समाचार

लुम्बिनीको बजेट भोलि: ३८ अर्बको बजेट ल्याउने तयारी

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट भोलि (असार १ गते) प्रस्तुत गर्ने तयारी गरेको छ। प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत हुने बैठकमा बेलुका ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रदेश सरकारले सीमित स्रोतसाधन र बढ्दो दायित्वलाई ध्यानमा … Continue reading लुम्बिनीको बजेट भोलि: ३८ अर्बको बजेट ल्याउने तयारी

थप पढ्नुहोस् »

घाँस काट्ने क्रममा लडेर २१ वर्षीय युवतीको मृत्यु

प्युठान,३१ जेठ । प्यूठानमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ। नौबहिनी गाउँपालिका–५ गावै माझटोलकी २१ वर्षीया दुर्गा गिरीको आइतबार बिहान अँधेरीखोला नजिकै भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब ८ बजे घाँस काट्दै गर्दा उनी लडेकी थिइन्। घटनाबारे स्थानीयले करिब १० बजे सूचना दिएपछि प्रहरी टोली घटनास्थल … Continue reading घाँस काट्ने क्रममा लडेर २१ वर्षीय युवतीको मृत्यु

थप पढ्नुहोस् »

लुम्बिनीका चार जिल्लामा भोलि सार्वजनिक बिदा

दाङ,३१ जेठ । लुम्बिनी प्रदेश सरकारले भूम्या पर्वको अवसरमा चार जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार असार १ गते रोल्पा, दाङ, प्यूठान र रुकुम (पूर्वी भाग) मा बिदा दिइएको हो। मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ उपसचिव सुरेन्द्र चन्द्र आचार्यले विशेषगरी सम्बन्धित समुदायको पर्वलाई लक्षित गरी बिदा दिइएको जानकारी … Continue reading लुम्बिनीका चार जिल्लामा भोलि सार्वजनिक बिदा

थप पढ्नुहोस् »

बसको ठक्करबाट सल्यानमा एक महिलाको मृत्यु

सल्यान,३१ जेठ । सल्यानमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरस्थित राप्ती राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको हो। आइतबार दिउँसो करिब १२ बजे दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले छत्रेश्वरी गाउँपालिका–७ की ४६ वर्षीया उमा रेउलेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी … Continue reading बसको ठक्करबाट सल्यानमा एक महिलाको मृत्यु

थप पढ्नुहोस् »

वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए

कैलाली,३१ जेठ ।कैलालीमा वन क्षेत्र अतिक्रमण हटाउने अभ क्रममा वनका कर्मचारीले एक टेम्पो भीरबाट खसालेको घटना सार्वजनिक भएको छ। गोदावरी नगरपालिका–४ बासपानी क्षेत्रमा सडक किनारामा सञ्चालनमा रहेको धनादेवी धामीको टेम्पो हटाउने क्रममा उक्त घटना भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा कर्मचारीले टेम्पो धकेलेर भीरतर्फ खसालेको देखिन्छ। पीडित धनादेवीका अनुसार उनले टेम्पोमा राखिएको सामान निकालेर घर … Continue reading वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालिदिए

थप पढ्नुहोस् »

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा घिमिरे निर्वाचित

दाङ,३१जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। सभापति पदका लागि पहिलो चरणको निर्वाचनमा ६ जनाबीच प्रतिस्पर्धा भएको थियो। उक्त चरणमा घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गरे पनि ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणको तयारी गरिएको थियो। दोस्रो चरणमा जाने तयारी भइरहेका बेला निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले … Continue reading रास्वपा लुम्बिनी प्रदेश सभापतिमा घिमिरे निर्वाचित

थप पढ्नुहोस् »

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

बर्दिया,३१ जेठ । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ। बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सहायक हवल्दार कँडेललाई आइतबार बिहान गुलरिया नगरपालिका–११ लालपुरमा ट्रकले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याइए पनि चिकित्सकले बिहान करिब साढे ५ बजे मृत घोषणा गरेका हुन्। दुर्घटनामा परी सशस्त्र प्रहरी … Continue reading ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

थप पढ्नुहोस् »

ढुङ्गाले लागेर एक किशोरीको मृत्यु

हुम्ला,३० जेठ । हुम्लाको सर्केगाड गाउँपालिकामा माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको सर्केगाड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद शुक्रबार बिहान गाईगोरु चराउन जाँदा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे घटना भएको हो। घटनाको जानकारी करिब ११ः५० … Continue reading ढुङ्गाले लागेर एक किशोरीको मृत्यु

थप पढ्नुहोस् »

दंगीशरणमा न्यायिक समितिबीच अन्तरक्रिया: समन्वय र पहुँचमा जोड

दाङ,३० जेठ । दंगीशरण गाउँपालिकामा जिल्लास्तरीय न्यायिक समितिका पदाधिकारीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा न्यायिक समितिका अनुभव आदानप्रदान, चुनौती पहिचान तथा समाधानका उपायबारे छलफल गरिएको थियो। कार्यक्रम दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक पिमा कुमारी वलि खड्काको … Continue reading दंगीशरणमा न्यायिक समितिबीच अन्तरक्रिया: समन्वय र पहुँचमा जोड

थप पढ्नुहोस् »

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौ,३० जेठ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले गएराति जनकपुरबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार काठमाडौँको गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद प्रकरणमा पूरा रकम नतिरेको आरोपमा साहविरुद्ध सकुन्तला थापा (अधिकारी)ले मुद्दा दायर गरेकी थिइन्। जिल्ला अदालत काठमाडौँबाट अनुमति प्राप्त भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रमानन्द चोकबाट … Continue reading बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

थप पढ्नुहोस् »