समाचार

धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ

काठमाडौ,१० वैशाख । धितोपत्रसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेको छ। सीआईबीले उनलाई काठमाडौंको नक्सालबाट नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छामाथि अनुसन्धान अघि बढाइएको हो। सीआईबीका अनुसार गोल्छासमेतको मिलेमतोमा ‘धितोपत्र सम्बन्धी … Continue reading धितोपत्र कसुरमा शेखर गोल्छा पक्राउ

थप पढ्नुहोस् »

इजरायलले २० करोड डलरको हवाई हतियार खरिद गर्दै

काठमाडौ,१० वैशाख । इरानविरुद्धका सैन्य अभियान जारी रहेकै बेला इजरायलले उन्नत हवाई युद्धसामग्री खरिद प्रक्रिया अघि बढाएको छ। इजरायलको रक्षा मन्त्रालयले रक्षा कम्पनी एलबिट सिस्टम्सलाई करिब २० करोड अमेरिकी डलर बराबरको ठेक्का दिएको हो। उक्त सम्झौताअनुसार कम्पनीले आकाशबाट प्रहार गर्न सकिने उन्नत हतियार प्रणाली आपूर्ति गर्नेछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार एलबिट सिस्टम्सले विज्ञप्ति जारी … Continue reading इजरायलले २० करोड डलरको हवाई हतियार खरिद गर्दै

थप पढ्नुहोस् »

कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया सुरु

काठमाडौ,१० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया सुरु भएको छ। पार्टीका तर्फबाट दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ। सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा बनेको समितिले निर्वाचन प्रक्रिया अघि बढाएको हो। समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिकाअनुसार ११ गतेभित्र दलको नेता चयन प्रक्रिया टुंग्याइने जनाएको थियो। सोहीअनुसार मतदाता … Continue reading कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया सुरु

थप पढ्नुहोस् »

फोटो टाँसेर मात्रै सच्चा कम्युनिस्ट हुँदैनन्: आचार्य

दाङ,१०वैशाख। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लेनिनको फोटो टाँसेर मात्रै साम्राज्यवादी स्वार्थमा काम गर्नेहरू सच्चा कम्युनिस्ट हुन नसक्ने बताएका छन्। राष्ट्रिय जनमोर्चा दाङले आयोजना गरेको लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस कार्यक्रममा बोल्दै उनले नागरिकको भावना हेरेर ‘हसिया हतौडा’लाई ट्रेडमार्कका रूपमा प्रयोग गर्नेहरू पनि वास्तविक कम्युनिस्ट हुन नसक्ने … Continue reading फोटो टाँसेर मात्रै सच्चा कम्युनिस्ट हुँदैनन्: आचार्य

थप पढ्नुहोस् »

सुन तोलामा १८ सयले घट्यो

दाङ,१० वैशाख । बिहिबार सुनको भाउ घटेको छ। सुन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो भने प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ११० रुपैयाँले … Continue reading सुन तोलामा १८ सयले घट्यो

थप पढ्नुहोस् »

स्वास्थ्यमन्त्री मेहताको सल्लाहकारमा डा. प्रधान

काठमाडौ,१० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा।डा। मनोहर प्रधान नियुक्त हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले डा. प्रधानलाई सल्लाहकारका रूपमा पठाउने निर्णय गरेसँगै सरकारले उनलाई उक्त जिम्मेवारी दिने तयारी गरेको हो। डा.प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्ति पत्र दिने तयारी गरिएको छ। चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि … Continue reading स्वास्थ्यमन्त्री मेहताको सल्लाहकारमा डा. प्रधान

थप पढ्नुहोस् »

शेखर गोल्छालाई पक्राउ गर्न भैरहवा पुग्यो प्रहरी

काठमाडौ,१० वैशाख। हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छालाई पक्राउ गर्न नेपाल प्रहरीको टोली भैरहवा पुगेको छ। प्रहरी स्रोतका अनुसार आर्थिक अनियमितता र कम्पनीसम्बन्धी निर्णय प्रक्रियामा भएको कथित त्रुटिका विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिन लागिएको हो। सम्भवतः आजै पक्राउ गर्ने तयारी रहेको जनाइएको छ। स्रोतका अनुसार कम्पनीको वित्तीय कारोबार, पारदर्शिता तथा नियामक निकायका नियम उल्लंघनसम्बन्धी विषयमा … Continue reading शेखर गोल्छालाई पक्राउ गर्न भैरहवा पुग्यो प्रहरी

थप पढ्नुहोस् »

श्रीनगरमा आधुनिक बसपार्क सञ्चालन

सल्यान,१०वैशाख। सल्यानको श्रीनगरमा आधुनिक बसपार्क सञ्चालनमा आएको छ । जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा निर्माण गरिएको उक्त बसपार्कको उद्घाटन नगरप्रमुख प्रकाश भण्डारीले गरेका हुन्। बसपार्क सञ्चालनमा आएपछि साना–ठूला तथा छोटो र लामो दूरीका सवारीसाधन अब बसपार्कभित्रबाटै सञ्चालन हुन थालेका छन्। यसअघि बजार क्षेत्रका सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायलाई पनि बसपार्कभित्र … Continue reading श्रीनगरमा आधुनिक बसपार्क सञ्चालन

थप पढ्नुहोस् »

सम्पत्ति छानबिन आयोगको काम सुरुः एक वर्षभित्र प्रतिवेदन दिने

काठमाडौ,१० वैशाख । सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा काम सुरु गरेको छ। गत वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। पदाधिकारीहरूले शपथग्रहणसँगै काम थालेका हुन्। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ। आयोगलाई एक वर्षको समयावधि दिइएको छ। अध्यक्ष भण्डारीले कायममुकायम प्रधानन्यायाधीश … Continue reading सम्पत्ति छानबिन आयोगको काम सुरुः एक वर्षभित्र प्रतिवेदन दिने

थप पढ्नुहोस् »

पक्राउ परेका विद्यार्थी नेताको रिहा गर्न कांग्रेसको माग

काठमाडौ,९वैशाख। गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न नेपाली कांग्रेसले माग गरेको छ।कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेपाल विद्यार्थी संघका नेताहरूलाई बिना शर्त रिहा गर्न र नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका हुन्। गुरुङको राजीनामा माग गर्दै गरिएको प्रदर्शनका … Continue reading पक्राउ परेका विद्यार्थी नेताको रिहा गर्न कांग्रेसको माग

थप पढ्नुहोस् »