समाचार

यस वर्षको मनसुन बाहिरियो

काठमाण्डाै । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ ।  अक्टोबर २ अर्थात् गएको असाेज १६ गते मनसुन बाहिरिने अनुमान गरिएकोमा ९ दिन ढिला गरी मनसुन बाहिरिएको विभागले जनाएको छ ।  यस वर्ष गएको जेठ २८ गते मनसुन नेपाल भित्रिएको थियो । देशका … Continue reading यस वर्षको मनसुन बाहिरियो

थप पढ्नुहोस् »

सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण … Continue reading सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

थप पढ्नुहोस् »

नेपाल-भारत फुटबल खेलमा इन्टरनेट ट्राफिकमा बन्यो नयाँ रेकर्ड

काठमाडौं । नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड राखेको छ । आइतबार राति भारतसँग नेपालले साफ च्याम्पियनसिपमा खेलिरहँदा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ । एक्सचेन्जका युरोकप-२०२०को दौरानमा इन्टरनेट ट्राफिक (एनपीआईएक्स)ले राखेको रेकर्डलाई नेपाल र भारतबीचको खेलले तोडेको हो । असार १५ गते युरो कपअन्तर्गत राउन्ड १६ का फ्रान्स … Continue reading नेपाल-भारत फुटबल खेलमा इन्टरनेट ट्राफिकमा बन्यो नयाँ रेकर्ड

थप पढ्नुहोस् »

दाङमा २ लाख रकम सहित १३ जुवाडे पक्राउ

दाङ । दाङ प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २ लाख बढी नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खलीरहेको अवस्थामा २ लाख ७ हजार तीन सय नगदसहित १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । पक्राउ पर्नेमा घोराही … Continue reading दाङमा २ लाख रकम सहित १३ जुवाडे पक्राउ

थप पढ्नुहोस् »

दाङमा झण्डै ५० किलो सुकुटी सहित दुई जना पक्राउ

दाङ। दाङमा जंगली जनावरको झण्डै ५० किलो सुकुटी सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी २८ वर्षीय बलबहादुर कुमाल र मीनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । गएराति एक बजे राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प … Continue reading दाङमा झण्डै ५० किलो सुकुटी सहित दुई जना पक्राउ

थप पढ्नुहोस् »

डा.नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

काठमाण्डाै । साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण गर्नुभएको हो । देशको राजनीति र इतिहासमा पछि परेका सीमान्तकृत वर्गसमुदायका पीडा र भोगाइका विषयवस्तु समेटिएको महाकाव्यमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, सेन राजा, मकवानपुर र जेठी … Continue reading डा.नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

थप पढ्नुहोस् »

ब्राजिलका राष्ट्रपतिको विरोधमा प्रदर्शनकारी सडकमा

ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् । ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका बीबीसीले जनाएको छ । राष्ट्रपति बोल्सोनारोको लापर्बाहीकै कारण ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ । राष्ट्रपतिका कारण देशमा भ्रष्टाचार, गरिबी, भोकमरीको समस्या बढेको भन्दै लोकतन्त्रकाे रक्षाका … Continue reading ब्राजिलका राष्ट्रपतिको विरोधमा प्रदर्शनकारी सडकमा

थप पढ्नुहोस् »

फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यास

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट सन्यासको घोषणा गर्नुभएको छ । उहाँले आउँदो वर्ष हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकाल भन्दा बढी बस्न पाइँदैन । संविधानले राष्ट्रपति पदमै दोहोरिन नदिने भएपछि दुतेर्तेले यसअघि आउँदो वर्षको चुनावमा आफू उपराष्ट्रपति पदमा उमेदवार बन्ने बताउनुभयो थियो । तर अहिले … Continue reading फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यास

थप पढ्नुहोस् »

दाङका १ सहित ४ युट्युबर काठमाण्डौबाट पक्राउ

काठमाण्डाै । महिलाको चरित्र हत्या गर्ने खालका भिडियो युट्युब च्यानलमार्फत प्रसारण गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुरका प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिकाका शिशिर अधिकारी, सराईचुली मिडियाका सञ्चालक मोरङकाे बेलबारीकी पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखाको मेलुङ गाउँपालिका घर भएका रोधन तामाङ रहेका छन् … Continue reading दाङका १ सहित ४ युट्युबर काठमाण्डौबाट पक्राउ

थप पढ्नुहोस् »

शिवालिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

दाङ । तुलसीपुर स्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा बुधवार तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनुप कुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा सहकारी संयोजक टोप वहादुर केसीको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष देव वहादुर केसीले स्वागत गर्नु भएको थियो । साधारणसभामा … Continue reading शिवालिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

थप पढ्नुहोस् »