समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

दाङ। पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ … Continue reading नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

थप पढ्नुहोस् »

तुलसीपुर अटोभिलेजको अध्यक्षमा पदम पोख्रेल चयन

दाङ। तुलसीपुर अटोभिलेज व्यवस्थापन समितिको अध्यक्षमा पदम पोख्रेल चयन भयका छन । जसको वरिष्ठ उपाध्यक्षमा कमल गौतम, उपाध्यक्षमा ठाकुर विक, सचिवमा विनोद चौधरी, कोषाध्यक्षमा चिरञ्जीवी रेग्मीलाई चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा नरेन्द्र प्रसाद चौधरी, हरि भुसाल र धनबहादुर बोहरा चयन भएका छन् । निवर्तमान अध्यक्ष टोपबहादुर महताराको अध्यक्षतामा बसेको बैठकले व्यवसायीक हकहितका लागि तथा … Continue reading तुलसीपुर अटोभिलेजको अध्यक्षमा पदम पोख्रेल चयन

थप पढ्नुहोस् »

पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार हाल भक्तजनहरुलाई पश्चिमतर्फको सानो ढोकाबाट प्रवेश गराउने र पश्चिमतर्फकै ठूलो ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ । भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको छ । ढोकाबाट प्रवेश गर्नुअघि … Continue reading पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला

थप पढ्नुहोस् »

संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग

काठमाण्डाै । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश तत्काल खारेर गर्न माग गर्नुभएको छ । बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी भएपछि उहाँले यो अध्यादेश तत्काल खारेज हुनुपर्ने माग गर्नुभएको हो । मङ्गलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद … Continue reading संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग

थप पढ्नुहोस् »

बालुवाटारमा मन्त्रिपरिषद्कको आकस्मिक बैठक चल्दै

काठमाडौ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक  मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक केहीबेर अघि सुरु भएको जानकारी दिए। आज बिहान संवैधानिक परिषद्‍ बैठक डाकेको भएपनि कोरम नपुगेपछि स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। संवैधानिक परिषद्‍ बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका हुन्। … Continue reading बालुवाटारमा मन्त्रिपरिषद्कको आकस्मिक बैठक चल्दै

थप पढ्नुहोस् »

दाङमा ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको ज्यान गयो

दाङ। दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा३प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु१ख ७००६ नम्बरको ट्रकको पछाडी सोमबार राती ठोक्किदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ बर्षिय अनिल चौधरीको ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुबाङ्गले … Continue reading दाङमा ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको ज्यान गयो

थप पढ्नुहोस् »

पुस १० देखि हल खोल्ने व्यवसायीको घोषणा

काठमाडौं । नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारी रोकथामका लागि २०७६ चैतमा सरकारले बन्द गरेको फिल्म हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय भएको छैन । तर हल व्‍यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गरी पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् । … Continue reading पुस १० देखि हल खोल्ने व्यवसायीको घोषणा

थप पढ्नुहोस् »

प्रधानमन्त्री राजावादीसँग मिलेको देउवाको आशंका

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे । सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा … Continue reading प्रधानमन्त्री राजावादीसँग मिलेको देउवाको आशंका

थप पढ्नुहोस् »

तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट २ घाइते

दाङ। दाङको तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिदा २ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर १७ झिङ्गैका वर्ष ११ को प्रदिप विक रहेको प्रहरीले बताएको छ । यस्तै विजौरीबाट भोजपुरतर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिदा एक बालिका … Continue reading तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट २ घाइते

थप पढ्नुहोस् »

सुर्खेतमा एकै विद्यालयका ११ सहित १७ जना शिक्षक संक्रमित

सुर्खेत । सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । विद्याज्योती माद्यामिक … Continue reading सुर्खेतमा एकै विद्यालयका ११ सहित १७ जना शिक्षक संक्रमित

थप पढ्नुहोस् »