समाचार

एकै दिन ४ हजार ४१३ बालबालिकालाई स्वर्णविन्दु

दाङ, १७ फागुन। दाङको तुलसीपुरमा सञ्चालन भइरहेको स्वर्णविन्दु कार्यक्रममा सहभागी बालबालिकाको संख्या निरन्तर बढ्दै गएको छ। चौथो महिनामा आइपुग्दा एकै दिन ४ हजार ४१३ जना बालबालिकालाई स्वर्णविन्दु खुवाइएको छ, जुन हालसम्मकै उच्च संख्या हो। राप्ती आयुर्वेद चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेका अनुसार आइतबार ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु खुवाइएको हो। कार्यक्रम … Continue reading एकै दिन ४ हजार ४१३ बालबालिकालाई स्वर्णविन्दु

थप पढ्नुहोस् »

कोरला नाका तीन दिन बन्द

मुस्ताङ, १७ फागुन। कोरला नाका तीन दिनका लागि बन्द गरिने भएको छ। लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन सीमा क्षेत्रको २४ नम्बर नाका तीन दिनका लागि बन्द गरिने भएको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द रहने जनाइएको छ। उक्त अवधिमा … Continue reading कोरला नाका तीन दिन बन्द

थप पढ्नुहोस् »

खामेनीको मृत्युपछि इरान शोकमा

दाङ, १७ फागुन। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ । अमेरिक र इजरायलले गरेको आक्रमणमा मृत्यु भएपछि इरान शोकमा डुबेको हो। खामेनीको निधनपछि इरान सरकारले ४० दिन राष्ट्रिय शोक र ७ दिन सार्वजनिक बिदा घोषणा गरेको जनाएको छ। यसैबीच उनको मृत्युपछि राजधानीसहित विभिन्न सहरमा नागरिकहरू सडकमा भेला भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक … Continue reading खामेनीको मृत्युपछि इरान शोकमा

थप पढ्नुहोस् »

बढ्यो सुनको मूल्य

दाङ, १७ फागुन। नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन तोलाको ३ लाख १४ हजार … Continue reading बढ्यो सुनको मूल्य

थप पढ्नुहोस् »

अमेरिकाबाट एकैदिन ९५ जना नेपाली डिपोर्ट

काठमाडौं,१६ फागुन । अमेरिकाबाट निष्कासित ९५ जना नेपाली नागरिक शनिबार बिहान स्वदेश फर्किएका छन्। उनीहरूलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरिएलगत्तै आवश्यक प्रक्रिया अघि बढाइएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार फिर्ता आएका सबै व्यक्तिको व्यक्तिगत विवरण संकलन गरिनेछ। त्यसपछि उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाइने तयारी गरिएको … Continue reading अमेरिकाबाट एकैदिन ९५ जना नेपाली डिपोर्ट

थप पढ्नुहोस् »

इजरायल र इरानको यात्रा नगर्न सरकारको आह्वान

फागुन१६ , काठमाडौं। नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ। अवस्था सामान्य नहुँदासम्म यात्रा नगर्न आह्वान गरेको हो । परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको एडभाइजरीमा दुवै देशको स्थिति सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइएको हो। एडभाइजरीअनुसार, इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूले आफ्नो यात्रा … Continue reading इजरायल र इरानको यात्रा नगर्न सरकारको आह्वान

थप पढ्नुहोस् »

पिकअपको ठक्करबाट चारजना घाइते

प्युठान ,१६ फागुन । प्युठानमा पिकअप गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चारजना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका लागि प्रयोग गरिएको गाडीले उनीहरूलाई ठक्कर दिएको हो । प्यूठान नगरपालिका स्थित बाग्दुला नजिकैलु १ च ७७६९ नम्बरको पिकअप गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। घाइते हुनेमा मोटरसाइकल चालक प्यूठान–५ जुम्रीकाँडाका २० वर्षीय … Continue reading पिकअपको ठक्करबाट चारजना घाइते

थप पढ्नुहोस् »

प्रदेश र स्थानीय तहको अनुदान कटौती नगर्न वित्त आयोगको ध्यानाकर्षण

काठमाडौं,१६ फागुन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ। आयोगको बैठकले यस्तो निर्णय गरेको हो। चालु आर्थिक वर्षको प्रथम छ महिनामा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि केन्द्रले वित्तीय समानीकरण अनुदान कटौती गर्ने निर्णय गरेको थियो। गत माघ २७ गते महालेखा … Continue reading प्रदेश र स्थानीय तहको अनुदान कटौती नगर्न वित्त आयोगको ध्यानाकर्षण

थप पढ्नुहोस् »

इरानमाथि इजरायलको पुनः आक्रमण

काठमाडौँ,१६ फागुन। इरानको राजधानी तेहरानको मध्य भागमा तीनवटा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। तेहरानको रिपब्लिक स्क्वायर क्षेत्रमा कैयौँ क्षेप्यास्त्र प्रहार भएको र आकाशमा धुवाँको मुस्लो उठेको तस्बिरहरू सार्वजनिक भएका छन्। इरानको राज्य समर्थित फार्स न्यूज एजेन्सीले उत्तरी र पूर्वी भागमा समेत थप विस्फोटका आवाज सुनिएको जनाएको छ। घटनासँगै इजरायलले इरानमाथि ‘प्रि-एम्प्टिभ’ (अग्रिम) आक्रमण सुरु गरेको … Continue reading इरानमाथि इजरायलको पुनः आक्रमण

थप पढ्नुहोस् »

ला पाज नजिकै सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु

काठमार्डाँ,१६ फागुन। बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। सी–१३० हर्कुलस विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर व्यस्त एभिन्यूमा खसेको जनाइएको छ। स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, … Continue reading ला पाज नजिकै सैन्य विमान दुर्घटना: १५ जनाको मृत्यु

थप पढ्नुहोस् »