समाचार

जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु

दाङ २० साउन। दाङमा जीप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि सल्यानको पिङ्खोलाका लागि छुटेको जीप शान्तिनगर गाउँपालिका १ हरिचरमा दुर्घटना भएको हो। आइतबार बेलुकी भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने केही घाइते भएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

थप पढ्नुहोस् »

विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यबाट पुन र आचार्यलाई हटाइयो

काठमाडौँ, २० साउन । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्यबाट दुई जनालाई हटाइएको छ। प्राधिकरणको समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको हो । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर … Continue reading विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यबाट पुन र आचार्यलाई हटाइयो

थप पढ्नुहोस् »

स्कुल बसले ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं,२० साउन । स्कुल बसले ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको छ । मोरङको रंगेलीमा दुर्घटना हुँदा ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो । विद्यार्थी लिन विराटनगरबाट पूर्वतर्फ जाँदै गरेको अरनिको आवासीय माविको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका २ स्थित पुलमा साइकललाई ठक्कर दिएको थियो । घटनामा धनपालथान गाउँपालिका ३ का … Continue reading स्कुल बसले ठक्कर दिँदा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

स्टन्टबाजीको रुपमा सरकारले काम गर्दैनः प्रधानमन्त्री ओली

काठमाडौँ, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलील स्टन्टबाजीको रूपमा आफूहरुले कुनै पनि काम नगर्ने बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण समारोहमा बोल्दै उनले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि भ्रम सिर्जना गर्नेगरी काम नगर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने मुलुकमा क्रियाशील … Continue reading स्टन्टबाजीको रुपमा सरकारले काम गर्दैनः प्रधानमन्त्री ओली

थप पढ्नुहोस् »

Update: टिप्परको ठक्करबाट घाइते व्यक्तिको उपचारका क्रममा मृत्यु

दाङ, १९ साउन। दाङमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ। आज शनिबार बेलुका घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्प्रले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३९ वर्षीय कुलबहादुर बस्नेतको उपचारको क्रममा … Continue reading Update: टिप्परको ठक्करबाट घाइते व्यक्तिको उपचारका क्रममा मृत्यु

थप पढ्नुहोस् »

विज्ञान संकायतर्फ ज्ञानज्योतिको पश्चिम दाङमा उत्कृष्ट नतिजा

दाङ,१९ साउन। शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा ज्ञान ज्योति मा.वि.तुलसीपुरले पश्चिम दाङमा सञ्चालन भएका मा.वि. मध्ये विज्ञान संकायमा ज्ञान ज्योति मा.वि.का सुशील पराजुलीले उत्कृष्ट अंक ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८० को कक्षा १२ को बोर्ड परीक्षामा पराजुलीले ३ दशमलव ८८ जिपिए प्राप्त गरी विज्ञान संकायमा पश्चिम दाङमा उत्कृष्ट भएको … Continue reading विज्ञान संकायतर्फ ज्ञानज्योतिको पश्चिम दाङमा उत्कृष्ट नतिजा

थप पढ्नुहोस् »

करेन्ट लागेर तुलसीपुरमा एकजनाको मृत्यु

दाङ १९ साउन तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ पृगाउँ निबासी ५० वर्षिय बालाराम ओलिको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरक्षक प्रकाश थापाले जानकारी दिएका छन । ओलिले आफ्नो घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा मोटरको सुईच थिच्दा तार सर्ट हुनगइ दायाँ हातमा … Continue reading करेन्ट लागेर तुलसीपुरमा एकजनाको मृत्यु

थप पढ्नुहोस् »

पहिरोले घर पुरिदा एकजनाको मृत्यु एक बेपत्ता

रोल्पा, १९ साउन । रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर–४ कामी डाँडामा शुक्रबार राती गएको पहिराले घरसँगै ६० वर्षकी बसुना सुनार र उनकी चार वर्षकी नातिनीलाई पुरेको थियो । खोजी गर्ने क्रममा बसुनाको शव भेटिएको र उनकी नातिनीको खोजी भइरहेको जिल्ला … Continue reading पहिरोले घर पुरिदा एकजनाको मृत्यु एक बेपत्ता

थप पढ्नुहोस् »

स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

चितवन, १९ साउन । शिशुलाई स्तनपान गराउँदा मोबाइल फोनको प्रयोग नगर्न बालरोग विशेषज्ञले आग्रह गरेका छन्। ।विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित छलफल एक सफल कार्यक्रममा सहभागी भएका बालरोग विशेषज्ञले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्। विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा भरतपुरमा आयोजित ‘स्तनपानको महत्वको विषयमा चिकित्सक र पत्रकारबीच भएको … Continue reading स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

थप पढ्नुहोस् »

राजमार्ग र सडक स्तर उन्नतिका लागि छलफल: ९ सदस्यीय कार्यदल गठन

दाङ, १८ साउन । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चको भेला तुलसीपुरमा सम्पन्न भएको छ। नवराज लामिछानेको अध्यक्षतामा भएको भेलाले राप्ती राजमार्गको स्तर उन्नति र तुलसीपुर क्षेत्रभित्रको सडक मापदण्ड निश्चित र व्यवस्थित गर्न माग गरेको छ। भेलाले बाहिनी चोकदेखि उत्तरतर्फ नगर विकास समितिले कायम राखेको सडकको केन्द्रदेखि १२. ५ मिटर कायम राख्ने, बाहिनी चोकदेखि दक्षिणतर्फ … Continue reading राजमार्ग र सडक स्तर उन्नतिका लागि छलफल: ९ सदस्यीय कार्यदल गठन

थप पढ्नुहोस् »