समाचार

राप्रपा राजाको पार्टी होइन: अध्यक्ष लिङ्देन

काठमाडौ,१३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभई राजसंस्था मान्नेहरूको पार्टी भएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उनले राजा र राजसंस्था कुनै पनि दलसँग सम्बन्धित नहुने उल्लेख गरे। राजसंस्था सबै दल र विचारभन्दा माथि रहने उनको भनाइ थियो। राप्रपालाई राजाको पार्टी भनेर प्रचार गर्नेहरू वास्तविक रूपमा राजसंस्थाका पक्षपाती … Continue reading राप्रपा राजाको पार्टी होइन: अध्यक्ष लिङ्देन

थप पढ्नुहोस् »

गण्डक नहरमा डोजर:३०० संरचना हटाइदै

काठमाडौ,१३ वैशाख । नारायण सिंचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन सुरु गरेको छ। कार्यालयले आइतबार बिहानैदेखि नहरको जानकीटोला देखि गण्डकचोकसम्म फैलिएका अतिक्रमित संरचना हटाउने अभियान थालेको हो। नहरको डिलमा बनाइएका घरटहरा, पसल, माछापोखरी लगायत करिब ३०० भन्दा बढी संरचना हटाइँदै छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको … Continue reading गण्डक नहरमा डोजर:३०० संरचना हटाइदै

थप पढ्नुहोस् »

कपिलवस्तुमा जीप र ट्रक ठोक्किँदा दुईको मृत्यु

दाङ,१३ वैशाख । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। कपिलवस्तु नगरपालिका–१२ पिपरहवामा रोकिराखेको ट्रकमा जीप ठोक्किँदा दुर्घटना भएको हो। मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–११ बनगाईका राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धर्मनगरका चिन्नी कुर्मी रहेका छन्। … Continue reading कपिलवस्तुमा जीप र ट्रक ठोक्किँदा दुईको मृत्यु

थप पढ्नुहोस् »

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व,१३ वैशाख। शनिबार साँझ परेको भारी वर्षापछि आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।वर्षासँगै लेदोसहितका पहिरो झर्दा जिल्लाका दर्जनौँ स्थानमा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सहायक मार्गहरू पनि पहिरोका कारण प्रभावित भएका छन्। प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीता लगायत स्थानमा पहिरो खसेको … Continue reading पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

विद्यार्थी राजनीति प्रतिबन्धको विरोधमा अनेरास्ववियुको कालो फेटा

काठमाडौ,१३ वैशाख । अनेरास्ववियुका नेताहरुले विद्यार्थी राजनीतिको प्रतिबन्धको विरोध जनाएका छन् । आइतबार बसेको सचिवालय बैठकमा नेताहरूले ‘मलाई बोल्न दे सरकार’ लेखिएको कालो फेटा बाँधेर विरोध जनाएका हुन् । नेकपा एमाले निकट विद्यार्थी संगठनले बालेन्द्र शाह नेतृत्वको सरकारले विद्यार्थी राजनीति प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै विरोध गरेको अध्यक्ष दीपक धामीले बताएका छन्। सरकारले विश्वविद्यालयभित्र रहेका … Continue reading विद्यार्थी राजनीति प्रतिबन्धको विरोधमा अनेरास्ववियुको कालो फेटा

थप पढ्नुहोस् »

चट्याङ लागेर एक वृद्धको मृत्यु

रोल्पा,१३ वैशाख । रोल्पामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। शनिबार राति परेको चट्याङका कारण परिवर्तन गाउँपालिका–४ तातापानीस्थित तुसारवोट बस्तीका ७७ वर्षीय लालु वलीको भएको हो। प्रहरीका अनुसार राति करिब साढे ८ बजे वलीको घरदेखि करिब ५ मिटर पश्चिमतर्फ रहेको रुखमा चट्याङ परेको थियो। सोही चट्याङको असर घरसम्म पुग्दा घरभित्रै रहेका वलीलाई लागेर घटनास्थलमै … Continue reading चट्याङ लागेर एक वृद्धको मृत्यु

थप पढ्नुहोस् »

बुवाको हत्याको आरोपमा छोरा पक्राउ

दाङ,१२वैशाख । प्रहरीले बुवाको हत्याको आरोपमा उनका छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ५८ वर्षीय जङ्गबहादुर थारूको हत्या आरोपमा रुपन्देहीबाट उनका आफ्नै छोरा पक्राउ परेका हुन् । शुक्रबार कञ्चन गाउँपालिका–४ बेलडाँडाका २४ वर्षीय सुनिल थारूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्गबहादुरको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु … Continue reading बुवाको हत्याको आरोपमा छोरा पक्राउ

थप पढ्नुहोस् »

इरानी जहाज अमेरिकी युद्धपोतको नियन्त्रणमा

काठमाडौ,१२ वैशाख । अमेरिकी सेन्ट्रल कमाण्डले आफ्नो एक युद्धपोतले इरानी झण्डा बोकेको जहाजलाई इरानी बन्दरगाहतर्फ जानबाट रोकेको जनाएको छ। कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै यूएसएस राफेल पेराल्टा नामक गाइडेड मिसाइल डेस्ट्रोयरले शुक्रबार उक्त जहाज रोकेको उल्लेख गरेको छ। जहाज इरानतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको जनाइएको छ। यसअघि पनि अमेरिकी पक्षले नौसैनिक नाकाबन्दी सुरु भएदेखि … Continue reading इरानी जहाज अमेरिकी युद्धपोतको नियन्त्रणमा

थप पढ्नुहोस् »

कूटनीतिक आचारसंहितालाई समान रूपमा लागू गरिनेः मन्त्री खनाल

काठमाडौ ,१२ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचारसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्धलाई व्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पदमा रहेका सबै व्यक्तिलाई कूटनीतिक आचरण समान रूपमा लागू गरिने बताए। “प्रधानमन्त्री, मन्त्रीलगायत सबैका लागि कूटनीतिक आचरण अनिवार्य बनाउन तालिमको व्यवस्था गरेका छौँ,” … Continue reading कूटनीतिक आचारसंहितालाई समान रूपमा लागू गरिनेः मन्त्री खनाल

थप पढ्नुहोस् »

तुलसीपुरमा नर्सरी व्यवस्थापन तालिम सुरु

दाङ,१२ वैशाख । तुलसीपुरमा युवा उद्यमशीलता अभियानअन्तर्गत नर्सरी व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ। तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग र राप्ती परोपकार सङ्घ तुलसीपुरको आयोजनामा वडा नम्बर ९ मा शुक्रबारदेखि तालिम सञ्चालनमा आएको हो। तालिमको उद्घाटन गर्दै तुलसीपुर उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले तालिमबाट सिकेका सीप व्यवहारमा उतार्नु नै सफलता भएको बताए। उनले … Continue reading तुलसीपुरमा नर्सरी व्यवस्थापन तालिम सुरु

थप पढ्नुहोस् »