after_navbar

माईक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु,सातजना घाइते


१२ घण्टा अगाडि


दाङ,३२ असार । रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सातजना घाइते भएका छ। जिल्लाको सिद्धार्थ राजमार्ग अन्तर्गत ओमसतिया गाउँपालिका-२ मा  भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटना हुँदा  सहचालक ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ५० वर्षीय  कृष्णकुमारी बेलबासे ,३४ वर्षीय  श्रद्धा जोशी , १९ वर्षीय प्रकाश गाहा , ३८ वर्षीय सुनिल थापा ,२६ वर्षीय  कुलदीप गुप्ता , ५५ वर्षीय  शाहाबुन निसा , र ४१ वर्षीय हेमीसरा खाम्चा  घाइते भएका छन्।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि फरार भएका चालक ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="