनेड’ प्रहार गरेपछि संसद् भवनमा कोलाहल मच्चिएको छ। संसद् बैठक चलिरहेको बेला सांसदहरूले विरोधस्वरूप ग्रिनेड प्रहार गरेको बीबीसीले जनाएको छ। विपक्षी सांसदहरूले हाल देशमा भइरहेको विद्यार्थी आन्दोलनको समर्थन गर्दै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए। संसद्भित्र सुरक्षा बलहरूले नियन्त्रण गर्न खोज्दा झडप भएको र त्यसक्रममा तीन … Continue reading सर्बियाको संसदभित्र ग्रिनेड प्रहार

थप पढ्नुहोस् »

लुम्बिनी मन्त्रिपरिषद् बैठकका चार प्रमुख निर्णय: सचिवहरूको जिम्मेवारी तोकियो

दाङ,२१ फागुन । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नुका साथै समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय गरेको छ। त्यसैगरी, बैठकले प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता सेवा विधेयकको अवधारणापत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्दै कानुनी प्रक्रिया अघि बढाउने … Continue reading लुम्बिनी मन्त्रिपरिषद् बैठकका चार प्रमुख निर्णय: सचिवहरूको जिम्मेवारी तोकियो

थप पढ्नुहोस् »

अवैध सपनाको अन्त्य: जोखिमपूर्ण यात्रापछि अमेरिकाबाट नेपाल डिपोर्ट

काठमाडौं, २१ फागुन। अमेरिका पुग्ने सपना बोकेर अवैध बाटोबाट महिनौंसम्म जंगल, खोला, समुद्र पार गर्दै यात्रा गरेका आठ नेपालीको यात्रा अन्ततः अमेरिकाबाट डिपोर्ट भएपछि सकिएको छ। बुधबार अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं फर्काएका उनीहरु मध्यपूर्व, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिकासम्म पुगेका थिए। तर, त्यहाँ पुगेको केही समयमै पक्राउ परेपछि उनीहरु फर्किन बाध्य भए। प्रहरीको मानवबेचबिखन … Continue reading अवैध सपनाको अन्त्य: जोखिमपूर्ण यात्रापछि अमेरिकाबाट नेपाल डिपोर्ट

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानीको चुनावी माहोल:यी हुन् उम्मेदवारहरू

दाङ,२१ फागुन ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातेको छ। आगामी चैत २ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम दर्ता गर्न सक्नेछन्। संस्थाको नयाँ नेतृत्वका लागि नेकपा माओवादी केन्द्रसहित सात दलबीच उम्मेदवारको भागवण्डा लगभग टुंगिएको छ। … Continue reading तुलसीपुर खानेपानीको चुनावी माहोल:यी हुन् उम्मेदवारहरू

थप पढ्नुहोस् »

खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौँ,२० फागुन । खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ । वाणिज्य तथा आपूर्ति सचिव … Continue reading खाना पकाउने ग्याँसको मूल्य बढ्यो

थप पढ्नुहोस् »

मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र डुबानमा

काठमाडौं, २० फागुन – काठमाडौंको थापाथली चोक नजिक मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक अवरुद्ध भएको छ। बिहानै पाइप फुटेपछि सडक जलमग्न बनेको छ भने त्यस क्षेत्र केही समयसम्म डुबानमा परेको थियो। प्राप्त जानकारीअनुसार थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पतालतर्फ जाने सडक खण्डमा पाइप फुटेको हो। यसले गर्दा आवागमन प्रभावित भएको छ। तर, पाइप फुट्नुको कारण … Continue reading मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र डुबानमा

थप पढ्नुहोस् »