समाचार

राजपुरमा एफटिटिएच सेवा सुरु

दाङ, १४ फागुन । दाङको दुर्गम गाउँपालिका मानिने राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एफटिटिएछ सेवाको उद्घाटन गरेकी हुन् ।  गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीसँग कुराकानी गरेर एफटिटिएचको अनलाइन उद्घाटन गरेकि हुन। सो क्रममा मन्त्री शर्माले दुर्गममा उच्च गतिको इन्टनेटसहितको दुरसञ्चार सेवा … Continue reading राजपुरमा एफटिटिएच सेवा सुरु

थप पढ्नुहोस् »

मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वर्गद्वारी गुठिका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित सहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण गराउन पुुगेको दाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन। सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर … Continue reading मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

थप पढ्नुहोस् »

चर्चामा सुधाको ‘माया बस्दै छ’

दाङ, १३ फागुन। हालै सार्वजनिक गायिका सुधा रत्नको ‘माया बस्दै छ’ बोेलको गीतले चर्चा बटुल्दैछ । एक दशकदेखि नेपाली गीत–संगीत क्षेत्रमा अग्रसर गायिका सुधाको ‘माया बस्दै छ’ बोेलको गीत बद्री विष्ट नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । पछिल्लो चरण नृत्यमा नयाँपन प्रस्तुत गरेर चर्चामा रहनु भएका विष्टको निर्देशनमा बनेको ‘माया बस्दै छ’ गीतको अहिले … Continue reading चर्चामा सुधाको ‘माया बस्दै छ’

थप पढ्नुहोस् »

ज्ञान ज्योतिमा ‘फुड फेस्टिवल’

दाङ , १२ फागुन । तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर मिलेको हो । आईएसटी कलेज काठ्माण्डौको सहकार्यमा ज्ञानज्योति स्कुलले शनिबार आयोजना गरेको ‘फुड फेस्टिवल’ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले आफुले बनाउन जानेका … Continue reading ज्ञान ज्योतिमा ‘फुड फेस्टिवल’

थप पढ्नुहोस् »

बाल सञ्जालका पदाधिकारीहरुको स्वागत तथा विदाई

दाङ,१२ फागुन । तुलसीपुर उपमहानगरपालिकाको नगरस्तरीय बालसञ्जालमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार एक कार्यक्रम गरी बालसञ्जालको नेतृत्वमा चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको छ भने पुरानो नेतृत्वलाई विदाई समेत गरिएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा बालसञ्चालनका अध्यक्ष अच्युत बस्नेतको अध्यक्षतामा कार्यक्रम गरी बालसञ्जालका पदाधिकारी तथा … Continue reading बाल सञ्जालका पदाधिकारीहरुको स्वागत तथा विदाई

थप पढ्नुहोस् »

प्रदेशसभा सदस्य यादव निलम्बनमा

दाङ ,१२ फागुन । लुम्विनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । साझेदारी वनको काठ हिनामिना प्रकरणमा मुछिएका यादव निलम्बनमा परेका हुन् । लुम्विनी प्रदेशसभा सचिवालयले शनिवार एक सुचना जारी गर्दै भ्रष्टाचार मुद्दा चलाएपछि सांसद यादव स्वतः निलम्बनमा परेको बताएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ ९ख०मा निर्वाचित सांसद … Continue reading प्रदेशसभा सदस्य यादव निलम्बनमा

थप पढ्नुहोस् »

गुरूकुलको विशेष छात्रवृत्ति याेजना सार्वजनिक

तुलसीपुर,१२ फागुन । शैक्षिकसत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेकाे गुरूकुल एकेडेमिले बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेकाे छ । विद्यालयले तुलसीपुरमा सम्मेलनकाे आयाेजना गरेर विशेष छात्रवृत्ति याेजनाका बारेमा जनाकारी गराएकाे हाे । पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाईमा क्षमतावान भएर पनि विभिन्न समस्याले साेचेकाे विद्यालयमा  भर्ना हुन नसकेका विद्यार्थीलाई लक्षीत गरेर निशुल्क पढाउन … Continue reading गुरूकुलको विशेष छात्रवृत्ति याेजना सार्वजनिक

थप पढ्नुहोस् »

राप्ती बाल एकाडेमीलाई अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि

दाङ, १२ फागुन । राप्ती बाल एकाडेमीले अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि हात पारेको छ । प्रतियोगितामा ९५ अंक सहित राप्ती वाल एकाडेमी तुलसीपुर-६ प्रथम भएको हो । प्रथम हुने राप्तीले नगद दश हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा शुक्रवार … Continue reading राप्ती बाल एकाडेमीलाई अन्तर विद्यालय हाजिरी-जवाफ प्रतियोगिताको उपाधि

थप पढ्नुहोस् »

पत्रकार महासंघ दाङले प्रदेश स्तरिय मिडिया महोत्सव गर्ने

घोराही, १२ फागुन । नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने भएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यकासाथ यही मिति २०८० चैत तेस्रो साता लुम्बिनी प्रदेश स्तरिय मिडियो महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । महोत्सव सफल बनाउनकालागी नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश … Continue reading पत्रकार महासंघ दाङले प्रदेश स्तरिय मिडिया महोत्सव गर्ने

थप पढ्नुहोस् »

घोराहीमा ट्राफिक सचेतना प्रभातफेरी

घोराही, ११ फागुन ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा घोराही ट्राफिक सचेतना कार्यक्रम भएको छ । घोराहीमा र्याली गरेर सचेतना कार्यक्रम भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्याब्सन दाङ र प्याब्सन घोराही उपमहानगरपालिकाको आयोजनामा सामाजिक संघसंस्था एवं विद्यालय, कलेजहरुको उपस्थितिमा सचेतना र्याली गरिएको थियो । घोराहीको भानु चोकबाट सुरु भएको र्याली दामोदर चोक, बालमन्दिर, लखक … Continue reading घोराहीमा ट्राफिक सचेतना प्रभातफेरी

थप पढ्नुहोस् »