समाचार

हिमालयन इन्स्योरेन्स कम्पनीका सीईओ बर्खास्त

काठमाडौँ,१३ असार। हिमालयन एभेरेष्ट इन्स्योरेन्स कम्पनीका सीईओ विजयबहादुर शाह बर्खास्तीमा परेका छन् । सञ्चालक समितिलाई अपमान गरेको आरोपमा शाह बर्खास्तीमा परेका छन्। बुधबार बसेको कम्पनीका सञ्चालक समितिको बैठकमा कार्यसम्पादन कमजोर भएको भनेर सञ्चालकहरुले शाहलाई आरोप लगाएका थिए। बैठकमा सिईओ र सञ्चालकहरुबिच चर्काचर्की समेत भएको थियो। सञ्चालकहरुसँग भनाभन भएपछि शाह बैठक छोडेर बीचैमा उठेर हिँडेका थिए … Continue reading हिमालयन इन्स्योरेन्स कम्पनीका सीईओ बर्खास्त

थप पढ्नुहोस् »

चलचित्र ‘भागदौड’को शुभमुहुर्त

काठमाडौं,१३ असार।  नेपाली चलचित्र ‘भागदौड’को शुभमुहुर्त गरिएको छ। बिहीबार ललितपुरको बुङमतीमा गरिएको मुहूर्तमा चलचित्र युनिट सहभागि थियो। हिमाल उप्रेतीको लेखन तथा निर्देशन यस चलचित्रमा महिला सशक्तीकरणको मुद्दालाई उठान गरिने बताइएको छ। यस चलचित्रमा विशाल पोखरेल, देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर चापागाईँ, शङ्कर महर्जन, घनश्याम जोशी, अनिशा श्रेष्ठ, शारदा राई र सुवास तिमल्सिनाले अभिनय गर्दैछन्‌। चलचित्रलाई … Continue reading चलचित्र ‘भागदौड’को शुभमुहुर्त

थप पढ्नुहोस् »

स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्छः डा. तोसिमा

काठमाडौँ,१३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधी सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी हुन् ।स्वास्थ्यकर्मीहरू माथि आक्रमण भइरहने धाक धम्की हुनुका साथै अमानवीय व्यवहार समेत भइरहने भन्दै स्वास्थ्यकर्मीहरू माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताइन् … Continue reading स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्छः डा. तोसिमा

थप पढ्नुहोस् »

राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत

काठमाडौं,१३ असार। राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन् । विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरेको मन्त्री पुनले बताए।आर्थिक वर्ष २०८१÷०८२ … Continue reading राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत

थप पढ्नुहोस् »

चट्याङ,बाढी र पहिरोबाट १८ जनाको मृत्यु

दाङ,१३ असार। यसवर्षको मनसुन सुरुसंगै देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपद्बाट १८ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । मनसुन देशव्यापी रूपमा सव्रिmय भएसँगै प्राकृतिक विपद्बाट जनधनको क्षति हुन थालेको हो । पहिरोमा परेर ओखलढुङ्गामा १, लमजुङका दुई स्थानमा गएको पहिरोमा परेर ५ र कास्कीका दुई स्थानमा गएको … Continue reading चट्याङ,बाढी र पहिरोबाट १८ जनाको मृत्यु

थप पढ्नुहोस् »

करेन्ट लागेर एकजनाको मृत्यु, दुइजना घाइते

रुकुम पश्चिम,१३ असार। रुकुम पश्चिममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । दुइजना घाइते भएका छन्। बिहिबार बिहान करेन्ट लाग्दा जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ८ घोरखानी निवासी ६७ वर्षीया झुपा देवी रोकाको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए। उनका अनुसार मकै गोड्न बारीमा गएको बेला लत्रिएको … Continue reading करेन्ट लागेर एकजनाको मृत्यु, दुइजना घाइते

थप पढ्नुहोस् »

मन्त्रालयले गर्‍यो तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत

काठमाडौँ, १३ असार तीन वटा नवप्रवर्तन (स्टार्टअप) कम्पनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुरस्कृत गरेको छ । मुलुककको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो । औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट उद्योगक्षेत्रको विकासमा टेवा पुर्‍याउनेझापा बिर्तामोड–२ को हाई हिमालय अर्गानिक प्रालि, ललितपुर महानगरपालिका–२४ को माउन्टेन … Continue reading मन्त्रालयले गर्‍यो तीन स्टार्टअप कम्पनीलाई पुरस्कृत

थप पढ्नुहोस् »

सर्प दंशका बिरामीको लागि निःशुल्क एम्बुलेन्स

दाङ,१३ असार। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सर्प दशंका बिरामीको लागि निःशुल्क एम्बुलेन्स उपलव्ध गराउने भएको छ । सर्प दंशका बिरामीको उपचारमा सहजता ल्याउन वडा कार्यालयले निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । आफ्नो नीति तथा कार्यक्रम पारित गरेको यो वडा कार्यालयले सर्प दंशका बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन जहाँ लगेपनि त्यसको … Continue reading सर्प दंशका बिरामीको लागि निःशुल्क एम्बुलेन्स

थप पढ्नुहोस् »

एसईईको नतिजा सार्वजनिक: ४ जिपिए ल्याउने १४६ जना , ४८% मात्रै पास

दाङ,१३ असार। यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी भएका मध्ये ४७.८६% मात्रै उत्तीर्ण भएका छन्। कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सम्मलित ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये १ सय ८६ जनाले मात्रै ४ … Continue reading एसईईको नतिजा सार्वजनिक: ४ जिपिए ल्याउने १४६ जना , ४८% मात्रै पास

थप पढ्नुहोस् »

तुलसीपुरमा निजी वन दर्ताको सुरुवात

दाङ,१२ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी वन दर्ताको सुरुवात गरेको छ । हरियाली प्रवद्र्धन र वनक्षेत्रको संरक्षण गर्ने उदेश्यले पालिका निजी वनलाई समेत दर्ता प्रकृयामा ल्याएको हो । वन ऐन, २०७६ र वन नियमावली २०७९ को अधीनमा रही स्थानीय स्तरमै निजी वन दर्ताको आरभ्म गरिएको प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगीले जानकारी दिए । विजौरी … Continue reading तुलसीपुरमा निजी वन दर्ताको सुरुवात

थप पढ्नुहोस् »