after_navbar

विव्यस गठनमा विवाद हुदा प्रधानाध्यापक कुटिए


फागुन २८, २०८१


दाङ २८ फागुन । विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद हुँदा दाङमा एक विद्यालयका प्रधानाध्यापक कुटिएका छन्।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षले सोही वडामा रहेको शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढालाई कुटेका हुन् । एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिटभए पछि राजनीतिक तरङ आएको छ । मावि  शुभ प्रभातको विद्यालय व्यवस्थापन समितिको बैठकमा विब्यस गठनमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा एमालेबाट निर्वाचित वडा अध्यक्ष भानसिङ बुढाले आफ्नै पार्टीका व्यक्ति अध्यक्ष बनाइनु पार्ने भन्दै आएका थिए । अभिभावकहरूको बहुमत उपस्थिति नपुगेपछि वडा अध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमत देखाउने प्रयास गरेका आरोक लगाउदै प्रधानाध्यापकले सो कार्य अस्वीकार गरेपछि वडा अध्यक्षले उनलाई हातपात गरेको अभिभावकहरुले बताए  । त्यसपछि वडा अध्यक्षसँगै आएका व्यक्तिहरूले आफुलाई कुटपिट गरेको प्रधानाध्यापक बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस

data-href="