समाचार

दाङमा ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु हुँदै

दाङ, ६ वैशाख। दाङमा संजीवनी टिचिङ हस्पिटलले ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु गर्ने भएको छ। घोराही उपमहानगरपालिका–३ बर्गदुवास्थित टिचिङ हस्पिटलले आगामी एक महिनाभित्र ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु गर्ने भएको हो। अस्पतालले न्यूरोलोजी, कार्डियोलोजी र युरोलोजी सेवा विस्तार गर्न लागेको जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार सेवा विस्तारपछि जटिल रोगका बिरामीले उपचारका लागि जिल्ला … Continue reading दाङमा ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु हुँदै

थप पढ्नुहोस् »

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते

दाङ, ६ वैशाख। सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० धाइरेमा शनिबार साँझ लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको बोलेरो गाडी सडकबाट करिब ८४ मिटर तल खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ५० वर्षीय टोपबहादुर … Continue reading सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते

थप पढ्नुहोस् »

ठेक्का नवीकरण नगर्ने कम्पनीविरुद्ध १५ दिने सूचना

दाङ, ५ वैशाख। तुलसीपुर उपमहानगरपालिकाले बहुवर्षीय आय ठेक्का नवीकरण नगर्ने ठेकेदार कम्पनीहरूको नाममा १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले गत बुधबार जारी सूचनामा ठेक्का सम्झौताअनुसार नवीकरण नगरे ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। पटकपटक पत्राचार गर्दा पनि सम्बन्धित कम्पनीहरू सम्पर्कमा नआएपछि नगरको ४५औँ बैठकको निर्णयअनुसार यस्तो कदम चालिएको जनाइएको … Continue reading ठेक्का नवीकरण नगर्ने कम्पनीविरुद्ध १५ दिने सूचना

थप पढ्नुहोस् »

होर्मुज मार्ग पुनः बन्द

काठमाडौ,५ वैशाख । इरानले महत्वपूर्ण समुद्री मार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको घोषणा गरेको छ। इरानले अमेरिकी नाकाबन्दी जारी रहेको र वार्ताका सर्तहरू उल्लंघन भएको आरोप लगाउँदै उक्त जलमार्गमा सैन्य नियन्त्रण कायम गरेको हो। इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले जारी गरेको विज्ञप्तिअनुसार अब होर्मुज स्ट्रेट पूर्ण रूपमा इरानी सेनाको नियन्त्रणमा रहनेछ र जहाजहरूको आवतजावत रोकिएको छ। … Continue reading होर्मुज मार्ग पुनः बन्द

थप पढ्नुहोस् »

प्रहरीको मोटरसाइकल ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते

दाङ,५ वैशाख। दाङको तुलसीपुरमा प्रहरी हवलदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते भएकी छन्। शुक्रबार बिहान करिब ११ बजे नेपाल प्रहरीमा कार्यरत प्रहरी हवलदार भरत थारुले चलाएको मोटरसाइकलले तुलसीपुर स्थित गुल्मचोकस्थित जेब्राक्रसमा ठक्कर दिएको हो। प्रहरीका अनुसार मोटरसाइकल ठक्करबाट सल्यान घर भई हाल तुलसीपुर–८ दुधेना बस्दै आएकी १९ वर्षीया मुना बुढाथोकी घाइते भएकी छन्। … Continue reading प्रहरीको मोटरसाइकल ठक्करबाट एक विद्यार्थी गम्भीर घाइते

थप पढ्नुहोस् »

विमानस्थलबाट लागु औषधसहित अमेरिकी नागरिक पक्राउ

काठमाडौ,५ वैशाख। प्रहरीले प्रतिबन्धित लागु औषधसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थलबाट भाङ र गाँजाको तेल जस्तो देखिने तरल पदार्थसहित नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई १.२५ लिटरका पाँच थान बोतलसहित पक्राउ गरिएको हो। विमानस्थल सुरक्षा … Continue reading विमानस्थलबाट लागु औषधसहित अमेरिकी नागरिक पक्राउ

थप पढ्नुहोस् »

सरकारी अस्पतालमा पनि अब हप्तामा दुई दिन बिदा

काठमाडौ,५ वैशाख। सरकारले सरकारी अस्पतालमा पनि अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था लागू गरिएको जानकारी दिएका छन्। उनका अनुसार स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। बिदाका दिनमा बहिरङ्ग सेवा (ओपीडी) बन्द रहनेछ … Continue reading सरकारी अस्पतालमा पनि अब हप्तामा दुई दिन बिदा

थप पढ्नुहोस् »

अदालतको निर्णयपछि खड्का आन्तरिक परामर्शमा

काठमाडौ,५ वैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतको निर्णयपछि आन्तरिक परामर्शमा जुटेका छन्। सर्वोच्च अदालतले पार्टी आधिकारिकता सम्बन्धी रिट खारेज गरेपछि उनले निकटस्थ नेताहरूसँग छलफल थालेका हुन्। गोल्फुटारस्थित निवासमा भइरहेको छलफलमा इन्द्रबहादुर बानियाँ र केदार कार्की सहित अन्य नेताहरू सहभागी छन्। स्रोतका अनुसार खड्काले निकटस्थसँग परामर्शपछि आफ्नो धारणा सार्वजनिक गर्ने तयारी … Continue reading अदालतको निर्णयपछि खड्का आन्तरिक परामर्शमा

थप पढ्नुहोस् »

स्थानीय तहको संख्या फेरबदल गर्ने सरकारको तयारी

काठमाडौ,५ वैशाख। सरकारले स्थानीय तहको निर्वाचनअघि नै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संख्या आवश्यकताअनुसार फेरबदल गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कायम स्थानीय तहको संख्यामा पुनर्विचार गर्न गृहकार्य गरिरहेको जनाएको छ। मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार करिब १० वर्षदेखि स्थानीय तहको संख्या पुनरावलोकन भएको छैन। नेपालको संविधान–२०७२ र स्थानीय तह … Continue reading स्थानीय तहको संख्या फेरबदल गर्ने सरकारको तयारी

थप पढ्नुहोस् »

लेखा समितिको सभापतिमा खड्का निर्विरोध

काठमाडौ,४ वैशाख । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। खड्काको उम्मेदवारी मोहन आचार्यको प्रस्ताव र जनकराज गिरीको समर्थनमा दर्ता गरिएको थियो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सार्वजनिक लेखा … Continue reading लेखा समितिको सभापतिमा खड्का निर्विरोध

थप पढ्नुहोस् »