समाचार

फोरलेन सडकको काम तीव्र बनाउन माग

दाङ, १ चैत । घोराही बनाऔं अभियानले घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाउन माग गरेको छ। अभियानको टोलीले सडक डिभिजन कार्यालय दाङ पुगेर फोरलेन सडक तथा सोही सडकअन्तर्गत निर्माण भइरहेका पुलहरूको काम छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराएको हो। निर्वाचनपछि सडक निर्माणको काम सुस्त भएको भन्दै सामाजिक सञ्जालमा गुनासो बढेपछि अभियानले सम्बन्धित निकायलाई ध्यानाकर्षण … Continue reading फोरलेन सडकको काम तीव्र बनाउन माग

थप पढ्नुहोस् »

कांग्रेसले समानुपातिकतर्फ २० सांसदको नाम टुंग्यायो

दाङ,१ चैत । नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सांसदको नामावली टुंगो लगाएको छ। आइतबार बसेको कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फका २० सांसदको नामावली टुंगो लगाएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसे का अनुसार उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइनेछ।उनले समानुपातिकतर्फ चयन भएका सांसदहरूको नामावली आयोगले नै सार्वजनिक गर्ने बताए।

थप पढ्नुहोस् »

माटोको ढिस्कोले पुरिंदा एकजनाको मृत्यु,तीनजना घाइते

दाङ, १ चैत । रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्। रोल्पाको रुन्टिगढी गाउँपालिका–७ खाक्सिवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको मृत्यु भएको हो।घटनामा सोही स्थानकी २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पा का … Continue reading माटोको ढिस्कोले पुरिंदा एकजनाको मृत्यु,तीनजना घाइते

थप पढ्नुहोस् »

दोहा–काठमाडौं उडान भोलिदेखि सञ्चालन

काठमाडौं,१ चैत । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कतार एयरवेजले कतारको राजधानी दोहा र काठमाडौं बीच उडान सञ्चालन गर्ने भएको छ। एयरवेजले सार्वजनिक गरेको तालिकाअनुसार १६ र १७ मार्च ९चैत २ र ३० मा दोहा–काठमाडौं उडान हुनेछ। त्यसैगरी १७ र १८ मार्च ९चैत ३ र ४० मा काठमाडौं–दोहा उडान तय गरिएको छ। यो उडानमार्फत कतार … Continue reading दोहा–काठमाडौं उडान भोलिदेखि सञ्चालन

थप पढ्नुहोस् »

अन्योलपूर्ण इरान युद्धको अन्त्य

काठमाडौँ,१ चैत । डोनाल्ड ट्रम्प लामो समयसम्म चल्ने सैन्य संलग्नताबाट बच्न र ऊर्जा बजारमा पर्ने असर सीमित राख्न चाहन्छन्, तर इजरायल भने आक्रामक रणनीतिमा अघि बढिरहेको बताइएको छ। विश्लेषणअनुसार इरानले वर्तमान संघर्षलाई अस्तित्वकै प्रश्नका रूपमा हेरेको छ। यही कारण युद्ध सहजै रोक्ने अवस्था नदेखिएको उल्लेख गरिएको छ। सन् १९४५ मा पारित संयुक्त राष्ट्रसंघको चार्टरले आत्मरक्षाबाहेक … Continue reading अन्योलपूर्ण इरान युद्धको अन्त्य

थप पढ्नुहोस् »

११ महिनामा ४६४ जनाको मृत्यु

दाङ,१ चैत । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर ६ हजार ७९९ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार ११ महिनाको अवधिमा विपद्का कारण ४६४ जनाको मृत्यु भएको छ। उक्त अवधिमा ३८ जना बेपत्ता भएका छन् भने एक हजार ८१४ जना घाइते भएका छन्। विपद्का कारण १२ हजार ४५८ घरपरिवार … Continue reading ११ महिनामा ४६४ जनाको मृत्यु

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु

कपिलवस्तु,३० फागुन । कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति तौलिहवा–बहादुरगन्ज सडकखण्डअन्तर्गत महाराजगञ्ज नगरपालिका–३ गनबरियामा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कृष्णनगर नगरपालिका–१ बढैयाका २५ वर्षीय विनय चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक … Continue reading मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु

थप पढ्नुहोस् »

समानुपातिकको नाम टुंग्याउने कांग्रेसको तयारी

काठमाडौ,३० फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने नाम टुंग्याउने तयारी गरेको छ। पार्टीका महामन्त्री गुरुराज घिमिरे का अनुसार बन्दसूचीमा रहेका उम्मेदवारबाट क्लस्टर मिलाएर नाम पठाउने विषयमा छलफल भइरहेको छ। उनले क्लस्टर मिलाएर सबै समूहको प्रतिनिधित्व हुने गरी नाम तय गरी निर्वाचन आयोग मा पठाउने तयारी भइरहेको बताए। “क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी आयोगमा … Continue reading समानुपातिकको नाम टुंग्याउने कांग्रेसको तयारी

थप पढ्नुहोस् »

नयाँ सरकारले ट्रेड युनियन खारेज गर्ने

दाङ,३० फागुन । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको तयारीमा लागेको छ। निर्वाचन आयोग र संघीय संसद् सचिवालय ले आवश्यक प्रक्रिया पूरा गरेपछि चैतको पहिलो सातासम्म नयाँ सरकार गठन हुने सम्भावना रहेको छ। मतपरिणामको अन्तिम प्रतिवेदन राष्ट्रपति कार्यालय मा बुझाएपछि सरकार गठन प्रक्रिया सुरु हुनेछ। यस निर्वाचनमा रास्वपाले झण्डै … Continue reading नयाँ सरकारले ट्रेड युनियन खारेज गर्ने

थप पढ्नुहोस् »

वन सम्बन्धि ‘जेड्सी’ रणनीति कार्यान्वयन

काठमाडौँ ,२९ फागुन । वन तथा वातावरण मन्त्रालय ले ‘वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्यान्वयन योजना २०८२–२०९१ (जेड्सी)’ लागू गरेको छ। फागुन १५ गते स्वीकृत भएको उक्त रणनीति सार्वजनिक गर्दै माधवप्रसाद चौलागाईं ले वन क्षेत्रमा लैङ्गिक सहभागिताले महिलाको नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको बताए। उनले रणनीतिलाई व्यवहारमा प्रभावकारी … Continue reading वन सम्बन्धि ‘जेड्सी’ रणनीति कार्यान्वयन

थप पढ्नुहोस् »