समाचार

प्रवक्ता झाले अस्वीकार गरे समिति सभापति उम्मेदवारी

काठमाडौ, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले संसदीय समिति सभापति उम्मेदवार बन्न अस्वीकार गरेका छन्। सिंहदरबारस्थित संसदीय दलको बैठकमा उनको नाम उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि प्रस्ताव गरिएको थियो। तर झाले आफू उम्मेदवार नबन्ने जानकारी गराएका हुन्। बैठकमा बालेन शाह र रवि लामिछानेले उनको … Continue reading प्रवक्ता झाले अस्वीकार गरे समिति सभापति उम्मेदवारी

थप पढ्नुहोस् »

इरानबाट नेपाली नागरिक झा रिहा

दाङ,३ वैशाख। इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत झा रिहा भएको जानकारी दिएका हुन्। झा इरानको मानार्थ महावाणिज्य दूतावास र कतारस्थित दूतावासको समन्वयमा सम्पर्कमा रहेको जनाइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आवश्यक प्रक्रिया पूरा गरी उनलाई नेपाल फर्काउने तयारी भइरहेको छ। उदयपुरका झालाई चैत पहिलो साता … Continue reading इरानबाट नेपाली नागरिक झा रिहा

थप पढ्नुहोस् »

चलिरहेको बसबाट खस्दा युवकको मृत्यु

रोल्पा,३ वैशाख । रोल्पामा गुडिरहेको बसबाट खस्दा एक युवकको मृत्यु भएको छ। रुन्टिगढी गाउँपालिका–७ खर्चेमा बुधबार बिहान भएको दुर्घटनामा २२ वर्षीय ओपीलाल घर्तीको मृत्यु भएको हो। नेपाल प्रहरी का अनुसार बान्द्रेबाट दाङतर्फ जाँदै गरेको बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका घर्तीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लगिएको थियो। … Continue reading चलिरहेको बसबाट खस्दा युवकको मृत्यु

थप पढ्नुहोस् »

दाङमा कीर्ते कागज बनाएर चोरीका मोटरसाइकल बेच्ने तीन पक्राउ

दाङ,३वैशाख। सरकारी छाप र दस्तखत कीर्ते गरी चोरीका मोटरसाइकल बेचबिखन गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले तुलसीपुर–५ माछापुच्छ्रे टोलस्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरूमा सल्यान बागचौर–२ का २० वर्षीय दीपक भण्डारी, १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट … Continue reading दाङमा कीर्ते कागज बनाएर चोरीका मोटरसाइकल बेच्ने तीन पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनीका पूर्व सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ,२ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत रहँदा शीतभण्डार निर्माणमा गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी लिएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारमा सम्झौताअनुसार काम नगरी … Continue reading लुम्बिनीका पूर्व सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौ,२ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजारभन्दा बढी एप्लिकेसन र वेबसाइट बन्द गराएको छ। प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी प्लेटफर्म पहिचान गरी बन्द गरिएको हो। उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार हालसम्म अधिकांश सेवा प्रदायकले १० हजारभन्दा बढी यस्ता एप तथा वेबसाइट बन्द गरिसकेका छन् भने नेपाल टेलिकमले मात्रै २१ हजारभन्दा बढी … Continue reading १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

थप पढ्नुहोस् »

बँदेल ठानेर गोली हान्दा किशोरको मृत्यु

दाङ,२ वैशाख । जंगलमा बँदेल ठानेर चलाइएको गोली लाग्दा एक किशोरको मृत्यु भएको छ। प्युठानकोगौमुखी गाउँपालिका–४ स्थित चुपाल सामुदायिक वनमा चैत २९ गते १९ वर्षीय सुशिल परियारमाथि गोली लागेको हो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा सँगै रहेकी १८ वर्षीया किशोरी घाइते भएकी छन्। उनको लुम्बिनी सिटी हस्पिटल मा उपचार भइरहेको छ … Continue reading बँदेल ठानेर गोली हान्दा किशोरको मृत्यु

थप पढ्नुहोस् »

संघीय समितीका सभापतिको निर्वाचन ४ गते

काठमाडौ,२ वैशाख । प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिका सभापतिको निर्वाचन वैशाख ४ गते हुने भएको छ। संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। कार्यक्रमअनुसार बिहीबार दिउँसो १ देखि ४ बजेसम्म सम्बन्धित समितिका सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सचिव हर्कराज राई का अनुसार प्रस्ताव दर्ता गर्दा एक जना प्रस्तावक र एक … Continue reading संघीय समितीका सभापतिको निर्वाचन ४ गते

थप पढ्नुहोस् »

कागजपत्र फिर्ता लैजान ट्राफिक प्रहरीको आग्रह

काठमाडौ,२ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय ले नियन्त्रणमा रहेका सवारीसम्बन्धी कागजपत्र फिर्ता लैजान सर्वसाधारणलाई आग्रह गरेको छ। ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली लागू भएपछि कार्यालयमा ८ हजार ९८२ वटा कागजपत्र थन्किएका छन्। तीमध्ये लाइसेन्स, ब्लुबुक र मार्ग अनुमतिजस्ता सक्कली कागजात रहेका छन्। प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार जरिवाना नबुझाएका सवारी चालक तथा धनीलाई … Continue reading कागजपत्र फिर्ता लैजान ट्राफिक प्रहरीको आग्रह

थप पढ्नुहोस् »

सुनको भाउ ३ लाख नाघ्यो

काठमाडौ,२ वैशाख। नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेर ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको हो। अघिल्लो दिन सुन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी … Continue reading सुनको भाउ ३ लाख नाघ्यो

थप पढ्नुहोस् »