लावारिस जिन्दगी


बैशाख १५, २०८१


उद्देश्यहीन मान्छे हिन्दै छ आज कता
झीनो त्यान्द्रा बोकी बढ्दै छ कता कता
पुग्छ या पुग्दैन दोधारमा रहे पनि
हटेर होइन डटेर सामना राख्छ अथाह।।

सुनौलो रङ्ग रङ्गीन बुन्दै छ ब्यथा कथा
आकुलव्याकुल भै भौतारीदै छ यता कता
बेमौसमी फुलमा पनि रङ्ग भर्न तम्सिएको छ
लावारिस जिन्दगीमा हेरन पुन फेरी जिन्दगी खोज्दै छ ।

के छ सारसं भोगाई जिन्दगीको प्रश्न सोध्छ एउटा
इनारको भ्यागुताको ब्यथा सुन्छ कस्ले उत्तर आउछ कता
सस्तोमा पनि खै कस्तो कस्तो कहर भयो जिन्दगी
मधहोस पारी यो समयले पनि जलाउदै छ हर घडी ।

स्तब्ध भनौ या मौन भनौ स्पष्ट कथा केही छैन
स्वप्न बाहेक यो जिन्दगीमा अन्य कुनै विकल्प छैन
कसरी भनौ यो मन खुशी छ भनी कस्लाई कसरी
हेरन यो लावारिस जिन्दगीमा जिउने आशा केही छैन ।

भान हुन्छ, कोही छ भनी सम्झना आउछ कता कता
पैसा मै बिक्ने आफ्नत देख्छु मन बहकिन्छ यता उता
हुन त श्वास रहे सम्म आश हुन्छ भन्ने सुनेको छु पुर्खासङ्ग
रम्झम जिन्दगी देख्छु अरूको देख्छु लावारिस जिन्दगी आफै सङ्ग

नि: स्वार्थ भाव बोकी सहकार्यको नाममा नारा लाउने पनि देखे
दिन दुखी कै आहारामा लात हान्नेको पनि ठुलो स्वर भेटे
लेखु पनि कसरी दैनिय आफै सङ्ग सुकुलमा बसेको छ
लावारिस जिन्दगीमा हेरन पुन फेरी जिन्दगी खोज्दै छ ।।

समिप आचार्य
✍️यात्री

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="