माघ १९, दाङ – दाङ तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ।
दाङका विभिन्न विद्यालयका विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा ५६ टिमलाई पछि पार्दै ज्ञान ज्योति माध्यमिक विद्यालयका कक्षा १२ का दिपक कुमार राणा र लेजिङ डाँगीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरेका हुन्।
प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरूले नगद १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको विद्यालयका विज्ञान संकाय कक्षा ११ का को-अर्डिनेटर जितेन्द्र बस्नेतले जानकारी दिए।
यसअघि पनि गत महिना दाङमा कलेज रिडर्स काठमाडौँले सञ्चालन गरेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो।
ज्ञान ज्योति माध्यमिक विद्यालय दाङ जिल्लाको एक प्रतिष्ठित शिक्षण संस्थानका रूपमा परिचित छ। विद्यालयले गुणस्तरीय व्यवस्थापनका साथै विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस