समाचार

यात्रु बाहक बस मर्स्याङ्दी खस्यो

तनहु , ७ भदौ। तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा ४० जना यात्रु रहेको बताइएको छ । घटना स्थलमा प्रहरीको उद्धार टोली पुगेर उद्धार जारी राखेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

थप पढ्नुहोस् »

महेन्द्र वहुमुखी क्याम्पस क्षेत्रमा बम बिस्पोट

दाङ, ६ भदौ  । दाङको घोराहीस्थित महेन्द्र वहुमुखी क्याम्पस क्षेत्रमा सुतली वम बिस्पोट गरिएको छ ।मोटरसाइकीलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा सुतली वम विस्फोड गराएको प्रहरीले बताएको छ ।  उनीहरु दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ । उनीहरुबाट सुतली वम जस्तो देखिनेबस्तु समेत फेला परेको छ  । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख … Continue reading महेन्द्र वहुमुखी क्याम्पस क्षेत्रमा बम बिस्पोट

थप पढ्नुहोस् »

लुम्बिनी सभामा आज स्थानीय सेवा बिधेक निर्णयार्थ पेश हुँदै

दाङ,४ भदौ । लुम्बिनी प्रदेश सभा चौथो अधिवेसनको २७ औं बैठक आज बिहिवार दिउँसो २ बजे बस्दैछ । बैठकबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्याे प्रस्तावलाइ निर्णयार्थ पेश गर्ने तयारी  गरिएको छ । मुख्यमन्त्री चेत नारायण … Continue reading लुम्बिनी सभामा आज स्थानीय सेवा बिधेक निर्णयार्थ पेश हुँदै

थप पढ्नुहोस् »

नेपाली पत्रकार जंगलैजंगल अमेरिकातिर

दाङ  । अमेरिका जान्न भन्ने नेपालीहरू सायदै होलान्! तर जान्छु भन्दा पनि पालो नपाउने—नआउनेचाहिँ लाखौँ छन् ।अमेरिका सबैलाई मनपर्छ । अझ भनौँ— रुकुम, रोल्पा, सल्यान र दाङको सबैभन्दा ठूलो सपना त्यही अमेरिका नै हो । अमेरिका जाने दुइटा बाटो छन् । एउटा— कागजी प्रक्रिया पूरा गरी उडेरै जाने । दोस्रोचाहिँ— मानवतस्करलाई ५० लाखदेखि ८० लाखसम्म … Continue reading नेपाली पत्रकार जंगलैजंगल अमेरिकातिर

थप पढ्नुहोस् »

शिक्षक खत्रीलाई पालिकाको पुनः स्पष्टिकरण

दाङ ,४ भदौ । माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजालमा पालिका, पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो । पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै आज बुधबार … Continue reading शिक्षक खत्रीलाई पालिकाको पुनः स्पष्टिकरण

थप पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत

७० मत पक्षमा , ११ विपक्षमा दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन ।  प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका थिए । उनको पक्षमा ७० मत र विपक्षमा ११ मत  आएको छ । साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा … Continue reading लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत

थप पढ्नुहोस् »

टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी

दाङ, ४ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकले लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाउदै प्रतिबन्ध हटाउन माग गर्दै आएको छ । प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका … Continue reading टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी

थप पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिदै

दाङ,४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको लिन लागेका छन । आज भैरहेको  प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका छन । लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे २५ औ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत मागेका हुन । साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरि ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा … Continue reading लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिदै

थप पढ्नुहोस् »

घोराही – तुलसीपुर सडक अबरुद्ध

दाङ,४ भदौ । घोराही तुल्सीपुर सडक खण्ड अबरुद्ध भएको छ । निरन्तरतको बर्षाका कारण दाङको तुलसीपुर- ७ मा रहेको कालाखोलामा आएको बाढीले घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ । मंगलबार आएको बाढीले यातायातका सवारी साधन आवतजावत बन्द भएको प्रहरीले बताएको छ । तुलसीपुर-७ का वडा अध्यक्ष राम बहादुर जीसीका अनुसार  सवारी साधन सञ्चालनमा नआउँदा … Continue reading घोराही – तुलसीपुर सडक अबरुद्ध

थप पढ्नुहोस् »

अध्यक्ष भण्डारीले गरे जन्मदिनमा रक्तदान

दाङ , ४ भदौ। तुल्सीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । चेम्बर अफ कमर्सको आयोजनामा भण्डारीले रक्तदान गरेका हुन् । उनको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा चौध जना व्यक्तिहरुले रक्तदान गरेका थिए । जन्मदिनका अवसर पारेर अरेक वर्ष सामाजिक कार्य गर्दै आएका अध्यक्ष भण्डारीले यस पटक रक्तदान गरी जन्मदिन मनाएका … Continue reading अध्यक्ष भण्डारीले गरे जन्मदिनमा रक्तदान

थप पढ्नुहोस् »