समाचार

तुलसीपुरको एनएमबि बैंकमा चोरी प्रयास:एकजना पक्राउ

दाङ,१३ माघ। बैंकमा चोरीको प्रयास गर्दै गरेको अव्यवस्थामा प्रहरीले तुलसीपुरबाट एकजनालाई पक्राउ गरेको छ।शनिबार राती २ बजे तुलसीपुर उपमहानगरपालिका-५ स्थित एनएमबी बैंकको तुलसीपुर शाखा कार्यालयमा चोरीको प्रयास गर्दै गरेको अवस्थामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो। प्राप्त सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा पुगेको टोलीले चोरीको प्रयास गर्ने एक … Continue reading तुलसीपुरको एनएमबि बैंकमा चोरी प्रयास:एकजना पक्राउ

थप पढ्नुहोस् »

ज्ञानदीप कलेजद्वारा शैक्षिक सामग्री वितरण

दाङ,१२ माघ। तुलसीपुरमा रहेको ज्ञानदिप कलेजका विद्यार्थीहरूले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्। ज्ञानज्योति फाउन्डेसन अन्तर्गत सञ्चालनमा रहेको ज्ञानदिप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सामग्री वितरण गरेका हुन्। उनीहरूले सल्यानको त्रिवेणी गाउँपालिका वडा नं २ दहवनमा रहेको श्री भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उक्त सामग्री विद्यालयमै पुगेर हस्तान्तरण गरेका छन् । भगवती माभिका … Continue reading ज्ञानदीप कलेजद्वारा शैक्षिक सामग्री वितरण

थप पढ्नुहोस् »

तुलसीपुरमा जुवातास खेल्दै गरेका छ जना पक्राउ

दाङ,१२ माघ। दाङको तुलसीपुरमा जुवा तास खेल्दै गरेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुरस्थित नयाँ बस्तीबाट जुवा तास खेल्दै गरेका उनीहरूलाई पक्राउ गरेको हो। तुलसीपुर उप-महानगरपालिका–८ नयाँबस्तीस्थित झुपराज घर्तीमगरको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले गोप्य सूचनाका आधारमा माघ शनिबार ४ बजे इलाका प्रहरी … Continue reading तुलसीपुरमा जुवातास खेल्दै गरेका छ जना पक्राउ

थप पढ्नुहोस् »

सेप्टी ट्याङ्की खन्ने क्रममा भेटिएको सकेट बम नेपाली सेनाद्वारा डिस्पोज

रोल्पा१२, माघ । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा सेप्टी ट्याङ्की खन्ने क्रममा भेटिएको सकेट बम नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार अधिकारीका अनुसार सडक विभागको कार्यालय क्षेत्रभित्र खन्दै गरेको सेप्टी ट्याङ्कीमा पुरानो सकेट बम भेटिएको हो। स्थानीय समयअनुसार दिउँसो साढे चार बजेतिर फेला परेको बमको जानकारी … Continue reading सेप्टी ट्याङ्की खन्ने क्रममा भेटिएको सकेट बम नेपाली सेनाद्वारा डिस्पोज

थप पढ्नुहोस् »

रुकुममा एक जोडी मृत अवस्थामा फेला

रुकुम पश्चिम,१२ माघ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, खुम्चेरीमा एक जोडी मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा स्थानीय भागिराम खड्काका छोरा १९ वर्षीय लोकेन्द्र खड्का र वडा नं. ६ की १९ वर्षीय सपना पुन मगर रहेका छन्। चार दिनअघि लोकेन्द्रले सपनालाई विवाहका लागि भगाएर आफ्नै घर ल्याएका थिए। तर, आज बिहान लोकेन्द्रको अस्थायी टहरामा दुवैजना मृत … Continue reading रुकुममा एक जोडी मृत अवस्थामा फेला

थप पढ्नुहोस् »

रूस युक्रेन द्वन्द्व: वार्ताका लागि मस्को तयार

मस्को ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्व समाधान गर्न वार्ताका लागि आफ्नो सरकार तयार रहेको बताएका छन्। शुक्रबार सार्वजनिक बयानमा उनले यसबारे रूसले सधैं सकारात्मक दृष्टिकोण राखेको भन्दै वार्ताका लागि अनुकूल वातावरण तयार गर्न युक्रेन र उसका प्रायोजकहरूलाई जिम्मेवार ठहराए। पुटिनले भने, “हामीले बारम्बार यो कुरा स्पष्ट पारिसकेका छौं र आज फेरि दोहोर्याउन चाहन्छु – … Continue reading रूस युक्रेन द्वन्द्व: वार्ताका लागि मस्को तयार

थप पढ्नुहोस् »

जनयुद्धका परिवारहरूसँगको सम्बन्ध कमजोर बनेकै हो :’प्रचण्ड’

दाङ,११ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा बलिदान दिने परिवारहरूसँगको सम्बन्ध कमजोर भएको स्वीकार गरेका छन्। उनले सम्बन्ध सुधारका लागि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको अधिवेशन तथा खबरदारी सभाका अवसरमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। ‘क्रान्तिका आधार इलाकाहरू र … Continue reading जनयुद्धका परिवारहरूसँगको सम्बन्ध कमजोर बनेकै हो :’प्रचण्ड’

थप पढ्नुहोस् »

राप्तीसोनारीमा पाटेबाघ मृत फेला

बाँके,११ माघ।बाँकेको राप्तीसोनारी गाउँपालिका–१ स्थित कोर क्षेत्रमा पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज बिहान बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले बाघको शव फेला पारेको हो। निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीका अनुसार मृत बाघको पछाडिको भागलाई अन्य वन्यजन्तुले खाएको अवस्थामा भेटिएको छ। “बाघको अवस्था हेर्दा दुई–तीन दिनअघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ,” उनले जानकारी दिए। … Continue reading राप्तीसोनारीमा पाटेबाघ मृत फेला

थप पढ्नुहोस् »

लेखापढी कानुन व्यवसायी इकाई समितिको साधारणसभा

दाङ,११ माघ ।नेपाल लेखापढी कानुन व्यवसायी इकाई समिति तुलसीपुरको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षता र नेपाल लेखापढी कानुन व्यवसायी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक अर्जुन केसीको प्रमुख आतिथ्य रहेको थियो। साधारण सभामा प्रमुख अतिथि केसीले लेखापढी कानुन व्यवसायीहरूलाई ‘बिचौलिया’को रूपमा हेरिएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायीहरूको गरिमा रक्षा … Continue reading लेखापढी कानुन व्यवसायी इकाई समितिको साधारणसभा

थप पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री दाहालद्वारा चखौरा थारु संग्राहलयको अवलोकन‘थारु संग्राहलयले पर्यटन प्रबद्र्धनमा टेवा’

दाङ ,११ माघ। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दंगीशरण ३ चखौरामा रहेको ऐतिहासिक थारु संग्राहलयको अवलोकन गरेका छन् । शुक्रवार उनले थारुहरुको अध्ययन तथा अनुसन्धान थलोको रुपमा रहेको थारु संग्रालयको अवलोकन गरेका हुन । थारु संग्राहलयको अवलोकन गदै पूर्व प्रधानमन्त्री दाहालले दक्षिण एशीयाकै राम्रो र महत्वपूर्ण संग्रालय रहेको बताए । … Continue reading पूर्व प्रधानमन्त्री दाहालद्वारा चखौरा थारु संग्राहलयको अवलोकन‘थारु संग्राहलयले पर्यटन प्रबद्र्धनमा टेवा’

थप पढ्नुहोस् »