after_navbar

सुनको भाउ बढ्यो, चाँदी घट्यो


१३ घण्टा अगाडि


काठमाडौ,३२ असार । आज सुनको भाउ सामान्य वृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा ४०० रुपैयाँले बढेर दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ दुई लाख ८४ हजार ८०० रुपैयाँ रहेको थियो।


यस्तै, चाँदीको भाउ भने आज घटेको छ। चाँदी तोलामा ९० रुपैयाँले घटेर चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ चार हजार ४१५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस

data-href="