after_navbar

सरस्वती माविमा अक्षयकोष स्थापना


माघ २३, २०८१


दाङ, माघ २३ । दाङको घोराही उपमहानगरपालिका–१५, सरस्वती टोल काठेकोल निवासी बमबहादुर डाँगी र पूर्णिमा डाँगीले सरस्वती माध्यमिक विद्यालय, भरतपुरमा अक्षयकोष स्थापना गरेका छन् ।

बमबहादुर डाँगीका पूज्यनीय पिता स्वर्गीय कमानबहादुर डाँगी र आमा भक्तकुमारी डाँगीको सम्झनामा “बम–पूर्णिमा” अक्षयकोष स्थापना गरिएको हो।

५१ हजार रुपैयाँको सो अक्षयकोषबाट प्राप्त ब्याजको ६० प्रतिशत रकम एसईई परीक्षामा अंग्रेजी विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई र बाँकी ४० प्रतिशत दोस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कारस्वरूप प्रदान गरिनेछ।

विद्यालयमा बुधबार आयोजित कार्यक्रममा अक्षयकोषको रकम विद्यालयका प्रधानाध्यापक बसन्त पौडेललाई हस्तान्तरण गरिएको थियो।

अक्षयकोषलाई व्यवस्थित गरी आगामी शैक्षिक सत्रदेखि पुरस्कार वितरण सुरु गरिने विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="