समाचार

सुन प्रतितोला ३ लाख २६ हजार

काठमाडौं, १८ फागुन । स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर ३ लाख २६ हजार १०० रुपैयाँ पुगेको छ । त्यस्तै, आइतबार प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ६ … Continue reading सुन प्रतितोला ३ लाख २६ हजार

थप पढ्नुहोस् »

राष्ट्रका नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन

काठमाडौं,१८ फागुन। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेकी हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार सम्बोधन प्रत्यक्ष प्रसारण गर्ने वा रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । … Continue reading राष्ट्रका नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन

थप पढ्नुहोस् »

इरानविरुद्ध ट्रम्पको चेतावनी: अमेरिकी सैनिकको मृत्युको बदला लिने

काठमाडौ,१८ फागुन । डोनाल्ड ट्रम्पले इरानी शासनविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएका छन्। उनले अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने घोषणा समेत गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसियलमा भिडियो सन्देश जारी गर्दै ट्रम्पले इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गरिने बताएका हुन्। आफ्नो सम्बोधनमा उनले अमेरिका एक विशाल सैन्य अभियान सुरु गर्ने तयारीमा रहेको जानकारी दिए। उक्त अभियान … Continue reading इरानविरुद्ध ट्रम्पको चेतावनी: अमेरिकी सैनिकको मृत्युको बदला लिने

थप पढ्नुहोस् »

इरानका उच्च सैन्य नेतृत्व मारिएको पुष्टि

काठमाडौ,१७ फागुन। शनिबार बिहान भएको आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीको मृत्यु भएको पुष्टि भएको छ। इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निम समाचार एजेन्सीले आइतबार उक्त जानकारी सार्वजनिक गरेको हो। लेफ्टिनेन्ट जनरल मौसावी गत वर्ष जुनमा सशस्त्र बल प्रमुख नियुक्त भएका थिए। त्यतिबेला इजरायल ले गरेको हमलामा तत्कालीन सेना … Continue reading इरानका उच्च सैन्य नेतृत्व मारिएको पुष्टि

थप पढ्नुहोस् »

इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

काठमाडौ,१७ फागुन । इरानबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइल आक्रमणका क्रममा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको छ। आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको उक्त आक्रमणमा अन्य ५८ जना घाइते भएका छन्। गल्फ न्युज ले यूएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार शनिबारदेखि सुरु भएको आक्रमणयता वायुसेना तथा हवाई प्रतिरक्षा प्रणालीले १६५ ब्यालिस्टिक मिसाइल, … Continue reading इरानी आक्रमणमा परेर एक नेपालीसहित तीन विदेशीको मृत्यु: ५८ घाइते

थप पढ्नुहोस् »

निर्वाचन सामग्री देशभर पुग्योः निर्वाचन आयोग

काठमाडौँ,१७ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री देशभर पुगिसकेको निर्वाचन आयोगले जानकारी गराएको छ । आइतबार एक कार्यक्रममा बोल्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन् । आइतवार आयोजित एक कार्यक्रममा बोल्दै उनले उच्च पहाडी तथा हिमाली जिल्लासहित सबै स्थानमा निर्वाचन सामग्री … Continue reading निर्वाचन सामग्री देशभर पुग्योः निर्वाचन आयोग

थप पढ्नुहोस् »

खाडीसहित १२ देशमा श्रम स्वीकृति स्थगित

काठमाडौँ,१७ फागुन। सरकारले खाडी लगायत मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरेको छ। मध्यपूर्व क्षेत्रमा विकसित विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले वैदेशिक रोजगारीका लागि प्रदान गर्दै आएको श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो। श्रम स्वीकृति स्थगित गरिएका देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार, कुवेत, बहराइन, ओमान, इराक, … Continue reading खाडीसहित १२ देशमा श्रम स्वीकृति स्थगित

थप पढ्नुहोस् »

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्यो, नेपालमा यथावत्

दाङ,१७ फागुन। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । तर नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको नेपाल आयल निगमले जनाएको छ। निगमले विज्ञप्ति जारी गर्दै उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले मूल्य समायोजन नगरेको स्पष्ट पारेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा तथा खाना … Continue reading अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्यो, नेपालमा यथावत्

थप पढ्नुहोस् »

मालपोत कार्यालय तुलसीपुर भोलि बन्द

दाङ,१७ फागुन। मालपोत कार्यालय तुलसीपुर भोलि एक दिनका लागि बन्द रहने भएको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले तोकेका विभिन्न मतदान केन्द्रमा कार्यालयका सम्पूर्ण कर्मचारी खटिनुपर्ने भएकाले सेवा प्रवाह स्थगित गरिने जनाइएको छ। मालपोत अधिकृत खिमबहादुर खड्काद्वारा जारी सूचनामा सम्बन्धित सबै सेवाग्राहीलाई सो दिन कार्यालय बन्द रहने जानकारी गराएका हुन्। … Continue reading मालपोत कार्यालय तुलसीपुर भोलि बन्द

थप पढ्नुहोस् »

आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

दाङ, १७ फागुन। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ८ जनालाई कारबाही गरेको छ । ९४ जनालाई स्पष्टीकरण सोधेको छ। आयोगका कानून अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको छ भने ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ। आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनको उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी … Continue reading आचारसंहिता उल्लङ्घन गर्ने ८ जनालाई कारबाही

थप पढ्नुहोस् »