समाचार

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व,१३ वैशाख। शनिबार साँझ परेको भारी वर्षापछि आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।वर्षासँगै लेदोसहितका पहिरो झर्दा जिल्लाका दर्जनौँ स्थानमा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सहायक मार्गहरू पनि पहिरोका कारण प्रभावित भएका छन्। प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीता लगायत स्थानमा पहिरो खसेको … Continue reading पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

विद्यार्थी राजनीति प्रतिबन्धको विरोधमा अनेरास्ववियुको कालो फेटा

काठमाडौ,१३ वैशाख । अनेरास्ववियुका नेताहरुले विद्यार्थी राजनीतिको प्रतिबन्धको विरोध जनाएका छन् । आइतबार बसेको सचिवालय बैठकमा नेताहरूले ‘मलाई बोल्न दे सरकार’ लेखिएको कालो फेटा बाँधेर विरोध जनाएका हुन् । नेकपा एमाले निकट विद्यार्थी संगठनले बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यार्थी राजनीति प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै विरोध गरेको अध्यक्ष दीपक धामीले बताएका छन्। सरकारले विश्वविद्यालयभित्र रहेका … Continue reading विद्यार्थी राजनीति प्रतिबन्धको विरोधमा अनेरास्ववियुको कालो फेटा

थप पढ्नुहोस् »

चट्याङ लागेर एक वृद्धको मृत्यु

रोल्पा,१३ वैशाख । रोल्पामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। शनिबार राति परेको चट्याङका कारण परिवर्तन गाउँपालिका–४ तातापानीस्थित तुसारवोट बस्तीका ७७ वर्षीय लालु वलीको भएको हो। प्रहरीका अनुसार राति करिब साढे ८ बजे वलीको घरदेखि करिब ५ मिटर पश्चिमतर्फ रहेको रुखमा चट्याङ परेको थियो। सोही चट्याङको असर घरसम्म पुग्दा घरभित्रै रहेका वलीलाई लागेर घटनास्थलमै … Continue reading चट्याङ लागेर एक वृद्धको मृत्यु

थप पढ्नुहोस् »

बुवाको हत्याको आरोपमा छोरा पक्राउ

दाङ,१२वैशाख । प्रहरीले बुवाको हत्याको आरोपमा उनका छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ५८ वर्षीय जङ्गबहादुर थारूको हत्या आरोपमा रुपन्देहीबाट उनका आफ्नै छोरा पक्राउ परेका हुन् । शुक्रबार कञ्चन गाउँपालिका–४ बेलडाँडाका २४ वर्षीय सुनिल थारूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्गबहादुरको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु … Continue reading बुवाको हत्याको आरोपमा छोरा पक्राउ

थप पढ्नुहोस् »

इरानी जहाज अमेरिकी युद्धपोतको नियन्त्रणमा

काठमाडौ,१२ वैशाख । अमेरिकी सेन्ट्रल कमाण्डले आफ्नो एक युद्धपोतले इरानी झण्डा बोकेको जहाजलाई इरानी बन्दरगाहतर्फ जानबाट रोकेको जनाएको छ। कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै यूएसएस राफेल पेराल्टा नामक गाइडेड मिसाइल डेस्ट्रोयरले शुक्रबार उक्त जहाज रोकेको उल्लेख गरेको छ। जहाज इरानतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको जनाइएको छ। यसअघि पनि अमेरिकी पक्षले नौसैनिक नाकाबन्दी सुरु भएदेखि … Continue reading इरानी जहाज अमेरिकी युद्धपोतको नियन्त्रणमा

थप पढ्नुहोस् »

कूटनीतिक आचारसंहितालाई समान रूपमा लागू गरिनेः मन्त्री खनाल

काठमाडौ ,१२ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचारसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्धलाई व्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पदमा रहेका सबै व्यक्तिलाई कूटनीतिक आचरण समान रूपमा लागू गरिने बताए। “प्रधानमन्त्री, मन्त्रीलगायत सबैका लागि कूटनीतिक आचरण अनिवार्य बनाउन तालिमको व्यवस्था गरेका छौँ,” … Continue reading कूटनीतिक आचारसंहितालाई समान रूपमा लागू गरिनेः मन्त्री खनाल

थप पढ्नुहोस् »

तुलसीपुरमा नर्सरी व्यवस्थापन तालिम सुरु

दाङ,१२ वैशाख । तुलसीपुरमा युवा उद्यमशीलता अभियानअन्तर्गत नर्सरी व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ। तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग र राप्ती परोपकार सङ्घ तुलसीपुरको आयोजनामा वडा नम्बर ९ मा शुक्रबारदेखि तालिम सञ्चालनमा आएको हो। तालिमको उद्घाटन गर्दै तुलसीपुर उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले तालिमबाट सिकेका सीप व्यवहारमा उतार्नु नै सफलता भएको बताए। उनले … Continue reading तुलसीपुरमा नर्सरी व्यवस्थापन तालिम सुरु

थप पढ्नुहोस् »

युक्रेन र रूसबीच १९३ युद्धबन्दी साटासाट

काठमाडौ,१२ वैशाख। लामो समयदेखि युद्धमा रहेका युक्रेन र रूसबीच शुक्रबार ठूलो संख्यामा युद्धबन्दीहरूको आदानप्रदान गरिएको छ। दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेका १९३–१९३ जना सैनिक तथा सुरक्षाकर्मीलाई रिहा गरेका छन्। यस मानवीय पहलमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्सले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिक स्वदेश फर्किएकोमा खुसी … Continue reading युक्रेन र रूसबीच १९३ युद्धबन्दी साटासाट

थप पढ्नुहोस् »

लमही बसपार्कका अस्थायी टहरा हटाइने

दाङ,११ वैशाख । लमही बसपार्क क्षेत्रभित्र रहेका अस्थायी टहरा हटाइने भएको छ । लमही नगर विकास समितिले लमही बसपार्क क्षेत्रमा निर्माण गरिएका अस्थायी टहराहरू हटाउने निर्णय गरेको हो । समितिले २०८२ चैत ८ गते ३५ दिने सूचना जारी गर्दै व्यवसायीहरूलाई टहरा खाली गर्न आग्रह गरेको थियो। उक्त सूचनाको म्याद वैशाख १२ गतेसम्म रहेको र वैशाख … Continue reading लमही बसपार्कका अस्थायी टहरा हटाइने

थप पढ्नुहोस् »

नवप्रवर्तनमा आधारित योजना बनाउन मुख्यमन्त्री आचार्यको जोड

दाङ,११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन्। साथै संघीयतालाई अझ सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएक छन् । राप्ती उपत्यका (देउखुरी)मा शुक्रबार आयोजित प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै उनले स्थानीय तहसँग समन्वय बढाएर जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए। मुख्यमन्त्री आचार्यले कर्मचारीको क्षमता … Continue reading नवप्रवर्तनमा आधारित योजना बनाउन मुख्यमन्त्री आचार्यको जोड

थप पढ्नुहोस् »