after_navbar

ज्योतिपुन्जमा सरस्वतीको मन्दिर निर्माण


माघ २१, २०८१


दाङ,२१ माघ । दाङको घोराही उपमहानगरपालिका–२, रामपुरस्थित ज्योतिपुन्ज मोडेल इङ्लिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ। सरस्वती पूजाको अवसर पारेर सोमबार नवनिर्मित मन्दिरमा वैदिक विधि अनुसार सरस्वती देवीको मूर्तिको प्राणप्रतिष्ठा गरिँदै पूजापाठको शुभारम्भ गरिएको छ।

विद्यालय परिसरभित्र हरियाली पार्कसँगै स्थापना गरिएको मन्दिरमा विद्यार्थीहरूले पूजा गरेको ज्योतिपुन्ज एजुकेसन ग्रुपका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए। पढाइसँगै संस्कार, नियमित पूजापाठ जस्ता सकारात्मक अभ्यास सिकाउने उद्देश्यले मन्दिरको स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक शिव भण्डारीले बताए।

यसै अवसरमा, ज्योतिपुन्ज मोडेल रामपुर र ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालय घोराहीमा बालबालिकाहरूको वैदिक विधि अनुसार अक्षरारम्भ कार्यक्रमसमेत सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक बुद्धिराज अधिकारीका अनुसार सोमबार विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थितिमा सरस्वती पूजा एवं अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय प्रशासनले शिक्षासँगै संस्कारयुक्त वातावरण सिर्जना गर्न सरस्वती मन्दिर उपयोगी हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="