दाङ,३१ असार। नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ।एमाले दलको नेताहरुको व्यवहारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले सत्ता सहकार्य अन्त्यको निर्णय गरेको हो । निर्णयसंगै काँग्रेसले आफ्ना मन्त्रीहरूलाई प्रदेश सरकारबाट फिर्ता बोलाएको छ ।
कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिसकेको छ।कांग्रेस नेतृत्वका अनुसार अन्य प्रदेशहरूमा पनि एमालेसँगको गठबन्धन तोड्ने र आवश्यक परे प्रतिपक्षमा बस्ने रणनीति अघि बढाइएको छ।
प्रतिक्रिया दिनुहोस