after_navbar

शुक्रबार कर्णाली प्रदेशभर सार्वजनिक बिदा


१४ घण्टा अगाडि


सुर्खेत,३२ असार । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा साउन १ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै सो दिन कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ।

प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनाअनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) ले २०८२ चैत २४ गते बसेको बैठकबाट उक्त बिदा दिने निर्णय गरेको हो।

प्रदेश सरकारले मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको देउडा पर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले साउने संक्रान्तिका अवसरमा प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="