समाचार

सरकारले एकहजार घर निर्माण गर्ने

काठमाडौं,२४ फागुन। सरकारले विपन्न समुदायका करिब पाँच हजार घरमा फुसको छानो हटाएर जस्ताको छानो लगाउने तथा एक हजार नयाँ घर निर्माण गर्ने भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग मार्फत सञ्चालन हुने यो कार्यक्रमका लागि सरकारले करिब ७५ करोड रुपैयाँ खर्च गर्ने भएको हो । यसअन्तर्गत जनता आवास कार्यक्रम मार्फत एक हजार घर … Continue reading सरकारले एकहजार घर निर्माण गर्ने

थप पढ्नुहोस् »

दाङ क्षेत्र नं ३ मा कमल सुवेदी विजयी

दाङ,२३ फागुन । प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते भएको निर्वाचनको दाङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट कमल सुवेदी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार सुवेदीले ४४ हजार २४८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । कुल … Continue reading दाङ क्षेत्र नं ३ मा कमल सुवेदी विजयी

थप पढ्नुहोस् »

बालेन विजयी ,ओली पराजित

काठमाडौं,२३ फागुन । झापा जिल्ला को निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले १८ … Continue reading बालेन विजयी ,ओली पराजित

थप पढ्नुहोस् »

समानुपातिक मतगणनाका लागि प्रतिनिधि खटाउन कांग्रेसको निर्देशन

काठमाडौं ,२३ फागुन । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनाका लागि आफ्ना प्रतिनिधिहरू खटाउन मातहतका समितिहरूलाई निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालयले एक पत्र जारी गर्दै देशभरका जिल्ला कार्यसमिति तथा १६५ वटै निर्वाचन क्षेत्रीय कार्यसमितिलाई मतगणना प्रतिनिधि व्यवस्थापन गर्न निर्देशन दिएको हो । कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमा फागुन २१ गते सम्पन्न प्रतिनिधि … Continue reading समानुपातिक मतगणनाका लागि प्रतिनिधि खटाउन कांग्रेसको निर्देशन

थप पढ्नुहोस् »

जाजरकोटमा कांग्रेसका बुढा विजयी

काठमाडौं,२३ फागुन । जाजरकोट जिल्ला मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नेपाली कांग्रेस का उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन् ।बुढाले २० हजार १४२ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी का शक्तिबहादुर बस्नेत ले १७ हजार ४०७ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का डम्बरबहादुर सिंह … Continue reading जाजरकोटमा कांग्रेसका बुढा विजयी

थप पढ्नुहोस् »

राजनीतिबाट बिदा लिने रविन्द्र मिश्रको घोषणा

काठमाडौं,२३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत वक्तव्य जारी गर्दै मिश्रले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत रहेको भए पनि त्यसलाई संगठित र प्रभावकारी रूपमा … Continue reading राजनीतिबाट बिदा लिने रविन्द्र मिश्रको घोषणा

थप पढ्नुहोस् »

२७ क्षेत्रमा रास्वपाको जीत

काठमाडौं,२३ फागुन । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न निर्वाचन क्षेत्रमा उल्लेखनीय जीत हासिल गरेको छ । निर्वाचनको अन्तिम परिणामअनुसार रास्वपाले चितवन–२, धनुषा–३, कास्की–३, कास्की–२, काठमाडौं–१०, काठमाडौं–५, काठमाडौं–४, काठमाडौं–६, काठमाडौं–८, काठमाडौं–३, काठमाडौं–१, काठमाडौं–९, काठमाडौं–२, काठमाडौं–७, मोरङ–४, मोरङ–६, बाँके–१, बाँके–३, रुपन्देही–४, रुपन्देही–२, स्याङ्जा–१, बारा–३, पर्सा–१, भक्तपुर–१, पर्वत–१ र कैलाली–१ लगायत क्षेत्रमा जीत निकालेको … Continue reading २७ क्षेत्रमा रास्वपाको जीत

थप पढ्नुहोस् »

बझाङमा एमालेका महर विजयी

काठमाडौँ,२३ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बझाङ जिल्ला मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपाली का अनुसार महरले १८ हजार ५ सय ४३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का प्रकाश स्नेही रसाइली ले १६ हजार ३ … Continue reading बझाङमा एमालेका महर विजयी

थप पढ्नुहोस् »

रुकुम पूर्वबाट प्रचण्ड विजयी

रुकुम पूर्व,२२ फागुन । पुष्पकमल दाहाल प्रतिनिधि सभा सदस्यमा रुकुम पूर्वबाट विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी का संयोजक दाहालले १० हजार २ सय ४० मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लिलामणी गौतम ले ३ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस की उम्मेदवार कुशुमदेवी … Continue reading रुकुम पूर्वबाट प्रचण्ड विजयी

थप पढ्नुहोस् »

निर्वाचन क्षेत्र नं. ३ मा घण्टीको अग्रता कायमै

दाङ,२२ फागुन  । दाङ निर्वाचन क्षेत्र नं. ३ को हालसम्मको मतगणनाअनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  कमल सुवेदी अग्रस्थानमा रहेका छन् । हालसम्म ९ हजार ५०१ मत गणना हुँदा घण्टी चिन्हका उम्मेदवार सुवेदीले ४ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट रुख चिन्हका दिपक गिरिले २ हजार १ सय १ मत … Continue reading निर्वाचन क्षेत्र नं. ३ मा घण्टीको अग्रता कायमै

थप पढ्नुहोस् »