स्वास्थ्य

१३ हजार बढी विद्यार्थीको मुटु परिक्षण

दाङ,१९ साउन । राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा … Continue reading १३ हजार बढी विद्यार्थीको मुटु परिक्षण

थप पढ्नुहोस् »

स्वास्थ मन्त्रालयले २१ सय जनशक्ति थप गर्दै

काठमाडौं, १९ साउन। आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ। छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारलाई लक्षित गर्दै संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २ हजार १ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको हो। स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित सातवटै प्रदेशमा सेवा विस्तार … Continue reading स्वास्थ मन्त्रालयले २१ सय जनशक्ति थप गर्दै

थप पढ्नुहोस् »

तनाव व्यवस्थापन विषयक एक दिवसीय कार्यक्रम सम्पन्न

दाङ, १८ साउन । हिमाल स्काउट ट्रुप तुलसीपुरको आयोजनामा विद्यार्थीहरूको मानसिक तनाव व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यक्रम आइतबार तुलसीपुरमा सम्पन्न भएको छ। हिमाल एकेडेमी स्काउट ट्रुपका स्काउटर प्रणव साहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाकराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि खड्काले स्काउटले विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा पुर्‍याएको योगदानको चर्चा गर्दै … Continue reading तनाव व्यवस्थापन विषयक एक दिवसीय कार्यक्रम सम्पन्न

थप पढ्नुहोस् »

समुदायसंग नजिकिदै रेडक्रस

दाङ,१७ साउन । दाङको मानपुर र कोठरीमा आज रक्तदान तथा रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। रगतको अभाव कम गर्ने उद्देश्यले रेडक्रस दाङद्वारा सञ्चालित ‘समुदाय सङ अझ नजिक’ अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ४ महिला सहित १४ जनाले रक्तदान गरेका छन् भने ८ जना नयाँ रक्तदाता सहभागी भएका छन्। तुलसीपुर उपमहानगरपालिका र स्थानीय … Continue reading समुदायसंग नजिकिदै रेडक्रस

थप पढ्नुहोस् »

बजारमा नक्कली औषधि खुलेआम बिक्रीः विभागको चेतावनी

काठमाडौँ,१६ साउन । बजारमा नक्कली औषधीको खुलेआम बिक्री हुने गरेको पाइएको छ । डिफ्यूजल(एल, कायाप्लस, पौरुष जीवन, बूजी, १०० हर्स पावर, ३० मिनेट स्टप, डायबेटिक कन्ट्रोल र जिमनेमा सिलभेस्ट्रे क्याप्सुलजस्ता नक्कली औषधिहरू खुलेआम बिक्री भइरहेको पाइएको छ। औषधि व्यवस्था विभागले यस्ता औषधिहरू सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत बिना वैज्ञानिक प्रमाण रोग निको पार्ने दाबी गर्दै … Continue reading बजारमा नक्कली औषधि खुलेआम बिक्रीः विभागको चेतावनी

थप पढ्नुहोस् »

ज्ञानदीपमा रक्तदान कार्यक्रम

दाङ,९ साउन । दाङको तुलसीपुरमा रक्तदान कार्यक्रम भएको छ। ज्ञानदीप कलेज तुल्सिपुरको आयोजना तथा रेडक्रस दाङको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। ५९औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा कलेजका शिक्षक र विद्यार्थीहरू गरी ५३ जनाले रक्तदान गरेका छन्। तुल्सिपुर क्षेत्रमा रगतको माग उच्च भए पनि त्यस अनुसार रक्तदाता नपाइएकोले समाजिक उत्तरदायित्व अन्तर्गत … Continue reading ज्ञानदीपमा रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »

लामखुट्टेको लार्भा नष्ट अभियान सन्चालन गर्न निर्देशन

काठमाडौं, ९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई डेंगी नियन्त्रणका लागि आफ्नो वरपरको क्षेत्र सफा गरी लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्न निर्देशन दिएको छ। मन्त्रालयको प्रशासन विभागले बिहीबार सूचना जारी गर्दै देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा लार्भा … Continue reading लामखुट्टेको लार्भा नष्ट अभियान सन्चालन गर्न निर्देशन

थप पढ्नुहोस् »

हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याइएका नवजात शिशुको मृत्यु

काठमाडौँ ६ साउन। जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था जिल्ला अस्पताल खोटाङमा जन्मिएका एक नवजात शिशुको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। सोमबार शल्यक्रियाबाट जन्मिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५, विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीका दोस्रो सन्तानको जन्मपछि तुरुन्तै श्वासप्रश्वासमा समस्या देखिएको थियो। अवस्था जटिल देखिएपछि राष्ट्रपति मातृत्व तथा नवजात शिशु हवाई उद्धार कार्यक्रमअन्तर्गत नेपाली … Continue reading हेलिकप्टर मार्फत काठमाडौँ पुर्‍याइएका नवजात शिशुको मृत्यु

थप पढ्नुहोस् »

च्याउ खाँदा एकै घरका तीन बालबालिका बिरामी

जाजरकोट, २५ असार। जङ्गली च्याउ खाँदा जाजरकोटमा एकै घरका तीन बालबालिका बिरामी परेका छन्। विषालु च्याउ खाँदा उनीहरू बिरामी परेका हुन्। बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका(४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन् । बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ … Continue reading च्याउ खाँदा एकै घरका तीन बालबालिका बिरामी

थप पढ्नुहोस् »

३५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

दाङ, २० असार। नेपालमा कोभिड–१९ को संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो समय विभिन्न जिल्लामा यसको फैलावट देखिन थालेको हो। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०७८ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म देशका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। हालसम्म २४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने पछिल्लो एक … Continue reading ३५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप पढ्नुहोस् »