समाचार

कोरोना निको हुनेको संख्या २ लाख ४२ हजार नाघ्यो, देशभर थप ७ सय १० जनामा कोरोना पुष्टि

दाङ। पछिल्लो २४ घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा ११७५ जना निको भएर फर्किएका छन्। … Continue reading कोरोना निको हुनेको संख्या २ लाख ४२ हजार नाघ्यो, देशभर थप ७ सय १० जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

पारस खड्का टी-१० लिगमा अनुबन्ध

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईकाे आबुधाबीमा हुने टी–१० लिगमा फेरि अनुबन्ध भएका छन् । इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम आबुधाबीबाट टी–१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरिएको हो । यो सिजनमा खड्काले युवा खेलाडीको मेन्टरको काम गर्ने छन् । योसँगै खड्का … Continue reading पारस खड्का टी-१० लिगमा अनुबन्ध

थप पढ्नुहोस् »

भेटिएनन् साढे २३ किलो सुनका मालिक

काठमाडौं । वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक प्रहरीले भेटाउन सकेन । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ । विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ । बिक्रीबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । जिल्ला प्रहरी कार्यालय, पर्सा र … Continue reading भेटिएनन् साढे २३ किलो सुनका मालिक

थप पढ्नुहोस् »

टिकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

डोटी । पाँच वर्षअघि नौ जनाको ज्यान जाने गरी कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । उच्च अदालतले थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको हो … Continue reading टिकापुर घटना : उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

थप पढ्नुहोस् »

गाडीमा जोर-बिजोर प्रणाली हट्यो

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । अन्य क्षेत्र खुले पनि यातायात क्षेत्र पूर्ण रुपमा नखुलाइएको भन्दै यातायात व्यवसायीले जोर-बिजोर प्रणाली नमान्ने बताएपछि आजदेखि यो प्रणाली हटाइएको हो । व्यवसायीको चौतर्फी दबाबपछि हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो । जोर-बिजोर … Continue reading गाडीमा जोर-बिजोर प्रणाली हट्यो

थप पढ्नुहोस् »

फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । ४२ वर्षीय  राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।  उहाँले घरबाट नै काम गरिहरनुभएकाे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा … Continue reading फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण

थप पढ्नुहोस् »

नेपाली क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा वाटमाेर नियुक्त

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ । खुला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ । वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । नेपाल गएको फेब्रुअरीदेखि मुख्य प्रशिक्षकविहीन बनेको थियो । वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, … Continue reading नेपाली क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा वाटमाेर नियुक्त

थप पढ्नुहोस् »

तुलसीपुरका मालपोत प्रमुख सहित ४ जना विरुद्ध मुद्दा 

दाङ।मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत खड्का, मुद्दा फाँटका नासु केशवराज अधिकारी, मोठफाँटका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको  हो । उनीहरुमाथि सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको … Continue reading तुलसीपुरका मालपोत प्रमुख सहित ४ जना विरुद्ध मुद्दा 

थप पढ्नुहोस् »

तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा बाबु छोरा घाईते

दाङ। तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा २ जना घाईते भएका छन् । वीरेन्द्र चोक देखि स्याउली बजार तर्फ जाँदै गरेको ना ३ प २६२२ नम्बरको स्कुटी बिहीबार दिउसो २ बजे मदन–आश्रीत चोकमा पल्टिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिए । घाइते हुनेमा तुलसीपुर–६ स्याउली बजार निबासी स्कुटी चालक ३३ बर्षका … Continue reading तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा बाबु छोरा घाईते

थप पढ्नुहोस् »

सरकारविरुद्ध राप्रपाले पनि आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । सनातन हिन्दु राष्ट्र … Continue reading सरकारविरुद्ध राप्रपाले पनि आन्दोलन गर्ने

थप पढ्नुहोस् »