समाचार

कतार ट्रान्जिटमा झन्डै ८ हजार यात्रु अलपत्र

काठमाडौं,१९ फागुन । मध्यपूर्वमा बढेको तनावका कारण हवाई उडान प्रभावित हुँदा झन्डै आठ हजार यात्रु कतारको ट्रान्जिटमा रोकिएका छन् । कतारले विभिन्न गन्तव्यतर्फ जान हिँडेका यात्रुहरू उडान रद्द तथा ढिलाइ भएसँगै दोहामा अलपत्र परेको जनाएको छ । यसैबीच, कतारले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेका कयौँ आक्रमण प्रयासलाई विफल पारेको दाबी गरेको छ । कतारी अधिकारीहरूका … Continue reading कतार ट्रान्जिटमा झन्डै ८ हजार यात्रु अलपत्र

थप पढ्नुहोस् »

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं,१९ फागुन । निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी साह २०८० सालमा कालोसूचीमा रहेको देखिएको छ … Continue reading रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

थप पढ्नुहोस् »

सामाजिक सञ्जालमा अफवाह फैलाउने ३२ जना पक्राउ

काठमाडौं,१९ फागुन । सामाजिक सञ्जालमार्फत अफवाह र भ्रम फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि, मतदाता भ्रमित पार्ने कार्य तथा आचारसंहिता उल्लङ्घनजस्ता घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको केन्द्रीय निर्वाचन सेलले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबि नारायण काफ्लेका अनुसार प्रदेशगत विवरणअनुसार मधेश … Continue reading सामाजिक सञ्जालमा अफवाह फैलाउने ३२ जना पक्राउ

थप पढ्नुहोस् »

राष्ट्रियसभा सदस्यको शपथ फागुन २५ गते

काठमाडौं,१९फागुन। संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आगामी फागुन २५ गते हुने भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार नेपालको संविधानको धारा ८६ को उपधारा ९२० बमोजिम २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ गराउनेछन् । शपथ … Continue reading राष्ट्रियसभा सदस्यको शपथ फागुन २५ गते

थप पढ्नुहोस् »

लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ

काठमाडौँ,१९ फागुन । चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाका अनुसार रौतहटको गढीमाई नगरपालिका–९ मा मोटरसाइकलमा सवार दम्पतीलाई लक्षित गरी लुटपाट प्रयास गरिएको थियो । पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहेका छन् । लुटपाट प्रयासमा संलग्न तीन … Continue reading लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ

थप पढ्नुहोस् »

यति एयरलाइन्सका सबै उडान स्थगित हुने

काठमाडौं,१९ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर्वाचनका कारण उक्त दिन सबै आन्तरिक उडान सञ्चालन नहुने जनाएको हो । कम्पनीका अनुसार फागुन २२ गतेदेखि भने नियमित उडान सेवा पुनः सञ्चालनमा आउनेछ ।

थप पढ्नुहोस् »

दाङमा मतदाता भन्दा ३३ हजार बढी मतपत्र

दाङ,१८ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा मतपत्र ढुवानी र व्यवस्थापन कार्य तीव्र पारिएको छ । जिल्लामा प्रत्यक्षतर्फ मतदाताभन्दा ३३ हजारभन्दा बढी मतपत्र ल्याइएको छ । निर्वाचन कार्यालय दाङका अनुसार तीनवटै निर्वाचन क्षेत्रमा गरी ४ लाख ३१ हजार ६८६ मतदाता रहेका छन् । ती मतदाताका लागि प्रत्यक्षतर्फ ४ लाख ६५ … Continue reading दाङमा मतदाता भन्दा ३३ हजार बढी मतपत्र

थप पढ्नुहोस् »

मतदाता शिक्षा कार्यक्रम सम्पन्न

दाङ,१८ फागुन । निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मतदानको महत्व र मतदान प्रक्रियाबारे आम जनतालाई जानकारी गराउने तथा बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिएको हो। आयोगका अनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । फागुन ३ … Continue reading मतदाता शिक्षा कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

अमेरिकासँग इरानले वार्ता नगर्ने

काठमाडौं,१८ फागुन। अली लारिजानीले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’ लारिजानीले अमेरिकी … Continue reading अमेरिकासँग इरानले वार्ता नगर्ने

थप पढ्नुहोस् »

लेबनानमा बमबारी,३१ जनाको मृत्युः कुवेतले खसाल्यो ड्रोन

काठमाडौं,१८ फागुन । इजरायलले इरानपछि लेबनानमा पनि बमबारी सुरु गरेको छ । समाचार संस्था एफपीले लेबनानी मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार इजरायली आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन् । यसैबीच, कुवेतको सेनाले सोमबार बिहान राजधानीतर्फ आइरहेका केही ड्रोन खसालेको जनाएको छ । सेनाका अधिकारी मोहम्मद अल–मन्सूरीका अनुसार ती ड्रोनहरू कुवेत … Continue reading लेबनानमा बमबारी,३१ जनाको मृत्युः कुवेतले खसाल्यो ड्रोन

थप पढ्नुहोस् »