समाचार

गृहमन्त्री गुरुङले दिए राजीनामा

दाङ,९ वैशाख। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन्। बिचौलियासँग साँठगाँठ गरेको आरोप लागेपछि गुरुङले पद त्यागेका हुन्। गुरुङ १३ चैतमा प्रधानमन्त्री शाह नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका थिए। उनीमाथि बिचौलियासँग मिलेमतो गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो। उक्त आरोपपछि सत्तारूढ दल रास्वपाका नेतासहित विपक्षी … Continue reading गृहमन्त्री गुरुङले दिए राजीनामा

थप पढ्नुहोस् »

आगलागीमा परी एक वृद्धको मृत्यु

दाङ,९वैशाख । सल्यानमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ। बागचौर नगरपालिका–४ नमुना बस्तीमा विद्युत् सर्ट भई लागेको आगलागीमा ७० वर्षीय मोतिराम वलीको जलेर मृत्यु भएको हो। प्राप्त जानकारी अनुसार वली बाख्राको खोरमा सुतिरहेका बेला अचानक आगलागी भएको थियो। स्थानीयका अनुसार उनी नजिकै आफन्तको बिहेमा सहभागी हुन पुगेका थिए र गर्मीका कारण टहरामा सुतिरहेका थिए। … Continue reading आगलागीमा परी एक वृद्धको मृत्यु

थप पढ्नुहोस् »

सांसदलाई कुटनीतिक राहदानी दिन कानुन संशोधनको तयारी

काठमाडौ,९ वैशाख । प्रतिनिधिसभा सदस्यलाई कुटनीतिक राहदानी उपलब्ध गराउन विद्यमान कानुन परिमार्जन गर्ने तयारी गरिएको छ। बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले विभिन्न दलका प्रमुख सचेतकहरूसँग सो विषयमा छलफल गरेका हुन्। छलफलमा हालको कानुनी व्यवस्थाअनुसार सांसदलाई कुटनीतिक राहदानी दिने विषय जटिल देखिएको भन्दै सहजीकरणका उपायबारे विचार विमर्श गरिएको थियो। राप्रपा प्रमुख सचेतक खश्बु ओलीका अनुसार ऐन … Continue reading सांसदलाई कुटनीतिक राहदानी दिन कानुन संशोधनको तयारी

थप पढ्नुहोस् »

विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिन निर्देशन

दाङ,९ वैशाख। यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिन निर्देशन दिएको छ। पछिल्लो समय भाडा वृद्धि भए पनि विद्यार्थीहरूले तोकिएको छुट नपाएको गुनासो बढेपछि विभागले यातायात व्यवसायीलाई उक्त छुटलाई निरन्तरता दिन निर्देशन दिएको हो। विभागका अनुसार हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले ४५ प्रतिशत छुट नपाएको गुनासो दर्ता भएपछि ध्यानाकर्षण भएको … Continue reading विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिन निर्देशन

थप पढ्नुहोस् »

गर्भवती मृत्यु प्रकरणः चिकित्सकसहित ५ जना नियन्त्रणमा

दाङ,९ वैशाख। गर्भपतनका क्रममा पाल्पाको बगनासकाली–२ की २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा बुटवलका दुई चिकित्सकसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री, इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा.सतिष रुपाखेती, सोही क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर … Continue reading गर्भवती मृत्यु प्रकरणः चिकित्सकसहित ५ जना नियन्त्रणमा

थप पढ्नुहोस् »

घट्यो सुनको भाउ

दाङ,९ वैशाख। बुधबार सुनको भाउ घटेको छ। सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ। हिजो भने प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार … Continue reading घट्यो सुनको भाउ

थप पढ्नुहोस् »

ठूला घरजग्गा कारोबारमा अब एजेन्सी अनिवार्य

काठमाडौ,९ वैशाख । महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार अब इजाजत प्राप्त एजेन्सी वा कम्पनीमार्फत मात्र गर्नुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार यो व्यवस्था वैशाख ८ गतेदेखि लागू हुने भएको हो। यसअनुसार ठूला मूल्यका घरजग्गा खरिद–बिक्री अब व्यक्तिगत रूपमा गर्न नपाइने भएको छ। भूमि सुधार तथा मालपोत कार्यालय … Continue reading ठूला घरजग्गा कारोबारमा अब एजेन्सी अनिवार्य

थप पढ्नुहोस् »

गर्भपतन गराउँदा गर्भवती महिलाको मृत्युः तीनजना पक्राउ

दाङ,८ वैशाख। क्लिनिकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएपछि तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा क्लिनिकको लापरबाहीको कारण मृत्यु भएको भन्दै जाहेरी परेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो । बगनासकाली गाउँपालिका–२ की ३१ वर्षीया गीता पाण्डेको गर्भपतन गराउने क्रममा स्वास्थ्य बिग्रिएपछि मृत्यु भएको हो। उनी करिब १२ हप्ताकी गर्भवती थिइन्। … Continue reading गर्भपतन गराउँदा गर्भवती महिलाको मृत्युः तीनजना पक्राउ

थप पढ्नुहोस् »

सांसद राईले मागे गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौ,८ वैशाख। श्रम संस्कृत पार्टीका अध्यक्ष एवंम् सांसद हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले विवादमा मुछिएका गृहमन्त्रीले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताए। गृहमन्त्रीबारे पटकपटक नयाँ विवाद आउने गरेको भन्दै उनले मार्ग प्रशस्त गर्न सुझाव दिए। राईले गृहमन्त्रीबारे निरन्तर प्रश्न उठ्नु राम्रो संकेत नभएको पनि उल्लेख गरे। … Continue reading सांसद राईले मागे गृहमन्त्री गुरुङको राजीनामा

थप पढ्नुहोस् »

आगलागीबाट घाइते महिलाको मृत्यु

जाजरकोट,८ वैशाख। आगलागीबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जाजरको जिल्लाको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा परेर घाइते भएकी उनको मृत्यु भएको हो। गत चैत २९ गते ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए। घाइतेमध्ये ४२ वर्षीया माया जैसीको कीर्तिपुर जलन अस्पतालमा उपचारका … Continue reading आगलागीबाट घाइते महिलाको मृत्यु

थप पढ्नुहोस् »