समाचार

इन्डोनेसियामा हेलिकप्टर दुर्घटनाः ८ जनाको मृत्यु

काठमाडौ,४ वैशाख । इन्डोनेसियाको बोर्नियो टापु स्थित घना जंगलमा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित ६ जना यात्रुको मृत्यु भएको छ। यातायात मन्त्रालयका अनुसार म्याथ्यू एयर नुसान्टारा स्वामित्वको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेटपछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको थियो। नागरिक उड्डयन महानिर्देशनालय का महानिर्देशक लुकमान एफ.लाइसाका अनुसार हेलिकप्टरमा एक … Continue reading इन्डोनेसियामा हेलिकप्टर दुर्घटनाः ८ जनाको मृत्यु

थप पढ्नुहोस् »

लागुऔषधसहित २४ जना पक्राउ

काठमाडौ,४ वैशाख। देशका विभिन्न जिल्लामा गरिएको नियमित गस्तीका क्रममा प्रहरीले लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, बेलौरी नगरपालिका–८ पचुईबाट दुई जना पक्राउ परेका छन्। त्यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट दुई, गोदावरी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एक र रत्ननगर नगरपालिका–११ बटर टोलबाट एक जनालाई … Continue reading लागुऔषधसहित २४ जना पक्राउ

थप पढ्नुहोस् »

आज आमाको मुख हेर्ने दिन

दाङ,४ वैशाख। हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ। आज छोराछोरीले बिहानै नुहाइधुवाइ गरी आमालाई नयाँ लुगा लगाइदिने, मिठा–मीठा खानेकुरा खुवाउने र आशीर्वाद लिने परम्परा रहेको छ। आमा नभएकाहरूले दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादान गरी श्रद्धाञ्जली अर्पण गर्ने गर्छन्। वैदिक शास्त्रअनुसार आमा, … Continue reading आज आमाको मुख हेर्ने दिन

थप पढ्नुहोस् »

गैँडाको खागसहित चार जना पक्राउ

काठमाडौ,४ वैशाख । गैँडाको खागसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको बर्जु गाउँपालिका–६ ताल नजिकबाट बिहीबार राति उनीहरूलाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गोप्य सूचनाका आधारमा खागसहित नियन्त्रणमा लिएको जनाएको छ। सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका अनुसार झापाबाट गैँडाको खाग लिएर आउँदै गरेको सूचनाका … Continue reading गैँडाको खागसहित चार जना पक्राउ

थप पढ्नुहोस् »

जनकपुर रिफाइनरीमा आगलागीः १५ करोड क्षति

काठमाडौ,४ वैशाख। जनकपुर रिफाइनरीमा आगलागी हुँदा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। मिथिला नगरपालिका–७ ढल्केबरस्थित रिफाइनरीमा गएराति भएको आगलागीबाट जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेर नष्ट भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिएका छन्। आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पाँच वटा वारुणयन्त्र परिचालन गरिएको थियो। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी … Continue reading जनकपुर रिफाइनरीमा आगलागीः १५ करोड क्षति

थप पढ्नुहोस् »

खरको थुप्रोमा खेल्दा काठले लागेर बालकको मृत्यु

रोल्पा,४ वैशाख। खरको थुप्रोमा खेल्ने क्रममा काठले लागेर एक ५ वर्षीय बालकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–६ सानो भुर्तीका बालाराम ओलीका छोरा शङ्कर ओलीको बिहीबार राति मृत्यु भएको हो। नेपाल प्रहरीका अनुसार दिउँसो करिब ३ बजे घरआँगनमा थुपारिएको खरको थुप्रोमा खेल्ने क्रममा भित्र लुकेको काठको ठुटोमा ठोक्किँदा बालकको पेटमा गम्भीर चोट लागेको थियो। घाइते बालकलाई … Continue reading खरको थुप्रोमा खेल्दा काठले लागेर बालकको मृत्यु

थप पढ्नुहोस् »

आज विषयगत समितिको नेतृत्व चयन हुँदै

काठमाडौ,४ वैशाख । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका १० वटा विषयगत समितिको नेतृत्व चयन आज हुँदैछ। १० मध्ये ९ वटा समितिमा सभापति निर्विरोध चयन भइसकेका छन् भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त समितिको सभापतिमा डा। ओजश्वी शेरचन ९राष्ट्रिय स्वतन्त्र पार्टी० र गुरु बराल ९नेकपा एमाले० ले उम्मेदवारी दिएका … Continue reading आज विषयगत समितिको नेतृत्व चयन हुँदै

थप पढ्नुहोस् »

चुनाव प्रभावित गर्ने सामग्री प्रसारण नगर्न काउन्सिलको आग्रह

काठमाडौ,३ वैशाख। प्रेस काउन्सिल नेपालले चुनावलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित गर्ने खालका सामग्री नप्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। हिजो बसेको काउन्सिल बैठकले चुनावजस्तो संवेदनशील विषयमा दल, उम्मेदवार र मतदान प्रक्रियामा असर पर्ने सामग्री, विश्लेषण तथा भ्रामक सूचना प्रकाशन–प्रसारण नगर्न सचेत गराएको हो। बैठकले विदेशी सञ्चारमाध्यमबाट आउने चुनाव प्रभावित गर्ने सामग्रीबारे पनि चासो व्यक्त … Continue reading चुनाव प्रभावित गर्ने सामग्री प्रसारण नगर्न काउन्सिलको आग्रह

थप पढ्नुहोस् »

स्थानीय शासन सुदृढीकरणका लागि प्रदेशस्तरीय सह–सृजना कार्यशाला

दाङ, वैशाख ३ । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत दाङमा प्रदेशस्तरीय सह–सृजना कार्यशाला गोष्ठी सुरु भएको छ। स्थानीय तहमा नागरिक संलग्नता र जवाफ देहितालाई संस्थागत गर्ने उद्देश्यसहित बेस संस्थाको आयोजना  कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिका चखौरामा सञ्चालन भइरहेको छ।बेस संस्थाको आयोजनामा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सुदृढीकरण … Continue reading स्थानीय शासन सुदृढीकरणका लागि प्रदेशस्तरीय सह–सृजना कार्यशाला

थप पढ्नुहोस् »

हर्मुज जलमार्ग खोल्न चीनको आग्रह

काठमाडौ,३ वैशाख । चिनियाँ विदेशमन्त्री वाङ यीले अब्बास अराघची लाई हर्मुज जलमार्गमा सामान्य आवागमन पुनःस्थापित गर्न आग्रह गरेका छन्। वाङले जलमार्गमा इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान गरिनुपर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय नेभिगेसनको स्वतन्त्रता पनि सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनले यो मार्ग खुला हुनु सबै देशको हितमा हुने बताए। चीनले युद्धविराम कायम राख्दै वार्ता पुनः सुरु गर्न … Continue reading हर्मुज जलमार्ग खोल्न चीनको आग्रह

थप पढ्नुहोस् »