समाचार

कोरोनाबाट वडाध्यक्षको ज्यान गयो

चितवन । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट  मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए । उनका अनुसार  ६९ वर्षीय  तामाङलाई उच्च ज्वरो, खोकी … Continue reading कोरोनाबाट वडाध्यक्षको ज्यान गयो

थप पढ्नुहोस् »

सरकार र डा. केसीबीच ८ बुँदे सहमति, आज अनसन तोडिने

काठमाडौ। सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा.केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा. केसीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार डा. केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् … Continue reading सरकार र डा. केसीबीच ८ बुँदे सहमति, आज अनसन तोडिने

थप पढ्नुहोस् »

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क … Continue reading पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

थप पढ्नुहोस् »

दाङमा आज २६ जनामा कोरोना पुष्टि

दाङ। दाङमा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा जिल्लाका विभिन्न ठाउँका गरी २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताउनुभयो । कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका १५ जना, तुलसीपुर उपमहानगरपालिकाका ७ जना र लमही नगरपालिकामा, बंगलाचुली, बबई, गढवा गाउँपालिकाका … Continue reading दाङमा आज २६ जनामा कोरोना पुष्टि

थप पढ्नुहोस् »

शिवालिकको अध्यक्षमा श्रेष्ठ चयन

शरद रेग्मी , दाङ । तुलसीपुरमा संचालित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न १४औं साधारणसभाले अनुप कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नया संचालक समिति चयन गरेको छ । साधारणसभाले उपाध्यक्षमा देव वहादुर केसी, सचिवमा तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षमा खुम बहादुर न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी साधारणसभाले शोभा गौतम, वेणु … Continue reading शिवालिकको अध्यक्षमा श्रेष्ठ चयन

थप पढ्नुहोस् »

दाङको कोरोना अस्पताल बेलझुण्डीमा १ महिलाको ज्यान गयो

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा पहिलो पटक कोरोना संक्रमितको ज्यान गयको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निबासी ६६ बर्षकी कोरोना संक्रिमत महिलाको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । रुपन्देहीको प्रादेशिक र धागो अस्पतलामा आईसीयु बेड नभएपछि उनलाई थप उपचारका लागि गएराति साढे १० बजे बेलझुण्डी ल्याइएको … Continue reading दाङको कोरोना अस्पताल बेलझुण्डीमा १ महिलाको ज्यान गयो

थप पढ्नुहोस् »

सल्यानको खैराबाङ मन्दिर बडादशैँमा पनि नखुल्ने

सल्यान। कोरोना भाईरसका कारण सल्यानको धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित खैराबाङ भगवतीको मन्दिर यस बर्षको बडादशैँमा नखुल्ने भएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेदेखि बन्द भएको खैराबाङ भगवती मन्दिर यस बर्षको बडादशैँमा पनि नखुल्ने भएको हो । शारदा नगरपालिका–११ मा अबस्थित खैराबाङ भगवती मन्दिरसँगै जिल्लाभरका सम्पूर्ण शक्तिपीठहरु बन्द रहने जिल्ला प्रशासन … Continue reading सल्यानको खैराबाङ मन्दिर बडादशैँमा पनि नखुल्ने

थप पढ्नुहोस् »

दाङ र बाँकेका २ संक्रमितको ज्यान गयो

दाङ। थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गएराती बाँकेमा अस्पतालमा उपचाररत दुईजना मृत्यु भएको हो । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ का १५ बर्षका एक किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार … Continue reading दाङ र बाँकेका २ संक्रमितको ज्यान गयो

थप पढ्नुहोस् »

तुलसीपुरका विभिन्न स्थानमा विद्युत सेवा अबरुद्ध हुने

दाङ । तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा आज सनिवार ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार तुलसीपुर वडा नम्वर ५, ६, ७, १४, १५ १६ र १७ का विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । तुलसीपुर वितरण केन्द्र अन्र्तगतका एयरपोट तथा मानपुर र … Continue reading तुलसीपुरका विभिन्न स्थानमा विद्युत सेवा अबरुद्ध हुने

थप पढ्नुहोस् »

सन्दीप आवद्ध दिल्लीको सानदार जित

दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएलमा) सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले पाँचौं जित हात पारेको छ । राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो । जितका लागि १८५ रनको लक्ष्य पाएको … Continue reading सन्दीप आवद्ध दिल्लीको सानदार जित

थप पढ्नुहोस् »