ट्याक्टरको ठक्करबाट ५ वर्षीय बालक घाइते
दाङ,२ फागुन । दाङको तुलसीपुरमा एकजना बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-९ कटकुइयामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षीय बालक घाइते भएका हुन् । शनिबार अपराह्न करिब ३:३० बजे कटकुइयाबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ त ९१९८ नम्बरको ट्याक्टरले पैदलयात्री अनमोल चौधरीलाई ठक्कर दिँदा उनी घाइते भएका हुन्। घाइते बालक कटकुइयाका तारा घर्तिका छोरा हुन्। … Continue reading ट्याक्टरको ठक्करबाट ५ वर्षीय बालक घाइते