समाचार

लुम्बिनीमा एक लाखभन्दा बढी मत बदर

दाङ,२७ फागुन । निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन नसक्दा हरेक निर्वाचनमा बदर मतको संख्या बढ्दै गएको देखिएको छ। निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा औँठाछाप लगाइएको, नबुझिने गरी मत सङ्केत गरिएको, चिह्न भएको कोठाभन्दा बाहिर मत संकेत गरिएको वा एकभन्दा बढी चिह्नमा मत सङ्केत गरिएको मत बदर हुने … Continue reading लुम्बिनीमा एक लाखभन्दा बढी मत बदर

थप पढ्नुहोस् »

रवि लामिछाने मुद्दा फिर्ता विवाद : पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं ,२७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता गर्ने निर्णय रोक्न माग गर्दै दायर रिटलाई सर्वोच्च अदालत ले पूर्ण इजलासमा पठाउने आदेश दिएको छ। न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले बुधबार उक्त रिट पूर्ण इजलासमा पठाउने आदेश … Continue reading रवि लामिछाने मुद्दा फिर्ता विवाद : पूर्ण इजलासमा सुनुवाइ हुने

थप पढ्नुहोस् »

महतराको चुनाब खर्च ३१ हजार , मत २२७

दाङ। फागुन। २७। दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका टोपबहादुर महतराले ३१ हजार रुपैयाँ खर्च गरेर सार्वजनिक गरेका छन् । प्रतिनिधिसभाका लागि  श्रम संस्कृति पार्टी का तर्फबाट उम्मेदवार बनेका उनले निर्वाचनमा २२७ मत प्राप्त गरे। निर्वाचन आयोगमा बुझाएको खर्च विवरणअनुसार महतराले प्रचार–प्रसार, पर्चा छपाइ, यातायात लगायतका विभिन्न शीर्षकमा गरी ३१ … Continue reading महतराको चुनाब खर्च ३१ हजार , मत २२७

थप पढ्नुहोस् »

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौ,२६ फागुन । पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। अर्थमन्त्रीका रूपमा प्राप्त कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता बुझाएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्। खनालले राहदानी फिर्ता गर्दै लेखेको पत्रमा अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त … Continue reading अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

थप पढ्नुहोस् »

मध्यपूर्व तनावपछि ५७ हजार नेपालीले गरे अनलाइन दर्ता

काठमाडौँ,२६ फागुन । मध्यपूर्वमा विकसित घटनाक्रमपछि सरकारले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा ५७ हजार एक सय नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। कन्सुलर सेवा विभागले नेपालीहरूको अद्यावधिक विवरण सङ्कलनका लागि सञ्चालन गरेको उक्त प्रणालीमा हिजो बेलुकीसम्म यति सङ्ख्यामा दर्ता भएको हो। परराष्ट्र मन्त्रालयले प्राप्त विवरणहरूको अध्ययन गरी आवश्यकताअनुसार थप कदम चालिने जनाएको छ। त्यहाँ रहेका … Continue reading मध्यपूर्व तनावपछि ५७ हजार नेपालीले गरे अनलाइन दर्ता

थप पढ्नुहोस् »

समानुपातिकमा रास्वपाको मत ५० लाख कट्यो

दाङ,२६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ ५० लाख मत कटाएको छ। एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा पनि उल्लेख्य मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त … Continue reading समानुपातिकमा रास्वपाको मत ५० लाख कट्यो

थप पढ्नुहोस् »

प्रहरी कार्यालय भित्र जवान मृत फेला

कैलाली,२६ फागुन । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हाताभित्र एक जना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्। सोही कार्यालयमा कार्यरत बझाङ घर भएका ३० वर्षीय प्रहरी जवान सन्देशबहादुर चनारा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चनारा कार्यालय भवनको छतबाट खसेको भनिएको छ। गएराति करिब ११ … Continue reading प्रहरी कार्यालय भित्र जवान मृत फेला

थप पढ्नुहोस् »

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा सबैभन्दा अगाडि

काठमाडौँ,२५ फागुन । समानुपातिक तर्फको मतगणना अन्तिम चरणतर्फ पुगेको छ । अहिलेसम्म ९० लाख ११ हजार मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै ४३ लाख ६५ हजार मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४८ प्रतिशत हो । त्यसपछि दोस्रोमा नेपाली कांग्रेसले १४ लाख ५५ हजार, तेस्रोमा एमालेले १२ लाख २१ हजार, चौथोमा नेकपाले … Continue reading समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा सबैभन्दा अगाडि

थप पढ्नुहोस् »

बालेनले बुझाए चुनावी खर्च विवरण

काठमाडौ,२५ फागुन । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह ९बालेन०ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि गरेको चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै निर्वाचित भएका उनले आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च … Continue reading बालेनले बुझाए चुनावी खर्च विवरण

थप पढ्नुहोस् »

छ महिनासम्म युद्ध हुन सक्ने इरानको दाबी

काठमाडौ,२५ फागुन। मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले अमेरिका र इजरायलविरुद्ध महिनौँसम्म तीव्र लडाइँ गर्न सक्ने दाबी गरेको छ। इरानको रिभोलुसनरी गार्ड्सका अनुसार हालको गतिमा युद्ध जारी रहे पनि इरानको सैन्य क्षमता कम्तीमा छ महिनासम्म संघर्ष धान्न सक्षम रहेको बताइएको छ। द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरिसकेको अवस्थामा इजरायलले लेबनानको राजधानी बेरुतस्थित एक होटलमा हवाई आक्रमण गरेको … Continue reading छ महिनासम्म युद्ध हुन सक्ने इरानको दाबी

थप पढ्नुहोस् »