स्वास्थ्य

दाङलाई ‘पूर्णखोप’ जिल्ला घोषणा

दाङ, १४ असार । दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। शनिबार “आफ्नै स्रोत, सक्रिय सहभागिता र स्वामित्व, खोपको पहुँच सुनिश्चित हाम्रो वाचा” भन्ने नारासहित दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले दाङले खोप अभियानमा उदाहरणीय उपलब्धि हासिल गरेको बताए। उनले सबै नागरिक … Continue reading दाङलाई ‘पूर्णखोप’ जिल्ला घोषणा

थप पढ्नुहोस् »

राजपुरमा बिच्छीको टोकाइबाट ११ वर्षीय बालिकाको मृत्यु

दाङ,१३ असार । दाङमा बिच्छीको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। राजपुर गाउँपालिका–७ सुनपत्थरी नाकामा बिच्छीको टोकाइबाट बालिकाको मृत्यु भएको हो। युगबोध आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत अन्दाजी ११ वर्षीया लक्ष्मी गिरी (रितु) बुधबार बिहान विद्यालय जाने तयारी गर्दै थिइन्। बिहान करिब ९ बजेतिर घरमै विद्यालय पोशाक लगाउने क्रममा शरीरको कोखामा लुकेको बिच्छीले टोकेको … Continue reading राजपुरमा बिच्छीको टोकाइबाट ११ वर्षीय बालिकाको मृत्यु

थप पढ्नुहोस् »

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्व ७४ करोड बजेट पारित: ४ सय शैयाको बनाइदै

दाङ,८ असार । विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक बसेको छ। बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४ सय शैयाको अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम … Continue reading राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्व ७४ करोड बजेट पारित: ४ सय शैयाको बनाइदै

थप पढ्नुहोस् »

लुम्बिनीसहित ३ प्रदेशका १५ अस्पताल मार्फत निःशुल्क मुटुरोग सेवा

काठमाडौँ, ३ असार। सरकारले मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। लुम्बिनी ,बागमती र कोशी प्रदेशका सरकारी तथा केही निजी अस्पतालमार्फत गम्भीर मुटुरोगसम्बन्धी निःशुल्क सेवा सुरु गरेको छ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियोथोरासिक केन्द्र, मानव अङ्ग प्रत्यारोपण केन्द्र, चितवन मेडिकल कलेज, बयोदा अस्पताल … Continue reading लुम्बिनीसहित ३ प्रदेशका १५ अस्पताल मार्फत निःशुल्क मुटुरोग सेवा

थप पढ्नुहोस् »

बाध्य भएर विद्यालय शिक्षा विधेयकमा हस्ताक्षर गरेः सभापति थापा

काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी सहमतिमा हस्ताक्षर गर्न आफू नैतिक दबाबमा बाध्य भएको बताएका छन्। शनिबार समितिको छलफलमा उनले हस्ताक्षर नगरेसम्म आन्दोलन नरोकिने भएपछि सहमतिमा सही गर्नुपरेको स्पष्ट पारे। “देशको समस्या समाधान हुन्छ भने त्यो गर्नु कुनै ठूलो अपराध लागेन,” थापाले भने, “तर … Continue reading बाध्य भएर विद्यालय शिक्षा विधेयकमा हस्ताक्षर गरेः सभापति थापा

थप पढ्नुहोस् »

दाङमा एकैदिन १३३ जनाले गरे रक्तदान

भिम मरासिनी, ३१ जेठ । दाङमा एकैदिन १३३ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवस २०२५ को अवसरमा सो सँख्याले रक्तदान गरेका हुन् । तुलसीपुर र घोराहीमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदै रक्तदाताहरूले रक्तदान गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । शनिवार तुलसीपुर नगर जेसीज, घोराही नगर जेसीज र मानव धर्म सेवा समिति तुलसीपुरको संयुक्त … Continue reading दाङमा एकैदिन १३३ जनाले गरे रक्तदान

थप पढ्नुहोस् »

तुलसीपुरलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

दाङ,२७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका’ पालिका घोषाणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका, , नगरस्तरीय खोप समन्वय समिति तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा तुलसीपुरको संयुक्त आयोजनामा मङ्गलबार एक कार्यक्रमका बीच पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । नगरस्तरीय खोप समन्वय समितिका संयोजक टिकाराम खड्काको अध्यक्षता तथा जिल्ला … Continue reading तुलसीपुरलाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

थप पढ्नुहोस् »

७२ जिल्लामा फैलियो डेङ्गी: दाङका ३२ जनामा संक्रमण

काठमाडौँ,२६ जेठ । डेङ्गीको संक्रमण देशभर फैलिएको छ । मनसुनको आगमनसँगै नेपालभर डेङ्गीको संक्रमण फैलन थालेको हो । जनवरी १ देखि जुन ८ सम्म १ हजार २सय ५५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। हालसम्म ७२ वटा जिल्लामा संक्रमण फैलिएको छ। महाशाखाका अनुसार दाङका ३२ जनामा संक्रमण देखा परेको … Continue reading ७२ जिल्लामा फैलियो डेङ्गी: दाङका ३२ जनामा संक्रमण

थप पढ्नुहोस् »

तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा

दाङ,२५ जेठ । दाङको तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित ख लाइनमा डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।। उक्त डेन्टलको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष देवबहादुर केसीले गरेका हुन् । उद्घाटन गर्दै उपाध्यक्ष केसीले जनआवश्यकता अनुसार डेन्टल क्लिनिकहरू सञ्चालन हुनु यस क्षेत्रका लागि खुसीको कुरा भएको बताएका थिए। तुलसीपुरमा डेन्टल क्लिनिकहरू … Continue reading तुलसीपुरमा ‘पब्लिक डेन्टल क्लिनिक’ सञ्चालनमा

थप पढ्नुहोस् »

हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर

दाङ २४ जेठ। दाङको तुलसीपुरस्थित हिमाल एकाडेमी स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेट्रो सिटी पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग र हिमाल एकाडेमी तुलसीपुरको आयोजनामा शिविर सञ्चालन भएको थियो। विद्यालयको प्राङ्गणमा सञ्चालन भएको शिविरमा २ सय भन्दा बढीले शिविरबाट लाभ लिएका छन् वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रूपेशमान शेरचनको नेतृत्वको स्वास्थ्य चिकित्सकको टोलीले … Continue reading हिमाल एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर

थप पढ्नुहोस् »